भर्खरै

प्रर्दशनीमा अवलोकनकर्ताको उत्साहले हामीलाई ऊर्जा मिलेको छ

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - रेशम देवकोटा महासचिव, नेपाल विद्युतीय व्यवसायी महासंघ
title

“आर्थिक समृद्धिको संवाहक ऊर्जा” नारालाई आत्मसाथ गर्दै इलेक्ट्रो टेक मेला शुक्रबार देखि काठमाडौको भृकुटीमण्डप प्रर्दशनी हलमा शुरु भएको छ । हरेक दुई वर्षमा हुँदै आएको मेला मंगलबार सम्म संचालन हुने छ । पाँच दिन सम्म संंचालन हुने मेलामा ट्रान्सफर्मर, वायर, स्वीच लगायत अन्य विद्युतीय सामग्रीहरु प्रर्दशनीमा छन् । मेलाको आवश्यकता, महत्व सँगै सम्बन्धित क्षेत्रलाई सेरोफेरो बनाई विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव रेशम देवकोटा संग गरिएको कुराकानी संक्षेपमा ः निक इलेक्ट्रो टेक २०१८ को बारेमा बताईदिनुस् न ? नेपाल विद्युतीय व्यवसायी महासंघले सन १९९६ देखि इलेक्ट्रो टेक नामबाट प्रर्दशनी सुरुवात भएको हो । हाल निक इलेक्ट्रो टेक नाम दिईएको छ किनकी प्रर्दशनीलाई टाईटल स्पोन्सरको रुपमा नेपाल ईकरात इन्जिनियरिङ्ग कम्पनीले गर्दै आएको हुनाले निक इलेक्ट्रो टेक नाम दिईएको हो । हाल इलेक्ट्रो टेक नवौं संस्करणमा चलिरहेको छ । निक इलेक्ट्रो टेक २०१८ भव्य र सव्य बनाउने योजनाका साथ प्रर्दशनी सुरु गरेका छौ । प्रर्दशनी बहु उपयोगी बनाउन कै लागि हामीले विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै आउने अतिथि, इन्जिनियरिङ्ग कलेज, इलेक्ट्रिसियनहरु लगायत प्राविधिक क्षेत्रसँग सम्बन्धित सम्पूर्णमा पासको व्यवस्थामा सहजता ल्याएका छौ । मेलामा हल भित्र र बाहिर गरेर ७७ वटा स्टल छन् । पाँच दिन सम्म चल्ने प्रर्दशनीमा आउने अवलोकनकर्ता लाई जानकारी दिने उद्धेश्यले गुणस्तर, सेफ्टी ,इनर्जी र ऊर्जा उत्पादन सम्बन्धि तीन दिन सम्म कार्यशाला गोष्ठीको आयोजना समेत गरेका छौ । मेलाको मुख्य उद्धेश्य के रहेका छन् ? मुख्यतः आम विद्युतीय उपभोक्ताहरुलाई विद्युतीय क्षेत्रमा आएका नयाँ प्रविधियुक्त सामग्रीको जानकारी दिनु नै मुख्य योजना रहेको छ । खास गरी उपभोक्ता, आयातकर्ताको लागि समय परिवेश अनुसार अब्डेट (परिचालन) गराउनु हो । यसैलाई मध्यनजर गर्दै दुई वर्षको अन्तरालमा निक इलेक्ट्रो टेक मेलाको आयोजना गर्दै आएका छौ । मेलामा कस्ता खालका सामग्रीहरु प्रर्दशनीमा महत्व दिनु भएको छ ? निक इलेक्ट्रो टेक नेपालकै विद्युतीय सामग्रीहरुको अन्तराष्ट्रिय प्रर्दशनी हो । मेलामा राष्ट्रिय स्तर देखि अन्र्तराष्ट्रिय विद्युतीय बजारमा आएको गुणस्तरयुक्त सामग्रीहरु प्रर्दशनीमा राखेका छौ । पहिलेको भन्दा अहिलेको प्रर्दशनीमा धेरै फरक पाउन सकिन्छ हाल बजारमा प्रविधियुक्त सामग्रीले प्राथमिकता पाएको हामीले मेलामा नै देख्न सक्छौ । प्रर्दशनीमा अन्र्तराष्ट्रिय मुलुकको उपस्थिति कस्तो रहेको छ ? प्रर्दशनीलाई नेपालको एक अन्र्तराष्ट्रिय विद्युतीय मेलाको रुपमा लिईएको छ । जसमा छिमेकी देश भारत, चीन सँगै भुटान, श्रीलङ्का देशका प्रोड्क्ट डाईरेक्ट वा एजेन्सी मार्फत प्रर्दशनीमा सहभागिता जनाएका छन् । “आर्थिक समृद्धिको संवाहक ऊर्जा” नाराका साथ मेला चलिरहेको छ देशले पनि ऊर्जालाई प्रथामिकतामा राखेको छ, देश विकासमा ऊर्जाको भुमिका कस्तो हुन्छ बताईदिनुहोस् न ? देशमा विकास हुनको लागि विना ऊर्जा सम्भव छैन् तसर्थ आर्थिक समृद्धि हुन देशमा प्रशस्त मात्रामा ऊर्जा उत्पादन हुन जरुरी छ । जसले विदेशी लगानीकर्ताहरु भित्रिए सँगै नेपालमा रोजगारीको अवसर सिर्जना हुन्छ । देश समुन्नत विकास तर्फ जान्छ भन्ने हाम्रो सोचले यस वर्षको मेलाको नारा नै “आर्थिक समृद्धिको संवाहक ऊर्जा” राखिएको हो । मेलामा नेपाल सरकारको कस्तो सहयोग पाउँदै आउनु भएको छ ? इलेक्ट्रो टेक मेला हुनभन्दा अगाडी हामीले सरकार समक्ष आफ्ना मागहरु सुनाउँदै आएका छौ । विदेशी देशहरुको मेलामा आफ्ना सरकारले विभिन्न खालका सहयोग गर्दै आएको छ तर हाम्रो देशमा भने सरकारको कुनै खालको सहयोग छैन् । सरकारको विना सहयोग हामी नीजि क्षेत्रको लगानीबाट नै मेला आयोजना गर्दै आईरहेका छौ । मेला आयोजना हुँदा सम्बन्धित क्षेत्रका व्यवसायी सँगै उपभोक्ता गरी करिब एक लाखले प्रर्दशनीमा अवलोकन गर्ने अपेक्षाका साथ अवलोकन कर्ताको उत्साहले हामीलाई ऊर्जा मिलेको छ । गुणस्तरहिन विद्युतीय सामग्रीले घर समाज असुरक्षित बनाउछ ? यसलाई कसरी लिनु भएको छ ? यस विषयलाई नै मध्य नजर गर्दै महासंघले गुणस्तरको कुरा गरिरहेको हो । समाजमा सबै घरले गुणस्तरीय सामग्री प्रयोग गरेको र एक घरले मात्र गुणतरहिन सामग्री प्रयोग गर्दा यसको असर एक घरमा मात्र नभएर छिमेकीमा पनि परेको हुन्छ । त्यसैले महासंघले सदस्यहरुलाई गुणस्तरीय सामग्री बिक्रि वितरण गर्न जोड दिदंै आएको छ । महासंघ कै पहलमा नेपालमा उत्पादन हुने विना एन एसका तारहरु उत्पादन गर्न बन्द गराएका छौं । आयातित सामग्रीको गुणस्तर हेर्न नेपाल सरकारलाई प्रयोगशालाको व्यवस्था गराउन महासंघले पहल गर्दै आएको छ तर कहि कतैबाट पहलकदमी भएको छैन् । नेपालको विद्युतीय बजारमा आयातको तुलनामा निर्यातको अवस्था कस्तो छ ? नेपाल विद्युतीय सामग्रीमा परनिर्भर बनेको जस्तो देखिन्छ तर निर्यात भने नहुने होईन । आयात भन्दा निर्यात त धेरै कमी नै छ । नेपालमा उत्पादित ट्रान्सर्फमर सँगै तारहरु भुटान, बङ्गलादेश लगायत देशमा निर्यात हुने गरेको छ । नेपालमा १५÷२० प्रतिशत उत्पादनले थेगेको छ भने ८० प्रतिशत आयात गर्नुपर्ने बाध्यता छ । व्यवसायीहरुको समस्यामा महासंघको भुमिका कस्तो रहेको छ ? व्यवसायी आर्थिक सँगै अस्वस्थ प्रतिस्पर्धाका कारण चिन्तित हुनु परेको अवस्था छ । देश ऊर्जाको हिसावले संक्रमणकालिन अवस्थामा निर्मुल भए सँगै विद्युतीय बजारमा गुणस्तरीय सामग्रीको बिक्रि वितरणले ठूलो ठाउँ ओगटेको छ । यो अवस्थामा नेपालको विद्युतीय व्यवसायीको आर्थिक सँगै अस्वस्थ प्रतिस्पर्धाको समस्या सजिलै हल हुने देखिन्छ । यसमा महासंघले आफ्नो ठाउँबाट पहल गर्दै आएको छ ।

प्रतिक्रिया