भर्खरै

क्षमादेवी ब्राण्डले ग्राहकको विश्वास जितेको छ

  • प्रकाशित मिति : Wed-06-Feb-2019
  • - राजकुमार बस्नेत अध्यक्ष,क्षमादेवी ग्रुप
title

लामो समयदेखि आल्मुनियमका झ्याल ढोका, युपिभिसि, रंगीन जस्तापात, टायल मार्बल, ग्रीनाईट, डन्डी, सिमेन्ट लगायत विद्युतीय सामग्रीहरुको बिक्रि वितरण गर्दै आएको क्षमादेवी ग्रुप ले स्थापनाकालको शुरुवात देखि नै उपभोक्ताको मन जित्न सफल भएको छ । गुणस्तरीय, आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री सामग्रीहरुको बिक्रि वितरण गर्दै आएको यस प्रा.लि का सम्बन्धमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले ग्रुपका अध्यक्ष राजकुमार बस्नेत सँग गरेको कुराकानीको सम्पादित अंश ः क्षमादेवी ग्रुपको परिचय बताई दिनुहोस् न । विगत २५ वर्ष देखि ग्राहक तथा उपभोक्ताहरुलाई गुणस्तरीय सामानहरु प्रदान गर्दै आइरहेका छौ । सर्वप्रथम हामीले यस ग्रुप मार्फत युपिभिसिको झ्याल ढोकाबाट शुरुवात गरेर हाल सम्म आईपुग्दा आल्मुनियमको रंगीन जस्तापात,टायल मार्बल,ग्रीनाईट,डन्डी सिमेन्ट लगायतका सेवाहरु एउटै छानामुनीबाट प्रदान गर्दै आइरहेका छौ । अहिले हामीले ग्राहक उपभोक्तालाई हार्डवायरका सामानहरुका साथसाथै विद्युतका हरेक सामानहरु पनि बिक्री गर्दै आइरहेको छ । हामीले उत्पादन गरेका हरेक सामानहरु गुणस्तरीय,आधुनिक प्रविधियुक्त र उपभोक्तामैत्री रहेकोले हाम्रो कम्पनीबाट उत्पादन भएका सबै सामानले नेपाली बजारमा सजिलै उपभोक्ताहरुको मन जित्न सफल भएको छ । क्षमादेवी ग्रुपले हाल सम्म कस्ता कस्ता किसिमका कार्यहरु गर्दै आइरहनु भएको छ ? यस बारेमा स्पष्ट पारिदिनुहोस् न । यस कम्पनीले विल्डिङ्ग मटेरियल्सको सँगै कन्स्ट्रक्सनको कार्यहरु गर्दै आइरहेको छ । हस्पिटल,होटल जस्ता ठुला–ठुला भवन लगायत निर्माण क्षेत्रका हरेक कार्यहरु यस ग्रुप मार्फत गर्दैै आईरहेका छौ । माल मटेरियलहरुको आयातमात्र नगरी कन्स्ट्रक्सन लाईनमा डिजाइन गरेर नै काम गर्ने गरेका छौ । हामीले हरेक सामानमा उत्पादन गर्दा होस् या आयात गर्दा होस् सर्वप्रथम गुणस्तर लाई नै पहिलो प्राथमिकतामा राखेर सेवा दिइरहेका छौ । हाम्रो कम्पनीबाट उत्पादन भएको सामानहरु उच्च गुणस्तरको भएकोले बजारमा राम्रो पहिचान हुन सकेको छ । ग्राहक तथा उपभोक्ताहरुको हौसलाका कारण हामीले हरेक वर्ष नयाँ नयाँ प्रविधियुुक्त सामानहरु थप गरी व्यवसाय गर्न सक्षम भइरहेका छौं । ग्राहकहरुको हौसला दिएकै कारण हाल यस कम्पनीले हार्डवायरका साथसाथै विद्युतीय सामानहरु क्षमादेवी लाईट्स हाउस प्रा.लि मार्फत पनि बिक्रि वितरण गर्दै आइरहेको छ । ग्राहकहरुको सेवा सुविधाको लागि यस प्रा.लि मार्फत हरेक एउटै ठाँउबाट उपभोक्ताहरुलाई सेवा प्रदान गर्दै आइरहेका छ । पहिलो पटक यस ग्रुपले निक इलेक्ट्रो टेक २०१८ मा सहभागी हुँदै छ, मेलामा कस्ता सामग्रीहरु प्रर्दशनीको रुपमा राख्ने तयारी भइरहेको छ ? निक इलेक्ट्रो टेक २०१८ विद्युत तथा विद्युतीय व्यवसाय सम्बन्धि महाकुम्भ मेला हो । यस मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा उत्पादन भएका विद्युतीय सामग्रीहरुको वृहत प्रर्दशनी हुने गर्दछ । आम उपभोक्ता, आयातकर्ता र व्यवसायीहरुमाझ एकै ठाउँमा विभिन्न किसिमका विद्युतीय सामग्रीहरुको जानकारी पाउने मेला हो । यसै विषयलाई मध्यनजर गर्दै हामीले हाम्रा विद्युतीय सामग्रीहरुको बारेमा उपभोक्तालाई जानकारी दिने उद्धेश्यले नै हामी यस मेलामा सहभागी भएका हौ । मेलामा हामीले बिक्रि वितरण गर्दै आएको विद्युतीय सामग्रीहरु एलईडीजन्य सामग्रीहरु, फिटिङ्ग, स्वीचहरु प्रर्दशनीमा राख्ने छौ । क्षमादेवी ग्रुपले कुन कुन ब्राण्डका विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दै आएको छ ? हाम्रो ग्ुप मार्फत जर्मनद्धारा निर्मित लिपर ब्राण्डका लिड, लाईट, फिटिङ्ग सामग्रीहरु ए –वान ब्राण्डका लाईट तथा हामीले आफ्नै प्क्म् ब्राण्ड लाईटहरु बिक्रि वितरण गर्दै आएका छौ । हामीले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै, उपभोक्ताको आर्थिक स्तर अनुसार विभिन्न ब्राण्डका लाइटहरु बजारमा ल्याएका हौ । क्षमादेवी ग्रुपले जर्मनद्धारा निर्मित लिपर ब्राण्डका सामानहरु पनि बिक्रि गर्दै आइरहेको भन्नु भयो,यो लिपर ब्राण्ड अन्र्तगत चाहीँ कस्ता–कस्ता सामग्रीहरुको बिक्रि वितरण गरिरहनु भएको छ ? हामी बिक्रि गर्दै आएको लिपर ब्राण्ड एक अन्र्तराष्ट्रिय ब्राण्ड हो । जर्मनमा उत्पादन हुने यस ब्राण्डका विद्युतीय सामग्रीहरु हामीले बिक्रि वितरण गर्दै आएका छौ । यस ब्राण्ड अन्र्तगतका सामग्रीहरु गुणस्तरयुक्त हुनुका साथै टिकाउ पनि हुने गरेका छन् । लिपरका प्यान लाईट, कन्सिल लाइट, फोकस् लाइट जस्ता लिड जन्य वस्तुहरु आयात तथा बिक्रि वितरण गर्दै आएका छौ । क्षमादेवी ग्रुपको डिलरहरुको अवस्था कस्तो रहेको छ ? नेपालभर यस ब्राण्डका कति डिलरहरु रहेका छन् ? पूर्व मेची देखि पश्चिम महाकाली सम्मका मूख्य मूख्य शहरहरुमा हाम्रो कम्पनीको १ सय भन्दा बढी डिलरहरु रहेका छन् । उपभोक्ताहरुको माग अनुसार हेर्ने हो भने डिलरहरुको अवस्था निकै नै राम्रो रहेको छ । हाम्रो कम्पनी मार्फत बिक्रि वितरण गर्दै आएको तीन वटै ब्राण्डका विद्युतीय सामग्रीहरुको मागको अवस्था राम्रो रहेको छ । झापाको विर्तामोडमा यस ग्रुपको शाखा कम्पनी पनि रहेको छ । क्षमादेवी ग्रुपका भावी योजनाहरु के के रहेका छन् त ? स्थापना देखि नै हामीले ग्राहकहरुको मन जित्दै आएका छौ । हाम्रो ग्रुप मार्फत बिक्रि वितरण हुँदै आएका हार्डवायरका सामग्रीहरु, विद्युतीय सामग्रीहरु गुणस्तरयुक्त छन् । हामीले बिक्रि गर्दै आएका सामग्रीहरुप्रति उपभोक्ताले गरेको विश्वासका कारण नै हामी अहिले यस स्थान सम्म आइपुगेका हौ । उपभोक्ताहरुको विश्वासले नै हामीलाई हौसला मिल्ने हो । आगामी दिनमा उपभोक्ताहरुको माग तथा चाहना अनुरुप हामीले पृथक खालका सामग्रीहरुको बिक्रि वितरण गर्ने, कम्पनी मार्फत धेरै भन्दा धेरै युवाहरुलाई रोजगारको व्यवस्था गर्ने योजनामा छौ । सामग्रीहरु आयात गर्दा कस्ता समस्या भोग्दै आउनु भएको छ ? यसका बारेमा बताईदिनुहोस् न । विद्युतीय सामग्रीहरु आयात गर्दा भन्सार मूल्याङकन स्पष्ट देखिदैन भने बैंकिङ्ग क्षेत्रमा पनि समस्या रहेको छ । स्थिर बैंकिङ्ग सेवा नहुँदा व्यवसायीहरुले लिएको कर्जाको ब्याजदर बढ्ने तथा घट्ने समस्या भई रहने गर्दछ । यस्ता समस्याका कारण व्यवसायीहरु मर्कामा पर्ने गरेका छन् यसका लागि सरकारले सामग्रीहरुको गुणस्तर हेरेर भन्सार दर निर्धारण गर्ने तथा स्थिर बैंकिङ्ग सेवा दिने व्यवस्था गरिदिए हामी जस्ता व्यवसायी र आयातकर्ताहरुलाई राहत मिल्ने थियो । विद्युतीय बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ भन्ने सुनिन्छ नि , यसमा तपाई के भन्नु हुन्छ ? नेपाली बजारमा विभिन्न मुलुकबाट विद्युतीय सामग्रीहरु आयात हुने गर्दछ । उपभोक्ताको माग र आवश्यकता बढे सँगै विद्युतीय सामग्रीहरुको आयातस्तर पनि वृद्धि भएको छ भने बजारको पनि विस्तार भएको छ । जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्दो क्रममा रहेको छ । उपभोक्ताहरुले कुन सामग्री गुणस्तर युक्त छ छैन त्यसका बारेमा बुझेर सामग्रीहरु किन्ने भन्दा पनि गुणस्तर जस्तो भए पनि सस्तो मूल्यका सामग्रीहरु किन्ने प्रवृत्तिका कारण अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको हो । त्यस्तै सरकारले बजारको नियमित अनुगमन नगर्दा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको र सरकारले नियमित अनुगमन गरिदिनु पदर्छ भन्ने मेरो धारणा रहेको छ । यस ग्रुपले ग्राहक तथा कर्मचारीहरु लाई कस्ता किसिमका तालिम तथा प्रशिक्षणहरु प्रदान गर्दै आएको छ ? हामीले हाम्रो ग्रुप मार्फत समय समयमा हाम्रा कर्मचारी तथा यस पेशा सँग सम्बन्धित व्यक्तिहरुलाई तालिम तथा प्रशिक्षण दिदै आएका छौ । हामीले लाइटिङ तथा युपिभिसि सम्बन्धि तालिम प्रदान गर्दै आएका छौ । अहिले सम्म ६ सय जना भन्दा बढी लाई हामीले तालिम प्रदान गरी सकेका छौ । अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ? उपभोक्ताहरुलाई सस्ता सामग्री भन्दा पनि गुणस्तरयुक्त सामग्रीहरु प्रयोग गर्न आग्रह गर्दछु । उपभोक्ताहरुको सेवाका लागि क्षमादेवी ग्रुपले एउटै छानामुनी सम्पूर्ण निर्माण जगतका सामग्रीहरु उपलब्ध गराउने काम गरेको जानकारी समेत गराउँछौ ।

प्रतिक्रिया