भर्खरै

नवीनतम प्रविधिको प्रयोग भएका विद्युतीय सामग्रीहरुको जानकारी दिनु नै मेलाको उद्धेश्य हो

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - कोमल पोखरेल सदस्य, नेपाल विद्युतीय व्यवसायी महासंघ, प्रचारप्रसार संयोजक, निक इलेक्ट्रो टेक २०१८
title

निक इलेक्ट्रो टेक २०१८ मेला सञ्चालन भईरहेको छ, मेलालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न तयारी कस्तो रहेको छ ? मेलाका लागि हामीले सर्वप्रथम मिति,स्थान र स्टलको निर्धारण गरेर ३÷४ महिना अगाडि नै कार्यसमितिका पदाधिकारीहरुको निर्णयबाट मुल आयोजक समिति तथा उपसमिति बनाएर सबैलाई जिम्मेवारी तोकिएको छ । समितिको निर्णयबाट तोकिएको जिम्मेवारी हामी सबैले पुरा गरिरहेका छौं । मेलामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुले आफ्नो सामान प्रर्दशनीमा राख्न आवश्यक पर्ने स्टलहरु बुक गरे अनुसार स्टलको निर्धारण गरिएको छ । मेलामा मुख्यत्ः विद्युतीय सामानको प्रयोग गर्ने उपभोक्ता र यससँग सम्बन्धित विद्युतीय प्राविधिक लगायत धेरै मात्रामा अवलोकनकर्ताहरुको उपस्थिति गराउनका लागि हामीले मिडिया,पेपर मिडिया,इलेक्ट्रोनिक मिडिया लगायत सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरेका छौ । नेपालमा विद्युतीय सामग्रीहरुको बिक्रि वितरण गर्दै आईरहेका व्यवसायीहरुको अवस्था कस्तो रहेको छ ? नेपालमा विद्युतीय सामग्रीहरुको उत्पादन गर्ने उत्पादनकर्ता कम रहेकोले विद्युतीय सामग्रीहरु कम मात्रामा उत्पादन हुने गर्दछ । उत्पादन गर्नका लागि कच्चा पदार्थहरु देखि आवश्यक सम्पूर्ण सामग्रीहरु बाह्य मुलुक बाट नै आयात गर्नुपर्ने अवस्था छ । तर अन्य सामग्री बाह्य मुलुकबाट आयात भएतापनि नेपालमा हाउस वायरिङ्ग केबुलमा भने लगभग आत्मनिर्भर नै रहेको छ । नेपालमा व्यवसायीहरुले तीन किसिमका सामग्रीहरुको आयात गरी बिक्रि वितरण गर्ने गरेको पाइन्छ । मल्टिनेशनल कम्पनीबाट उत्पादन भएका ब्राण्डेड सामग्री , ब्राण्डको नाम राखेर सामग्री आयात र कोही व्यवसायीले बाह्य मल्टिनेशनल कम्पनीबाट उत्पादन भएका ब्राण्डेड सामग्री बिक्रि गरिरहेको छ,कोही विदेशमा नै आफ्नो ब्राण्डको नाम राखेर सामग्री आयात गरी बिक्रि गरिरहेको छ भने कोही विदेशमा जस्तो किसिमको सामग्री निर्माण हुन्छ सोही सामग्री आयात गरि व्यवसाय गरिरहेका छन् । यसरी सामग्री आयात गरी व्यवसाय गर्ने साना व्यवसायीलाई भने प्रतिस्पर्धा गरेर व्यवसाय गर्न समस्या रहेको छ । तर महासंघले साना तथा ठूला ब्राण्डका सामग्री बिक्रि गर्ने सबै व्यवसायीहरु लाई समान दृष्टिकोणमा राखेर गुणस्तरीय सामग्रीहरुको बिक्रि गर्न संवेदनकारी भुमिका निर्वाह गर्दै आईरहेको छ । विद्युतीय व्यापार मेला (इलेक्ट्रो टेक) सञ्चालन गर्नुको मुख्य उद्धेश्य के हो ? यसको बारेमा बताईदिनुस् न । विद्युतीय व्यापार मेला सञ्चालन गर्नुको मुख्य उद्धेश्य भनेको आम विद्युत उपभोक्ता,उत्पादक,वितरक र यस सँग सम्बन्धित प्राविधिकहरुको एउटै थलोमा जमघट गरी विद्युतीय सामग्रीको बारेमा जानकारी दिनु नै मेलाको मुख्य उद्धेश्य हो । पछिल्लो समयमा विद्युतीय क्षेत्रमा प्रयोग हुने सामग्रीहरु के कस्ता उत्पादन भए,कुन सामान बढी उपयोगी,गुणस्तरयुक्त,लाभदायी र कम विद्युत खपत गर्छ साथै विद्युतीय सामग्री उपयोग गर्दा अपनाउनुपर्ने सावधानीको बारेमा एउटै थलोबाट जानकारी दिन कार्यशाला गोष्ठी सहित हामीले मेलाको आयोजना गरेका हौ । यस मेलाबाट आम उपभोक्ता,उत्पादक,वितरक र प्राविधिक सबैलाई फाइदा पुग्दछ । यस मेलामा कस्ता कस्ता विद्युतीय सामग्रीहरु प्रर्दशनी स्टलमा राखिएको छ ? हाम्रो यस मेलामा नविनतम प्रविधिको प्रयोग भएका विद्युतीय सामग्रीहरु प्रर्दशनी स्टलमा प्राथमिकताका साथ राखिएको छ । विद्युतीय सामग्री बाहेक अल्टरनेटिभ इनर्जी र सोलारका सामग्रीहरु पनि प्रर्दशनीमा राखिएको छ । इलेक्ट्रो टेक शुरुवात देखि नवौं संस्करण सम्म आइपुग्दा के कस्तो अबस्था बारे चित्रण गरिरहनु भएको छ ? यसको बारेमा बताईदिनुहोस् न । नेपाल इलेक्ट्रिकल एशोसियशन को पहलमा सन् १९९६ देखि शुरुवात गरिएको इलेक्ट्रो टेक मेला आयोजना गर्दै आईरहेको र महासंघ बनेपछि पनि यस मेला लाई निरन्तरता दिदै आज नवौ संस्करण निक इलेक्ट्रो टेक २०१८ मेला सम्पन्न गर्न गईरहेका छौं । देशको बिषम परिस्थितीको कारण इलेक्ट्रो टेक मेलाले केही वर्ष निरन्तरता पाउन नसकेको भए पनि सन् २०१२ देखि भने यो मेला हरेक दुई वर्षको अन्तरालमा निरन्तर आयोजना गर्दै आएका छौ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा उत्पादन भएका नविनतम प्रविधि युक्त, गुणस्तरीय विद्युतीय सामग्रीहरुका साथै विद्युतीय बजारको अवस्था बारेमा हामीले मेला मार्फत उपभोक्ता, लगानीकर्ता, व्यवसायीहरुलाई एकै ठाउँबाट जानकारी दिदै आएका छौ । शुरुवाती बर्षको इलेक्ट्रो टेक देखि अहिलेको इलेक्ट्रो टेक सम्म आइपुग्दा ऊर्जा र विद्युत सँग सम्बन्धित नयाँ प्रविधि प्रयोग भएका विद्युतीय सामग्रीहरु बारे मेला मार्फत जानकारी दिइरहेका छौ ।

प्रतिक्रिया