भर्खरै

विद्युत् आएपछि गाँउले खुशी

  • प्रकाशित मिति : Tue-01-Oct-2019
  • - Admin
title

इनरुवा, असोज ।  सुनसरी हरिनगर गाउँपालिका–५ का ६० वर्षीय मधुसुदन मण्डलले आफ्नो घरमा बिजुली बत्ती बाल्न पाइन्छ भन्ने विश्वास थिएन ।

उनलाई अरु गाउँमा विद्युत् बलेको हेर्दा आफ्नो गाउँमा पनि विद्युत् आउँछ भन्ने आशा पनि थिएन तर उनको बुढेशकालमा विद्युत् बाल्ने सपना पूरा भएको छ । साविक सुनसरी क्षेत्र नम्बर ५ र अहिलेको सुनसरी क्षेत्र नम्बर ४ रहेको त्यो निर्वाचन क्षेत्रमा तत्कालीन प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइराला, वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव, जगदीशप्रसाद कुसियैत लगायतका नेता त्यही क्षेत्रबाट विजयी भए पनि स्थानीय आवश्यक पर्ने दैनिक आवश्यक्ताबाट पनि यहाँका बासिन्दा वञ्चित हुँदै आएका थिए ।

अब त्यो क्षेत्रका स्थानीय त्यो समस्याबाट मुक्त हुन थालेको स्थानीय दौलतकुमार मण्डलको भनाइ छ । उनीहरुको समस्याभन्दा कम थिएन स्थानीय खुशीलाल मण्डलको । उनले पनि आफूले कहिल्यै न देखेको विद्युत् बाल्न पाउँदा खुशी लागेको बताए ।

यो त त्यो क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्तै १५० घर परिवारको अवस्था उस्तै थियो तर गाउँमा लामो प्रयास र सङ्घर्षपछि विद्युत् आएपछि उनीहरु त्यो समस्याबाट मुक्त भएका छन् । हरिनगर गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणको पहलमा सो क्षेत्रमा विद्युत् सेवा शुरु भएको हो । विद्युत् आएपछि आफूहरुलाई सिँचाइ गर्न, खेतीपाती गर्न, काल कारखाना सञ्चालन गर्न सहज हुने स्थानीयको भनाइ छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले विद्युत् आएकाले आफूलाई पनि खुशी लागेको बताउँदै आफ्नो लक्ष्य नै अँध्यारोमा रहेको जनतालाई उज्यालो प्रदान गर्ने भएको बताए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago