भर्खरै

विद्युत महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा

  • प्रकाशित मिति : Tue-18-Dec-2018
  • - Admin
title

 
भरतपुर, मंसिर  । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत महसुल नर्तिने ग्राहकहरुलाई कालोसूचीमा राखेको छ । लाइन काटेको छ महिनाभित्र महसुल नतिरेका २७१ ग्राहकलाई कार्यालयले कालोसूचीमा राखेको हो ।
 
 कालोसूचीमा पर्ने ग्राहकहरुमा साना घरेलु उद्योग र ग्राहस्थ ग्राहक रहेका छन् । केन्द्रकाकम्प्युटर सहायक खेमबहादुर गुरुङका अनुसार नारायणी पोलेथिन प्लाष्टिक उद्योगले सबैभन्दा बढी  तीन लाख रकम तिर्न बाँकी रहेकोे जानकारी 
दिए ।
उनका अनुसार प्राधिकरणले कालोसूचीमा रहेकाबाट ७८ लाख ९५ हजार ६७८ रकम उठाउन बाँकी छ । चालू आर्थिक वर्षमा कालोसूचीमा परेका चार ग्राहकबाट तीन लाख ५८ हजार १२० संकलन गरेका उनले बताए । गत आवमा २७५ ग्राहक कालोसूचीमा थिए ।

प्रतिक्रिया