भर्खरै

विद्युतीय व्यवसायीहरु दोहोरो करको मारमा छन्

  • प्रकाशित मिति : Wed-06-Feb-2019
  • - ओम प्रकाश भट्टराई अध्यक्ष, बिजुली व्यवसायी संघ बाँके
title

करिब २२ वर्ष देखि विद्युतीय व्यवसायी क्षेत्रमा कार्य गर्दै आउनु भएका बिजुली व्यवसायी संघ बाँकेका अध्यक्ष तथा मेची महाकाली सप्लायर्सका प्रोपाइटर ओम प्रकाश भट्टराई सँग बाँके जिल्लामा रहेका व्यवसायीहरुको अवस्था, उनीहरुले भोग्दै आएको समस्या र चुनौतीहरु, व्यवसायी अवस्था र त्यस क्षेत्रमा आवद्ध रहेका व्यवसायीहरुलाई पु¥याएको सहयोग र आगामी दिनमा गर्नुपर्ने कार्य लगायतका सन्र्दभमा रहेर विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः बिजुली व्यवसायी संघ बा“केका बारेमा बताईदिनुहोस् न । बिजुलीका सामग्रीहरुको व्यवसाय गर्ने व्यवसायीहरुको हकहितका लागि वि.स २०६७ सालमा बिजुली व्यवसायी संघ बाँकेको स्थापना भएको हो । जिल्लामा गएर संघ दर्ता गर्नुपूर्व पनि हामीले तदर्थ समितिको गठन गरी बिजुली व्यवसायीहरुका हितका लागि कार्य गर्दै आएका थियौ । बाँके जिल्लामा रहेका व्यवसायीहरुको समस्या, उनीहरुको माग लाई संम्बोधन गर्दै संघ अघि बढी रहेको छ । बा“के जिल्लाका बिजुली व्यवसायीहरुले भोग्दै आएका समस्याका बारेमा बताईदिनुहोस् न । बाँके जिल्लामा रहेका बिजुली व्यवसायीहरुले विभिन्न समस्याहरु भोग्दै आएका छन् । व्यवसायीहरुको तत्कालको मूख्य समस्या भनेको दोहोरो कर प्रणाली समस्या रहेको छ । त्यस्तै नेपाल भारतबीच खुल्ला सीमाना रहेको र बाँके जिल्ला सीमानामा पर्ने हुँदा कर छली गरी विद्युतीय सामग्रीहरु आयात हुने र सस्तो मूल्यमा बिक्रि हुने हुँदा हामी जस्ता कर तिरेर गुणस्तरयुक्त सामग्री आयात गर्ने व्यवसायीहरु समस्यामा पर्ने गरेका छन् । त्यस्तै जुन उद्धेश्यका लागि फर्म दर्ता भएको हो सो उद्धेश्य अनुरुप अन्य व्यवसायीहरुले सामग्री बिक्रि नगर्दा वास्तविक विद्युतीय व्यवसायीहरु समस्यामा पर्ने गरेका छन् । यसको अन्त्यका लागि बजारको नियमित अनुगमन हुन जरुरी छ । अहिले हामीले स्थानीय सरकार पाईसकेका छौ । आशा छ यो सरकारले हामी जस्ता व्यवसायीहरुको हितका लागि पहल गर्ने छ । यस संघको भावी योजना कस्ता कस्ता रहेका छन् त ? यस बारेमा बताईदिनु होस् न । व्यवसायीहरुमा परेको समस्या, व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै हाम्रो संघको कार्य क्षेत्रलाई फराकिलो बनाउँदै जाने हाम्रो प्रमुख उद्धेश्य रहेको छ । हामीले संघमार्फत व्यवसायीहरुको बीमा गर्ने योजनामा पनि छौ । त्यस्तै व्यवसायीहरुको हितका लागि हाम्रो संघको स्थापना भएको हो तर हामी व्यावसायिक हितका लागि मात्र नभई सामाजिक कार्यमा पनि सक्रिय भुमिका निर्वाह गर्दै आएका छौ । आगामी दिनमा हामी रक्तदान, सरसफाई कार्यक्रम जस्ता सामाजिक हित हुने खालका कार्यक्रमहरु संघ माफर्त गर्दै जाने योजनामा पनि छौ । बा“के जिल्लामा बिजुली व्यवसायी संघ बा“के र नेपालगञ्ज इलेक्ट्रिकल एशोसियसन गरी दुईवटा विद्युतीय व्यवसायी संघहरु रहेको देखिएको छ, यी दुवै हुनु आवश्यक छ ? विद्युतीय व्यवसायीहरुको हितका लागि बाँकेमा दुई वटा संघहरु स्थापना भएका छन् । हामीले यी दुवै संघलाई एक आपसमा मर्ज गरेर कसरी अगाडि लैजान सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौ । यसलाई कसरी अघि बढाउने भन्ने विषयमा हामीले पाँच सदस्यीय कार्य समिति गठन गरी सकेका छौ । आगामी साधारण सभामा यस विषयमा छलफल गर्ने योजनामा हामी छौ । दुवै संघको उद्धेश्य एकै भएका कारण दुवै संघलाई कुनै पनि आँच नपुग्ने गरी एउटै बनाउँने योजनामा छौ । अहिले सम्म हामी दुवै संघ यसका लागि सकारात्मक नै छौ । सरकारले हाल सम्म व्यवसायीहरुलाई कस्तो किसिमको सहयोग पु¥याईरहेको छ,अब सरकारको तर्फबाट कस्तो सहयोग होस् भनि अपेक्षा गर्नुभएको छ ? हामी जस्ता व्यवसायीहरुलाई सरकारले खासै कुनै सहयोग भएको पाइदैन । पछिल्लो समय हामी व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न लिएको ऋणको बैंक व्याजदर मनोमानी ढंगबाट बढ्ने गरेको छ । बैंकको व्याजदर समय अनुसार परिवर्तन भईरहने गरेको छ । त्यस्तै केन्द्रीय सरकार र स्थानीय सरकारबीच दोहोरो कर प्रणाली रहेको छ । त्यसैले सरकारले सर्वप्रथम यसको अन्त्य गर्नुपर्दछ । हामीले पनि यसको अन्त्य गर्नका लागि स्थानीय सरकारसँग पहल गर्ने प्रयासमा छौ । यदि सरकारले यसको अन्त्य गर्ने हो भने व्यवसायीहरुलाई व्यवसाय गर्ने उचित वातावरण बन्छ र व्यवसायीलाई व्यवसायप्रति अझ हौसला मिल्ने देखिन्छ । जिल्ला संघहरुका लागि नेपाल विद्युतीय व्यवसायी महासंघले कस्ता कार्य गर्नुपर्ला ? विद्युतीय व्यवसायीहरुको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघले देशभर छरिएर रहेका जिल्ला संघहरुलाई एकिकृत गर्ने कार्य गर्दै आएको छ । महासंघका कारण पूर्व मेची देखि पश्चिम महाकाली सम्मका विद्युतीय व्यवसायीहरुबीच एक आपसमा चिन्ने अवसर पाएका छौ । यद्यपि महासंघले जुन जिल्ला संघको पहुँच कम छ, ति जिल्ला संघहरुलाई आवश्यक सहयोग गरी सहजीकरणको वातावरण बनाईदिने, महासंघका सम्पूर्ण गतिविधिहरुका बारेमा जिल्ला संघहरुलाई जानकारी दिने, जिम्मेवार अभिभावक को भुमिका निर्वाह गर्ने,महासंघका कार्यक्रमहरु केन्द्रमुखी मात्र नभई विकेन्द्रित भएर कार्यगर्न सके मात्र महासंघको भुमिका सबल हुने देखिन्छ । यहा“को विचारमा इलेक्ट्रिसियन र व्यवसायी बीच कस्तो सम्बन्ध हुन जरुरी छ ? व्यवसायी र इलेक्ट्रिसियनहरुबीच अन्यानोश्रित सम्बन्ध हुन जरुरी छ । इलेक्ट्रिसियनहरुका माध्यमबाट नै विद्युतीय सामग्रीहरु उपभोक्ता सम्म पुग्दछ । इलेक्ट्रिसियन र व्यवसायी एक अर्काका लागि आवश्यक छन् । बाँके जिल्लामा हेर्ने हो भने इलेक्ट्रिसियनहरु बीच अस्वस्थ प्रतिस्पर्धा भएको देखिन्छ । कुनै इलेक्ट्रिसियनले चर्को मूल्यमा काम गर्छन् भने कुनैले सस्तो मूल्यमा काम गर्ने गरेको पाइन्छ । इलेक्ट्रिसियनहरुले गर्ने कामको मूल्य निर्धारण का साथैकसको मातहत रहने हो भन्ने निकाय रहेको छैन । अन्त्यमा तपाई यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ? अहिले बजारमा भई रहेको न्युनविजकिकरण, अधिक विजकिकरण, भन्सारमा व्यवसायीहरुले भोग्नु पर्ने विभिन्न समस्याहरु, बढ्दो बैंक व्याजदरको अन्त्यमा सरकारले सहयोग पु¥याए व्यवसायीहरु लाभवान्वित हुने थिए ।

प्रतिक्रिया