भर्खरै

ओपल चाइनाको उत्कृष्ट ब्राण्ड हो

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - महेन्द्र कुमार राठी प्रबन्धक निर्देशक, तिरुपति मार्केटी· प्रा.लि
title

तिरुपती मार्केटीङ्ग प्रा.लि द्धारा हामीले नेपाली बजारमा ओपल ब्राण्डका विद्युतीय लाईटका सामग्रीहरु ल्याएका हौ । चाइनाको उत्कृष्ट नम्बर १ ओपल ब्राण्ड विश्वमा फिलिप्स र ओस्राम पछिको तेस्रो स्थानमा पर्दछ । ओपल ब्राण्डले लाइटिङ्ग बेस विद्युतीय सामग्रीहरु उपभोक्तालाई प्रदान गर्दै आएको छ । ओपल ब्राण्डले उत्पादन गरेका एलईडी बल्बहरु लुमिनेश (प्रकाश) का सवालमा अन्य ब्राण्डका एलईडी भन्दा उत्कृष्ट रहेको छ । बजारमा आएका एलईडी बल्बहरु प्रयोग गर्दै जाँदा लुमिनेश कम हुने र मधुरो हुने समस्या उपभोक्ताले खेप्दै आएका छन् तर हामीले ल्याएको ओपलका एलईडी बल्बमा वषौंं सम्म प्रयोग गर्दा पनि यसको लुमिनेशमा कुनै कमी आउने छैन । यदि एउटा एलईडी दैनिक चार घण्टा बाल्ने हो भने ५ वर्ष सम्म ९० प्रतिशत उज्यालो प्रदान गर्दछ । त्यस्तै दैनिक ८ घण्टा बाल्ने हो भने २ वर्ष सम्म ९० प्रतिशत उज्यालो दिन्छ । अन्य ब्राण्डको एलईडीमा लाइफको ग्यारेन्टी दिएको पाइन्छ भने ओपलले लाइफको साथै प्रकाशको ग्यारेन्टी समेत दिन्छ । हाम्रो एलईडीमा प्रतिवाट ९५ देखि एक सय सम्म लुमिनेश रहेको छ । उपभोक्ताहरुले कम विद्युत खपत गर्ने, गुणस्तरयुक्त, किफायति एलईडी बल्ब प्रयोग गर्न पाउन् भन्ने उद्धेश्यले नै ओपल ब्राण्डका एलईडी बजारमा ल्याएका हौ । तिरुपति मार्केटिङ्ग प्रा.लि मार्फत बिक्रि गर्दै आएको यो एलइडि नेपालभर पूर्व मेची देखि पश्चिम महाकाली सम्म सहज ढंगबाट प्राप्त गर्न सकिन्छ । हाम्रो एलईडी बल्ब केही महंगो भएता पनि यसले बिजुली कम खपत गर्ने गर्दछ । विगत २५ वर्षदेखि विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दै आएको तिरुपति मार्केटीङ्ग प्रा.लि गुणस्तरका सम्बन्धमा सबै भन्दा अगाडि रहेको छ । नेपाली बजारमा कम गुणस्तरका सामग्रीहरु पनि आयात हुने गर्दछ । उपभोक्ताले सस्ता मूल्यमा राम्रा सामग्रीहरु खोज्ने प्रवृत्तिका कारण गुणस्तरहिन सामग्री भित्रिएका हुन् । गुणस्तरहिन सामग्रीहरुको आयात रोक्नका लागि उपभोक्ताले केही महंगो मूल्य तिर्न तयार हुनुपर्दछ भने सरकारले पनि यस सम्बन्धमा उचित नीति निर्माण गर्नुपर्दछ । हामीले स्वीच, ब्रेकर, सेफ्टी प्रोटेक्सन डिभाइस, लाईटिङ्ग सोलुसन लगायतका सामग्रीहरु बिक्रि गर्दै आएका छौ । उपभोक्तालाई हाम्रो ब्राण्ड र त्यसको गुणस्तरका बारेमा जानकारी दिने उद्धेश्यले निक इलेक्ट्रो टेकमा सहभागी भएका हौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago