भर्खरै

“इलेक्ट्रो–टेक विद्युत् व्यवसायलाई सामाजिकिकरण गर्ने माध्यम हो ”

  • प्रकाशित मिति : Wed-06-Feb-2019
  • - नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष तथा इलेक्ट्रो–टेक २०१८, मुल आयोजक समितिका संयोजक सुदर्शन प्रसाद पौड्याल
title

विद्युत तथा विद्युतीय व्यवसायीहरुसँग प्रत्यक्ष सम्बन्ध राख्ने इलेक्ट्रो–टेक २०१८ नजिकिदँै गर्दा विद्युतीय व्यवसाय क्षेत्रमा लामो कार्य अनुभव संगाल्नु भएका नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष तथा इलेक्ट्रो–टेक २०१८, मुल आयोजक समितिका संयोजक सुदर्शन प्रसाद पौड्यालसँग मेला आयोजना गर्नुको उद्धेश्य, यस मेलाले ग्राहक तथा उपभोक्तामा पु¥याउने फाइदा, मेलामा संलग्न विद्युतीय सामाग्री उत्पादक कम्पनीहरु, आयात कर्ताहरु तथा मेला प्रति सरकारको वेवास्ता लगायतका विषयमा विद्युत संसार साप्ताहिकका संवाददाता रुपा तुलाधरले गरेको कुराकानीको सम्पादित अंश ः इलेक्ट्रो–टेक २०१८ का बारेमा बताइदिनुहोस् न ? इलेक्ट्रो–टेक मेला विद्युत तथा विद्युतीय व्यवसायको विकास एवं यस क्षेत्रसँग सम्बन्धित अन्र्तराष्ट्रिय स्तरको मेला हो । हामीले यस प्रदर्शनीलाई विद्युतीय व्यवसायीहरुको उत्सवका रुपमा लिएका छौ । अहिलेको प्रविधिसँगै विकास भएका नयाँ नयाँ विद्युतीय सामग्रीहरुका बारेमा आम उपभोक्तालाई जानकारी दिने तथा आन्तरिक र अन्र्तराष्ट्रिय व्यापारको सहजीकरणका लागि नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रो–टेक मेला आयोजना गर्दै आएको छ । महासंघले सन् १९९६ देखि मेलाको आयोजना गर्दै आएको हो । महासंघले दुई वर्षको अन्तरालमा मेलाको आयोजना गर्दै आएको छ । हाल हुन लागेको इलेक्ट्रो–टेक २०१८नवौँ संस्करण हो । देशको परिस्थितिका कारण हामीले केही वर्ष मेलाको आयोजना गरेनौ तर पाँचौ संस्करण पछि भने हामीले मेलालाई निरन्तरता दिदै आएका छौ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा उत्पादन हुँदै आएका नविनतम उपलब्धिहरुलाई एकै ठाउँमा पस्कने र उत्पादक कम्पनी, आयातकर्ता, बिक्रेता र उपभोक्ताहरु एकै ठाउँमा भेला गराउने अवसरका रुपमा हामीले मेलालाई लिएका छौ । २०१६ मा भएको इलेक्ट्रो—टेक भन्दा नजिकिदै गरेको इलेक्ट्रो—टेक मेला २०१८विशेषता के के रहेका छन् ? इलेक्ट्रो–टेक मेला सुरु भए देखि नै यसको विषय वस्तु एउटै हो । सन् २०१६ मा भएको मेलामा पनि नयाँ उत्पादित विद्युतीय सामग्रीहरुको बारेमा जानकारी दिदैँ आएका थियौ । यो वर्षको मेला पनि विषय वस्तु एउटै हो तर यो दुई वर्षको अन्तरालमा विद्युतीय क्षेत्रमा कस्ता कस्ता नविनतम उपलब्धिहरु भए सो सम्बन्धमा जानकारी दिनेछौ । त्यस्तै हामीले मेलामा राखिने स्टलको वर्गिकरण पनि पहिलाको भन्दा फरक ढंगबाट गरेका छौ । यस वर्ष (पेभिलियन)ठूला स्टल लिने एक्जीविटरहरु (भहजष्दष्तयचक ) बढी छन् । यस वर्ष ठूला स्टलहरु ५१ ओटा रहेका छन् भने साना स्टल २६ ओटा रहेका छन् । नविनतम प्रविधियुक्त सामग्रीहरु प्रर्दशनी गर्नु र त्यसका बारेमा आम उपभोक्ताहरुलाई जानकारी दिनु नै मेलाको मुख्य उद्धेश्य हो । मेलाको मूख्य प्रयोजक र सह प्रयोजक कुन कुन कम्पनीहरु रहेका छन् ? यसका बारेमा बताइदिनु होस् न । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलाको मूख्य प्रायोजक वा टाइटल स्पोन्सर नेपाल इकरात इन्जिनियरीङ कम्पनी (नीक) रहेको छ । त्यसैले यस पटकको इलेक्ट्रो– टेकको नाम निक इलेक्ट्रो टेक २०१८ रहेको हो । नीक ट्रान्सर्फमर उत्पादक यस कम्पनीले सन् २०१२ देखि नै मेलाको टाइटल स्पोन्सर गर्दै आएको छ । नीक ट्रान्सर्फमर नेपालमा सर्वाधिक बिक्रि हुने ट्रान्सर्फमर हो ।त्यस्तै मेलाको प्लाटिनियम स्पोन्सर महालक्ष्मी वायर एण्ड केबुल प्रा.लि.(महालक्ष्मी),डाइमन्ड स्पोन्सरमा एन.जी इलेक्ट्रीकल प्रा.लि (इलेक्ट्रा इलेक्ट्रीक) र श्री राजदेवी इन्टरनेशनल प्रा.लि (सिस्का एल.ई.डीं) रहेका छन् भने गोल्ड स्पोन्सरमा ४ ओटा कम्पनी रहेका छन् जस अन्र्तगत स्टार सि टेक्नोलोजी प्रा.लि (यूनी एक्सपर्ट), युनिलाइट इन्टरनेशनल प्रा.लि.(यूनीलाइफ), शुभम् इलेक्ट्रिकल्स (मोनोलाइट) र अमिलि पावर एण्ड इनर्जि प्रा.लि (लेकिसे) रहेका छन् । त्यस्तै बैंकिङ्ग पार्टनर एन.आइ.सि एशिया बैंक लि.,अफिसियल इन्स्योरेन्स तर्फ सिद्र्धाथ इन्स्योरेन्स लि. र अफिसियल कार्गो तर्फ एस.के.वि कार्गो सर्भिसेज रहेका छन् । इलेक्ट्रो टेक मेलाका लागि नेपाल सरकारको तर्फबाट कस्तो किसिमको सहयोग प्राप्त हुने भएको छ ? यसको बारेमा बताइदिनुहोस् न । विद्युतीय व्यवसायको क्षेत्रलाई सरकारले त्यति गम्भीरतापूर्वक लिएको हामीले महशुस गरेका छैनौं । अहिले सम्म हामीले जति पनि मेलाहरुको आयोजना ग¥यौ यसमा सरकारको कुनै पनि सहयोग रहेको छैन । हामीले महासंघ मार्फत सम्बन्धित सरकारी निकायहरुलाई सहयोग गर्नका लागि पटक पटक पत्राचार तथा आह्वान गरेको भए पनि सहयोग उपलब्ध भएको छैन । यद्यपि यसका लागि महासंघले निरन्तर पहल गरी रहने छ र सहयोग प्राप्त हुन्छ भन्नेमा आशावादी छौ । मेलाबाट उपभोक्ताहरुले विद्युतीय सामग्रीहरुको गुणस्तरका सम्बन्धमा कस्ता जानकारी पाउने छन् ? गुणस्तरीय सामग्रीको उत्पादन, आयात, बिक्रि वितरणमा हामीले विशेष जोड दिएका छौ । हामीले गुणस्तरका सम्बन्धमा उपभोक्तालाई जानकारी दिनका लागि मेलामा नेपाल गुणस्तर तथा नापतौल विभाग ९ल्क्० लाई सहभागी गराएका छौ ।मेलामा गुणस्तर विभागका लागि छुट्टै स्टल निर्धारण गरेका छौ । यसबाट उपभोक्ताहरुले कुन कुन सामग्रीमा गुणस्तर चिन्ह् कायम भएका छन्, कस्ता सामग्रीहरु गुणस्तरयुक्त सामग्रीहरु हुन् भन्ने विषयमा जानकारी लिनेछन् । विशेष गरी उपभोक्ताहरुलाई लक्षित गर्दै इलेक्ट्रिक इन्जिनियर, इलेक्ट्रिसियनहरु, उपभोक्ताहरु र गुणस्तर विभाग बीच मेलामा नै अन्र्तरक्रिया कार्यक्रम हुनेछ । यसमा उपभोक्ताहरु सहभागी हुनु आवश्यक छ । त्यसैले यस मेलामा आम उपभोक्ताहरुलाई सहभागी हुन आह्वान गर्दछु । मेलामा कति जनाले अवलोकन गर्ने अपेक्षा गर्नु भएको छ ? विद्युतीय सामाग्रीहरुको अन्र्तराष्ट्रिय स्तरको नेपालको सबैभन्दा ठूलो यस मेलामा आम उपभोक्ता, व्यवसायी, उत्पादनकर्ता, आयातकर्ता एवं सम्बन्धित क्षेत्रका विज्ञहरु एकै ठाउँमा भेला हुने भएकाले र पछिल्लो समय विद्युतीय क्षेत्रमा मानिसहरुको आर्कषण पनि बढ्दै गएकाले आगामी पुस ६ गते देखि १० गते सम्म सञ्चालन हुने यो मेलामा हामीले एक लाख भन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा लिएका छौ । मेलामा अन्र्तराष्ट्रिय स्तरका कम्पनीहरुको कत्तिको सहभागिता रहेको छ ? एल.ई.डी बल्ब, स्वीच एण्ड सकेट, पावर एण्ड डिस्ट्रिब्युसन ट्रान्सर्फमर, इलेक्ट्रीक गिजर, वायर एण्ड केबुल, एल.इ.डी प्यानल लाइट, डेकोरेटिभ लाइट, पंखा, अन लाइन यूपियस, इलेक्ट्रीक मोटर, कन्ट्रोल प्यानल बोर्ड, सोलार, एम.सि.वि., विद्युतीय सुरक्षा उपकरण र अन्य इलेक्ट्रीक एसोसरिज लगायतका विद्युतीय सामग्रीहरु उत्पादन गर्ने राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका कम्पनीहरुले मेलामा सहभागिता जनाएका छन् । समय सापेक्ष नयाँ प्रविधिका विद्युतीय सामग्रीहरु उत्पादन गर्दै आएका यी कम्पनीहरुले उपभोक्ताको मन जित्नेछ भन्ने अपेक्षा लिएका छौ । अन्त्यमा तपाई यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ? यो मेला विद्युतीय सामाग्रीको व्यवसायलाई सामाजिकिकरण गर्ने माध्यम हो । मेलामा उत्पादनकर्ता, आयातकर्ता, विक्रेता, इलेक्ट्रीकल इञ्जिनियर, इलेक्ट्रीसियनसँग आम उपभोक्ताले प्रत्यक्ष सम्र्पक गर्न सक्नेछन् । मेलामा अवोलकन मात्रै होइन, विभिन्न क्षेत्रसँग सम्बन्धित भएर गोष्ठी तथा अन्र्तक्रिया गरिने हुँदा उपभोक्ता तथा सम्बन्धित क्षेत्रका व्यक्तित्वहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् तसर्थ यस मेलामा सहभागिता जनाउनका लागि आम उपभोक्ता तथा सम्बन्धित निकायका व्यक्तित्वहरुलाई मेला अवलोकन गर्नहुन आग्रह गर्दछु ।

प्रतिक्रिया