भर्खरै

बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालन

  • प्रकाशित मिति : Thu-20-Dec-2018
  • -
title
बाग्लुङ, पुस । बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालन भएको छ । बागलुङ नगरपालिका–६ ले सडकलगायत सबै सार्वजनिकस्थलमा बिजुली बाल्ने वडाको योजना लिएर हालसम्म २०० सडकबत्ती जडान गरिएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष खिमराज सापकोटाले बताए ।
गत आवमा सडकबत्तीका लागि वडाले रु एक लाख बजेट छुट्याएको थियो भने चालू आवमा पनि रु एक लाख बजेट उनको भनाई छ । “वडाभित्रका सबै सडकलाई उज्यालो बनाउँदैछौँ”, वडाध्यक्ष सापकोटाले भने, “टोल र सार्वजनिकस्थलमा समेत बत्ती पुग्छ ।”टोल–टोलमा मिटरबक्स जडान गरी स्थानीयवासीले नै महसुल तिर्ने व्यवस्था मिलाइएको बताउँदै यो वर्ष पनि थप १०० सडकबत्ती जडान गरिने वडाले जनाएको छ ।
 भिरलाङ्खुरी लगायत केही टोलका सडकमा बत्ती जोड्न बाँकी छ । वडाले खम्बा र बत्तीको जडान खर्च व्यहोर्दै आएको छ । उज्यालो वडा अभियानमा जनसहभागिता जुटाइएको छ । बत्ती खरीद र महसुल टोलीवासीले नै तिर्छन् । 
सडकमा चौबिसै घण्टा उज्यालो हुँदा दुर्घटनादेखि गलत क्रियाकलाप न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । वडाभित्रै पर्ने धार्मिक पर्यटकीय गन्तव्यस्थल पञ्चकोट आउजाउ गर्ने भक्तजन, पर्यटकलाई पनि उज्यालो वडा अभियानले लाभ पु¥याउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago