भर्खरै

राठी ग्रुप नेपालको पहिलो स्वीच निर्माता कम्पनी हो

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - गोविन्द प्रधान बजार व्यवस्थापक, अन्नपूर्ण इम्पेक्स, (राठी गु्रप)
title

नेपालमा विद्युतीय सामग्रीहरु विभिन्न देशहरुबाट आयात हुन्छ । उपभोक्तालाई गुणस्तरयुक्त विद्युतीय सामग्री प्रदान गर्नु हाम्रो प्रमुख उद्धेश्य हो । हामीले हालै फ्रान्समा निर्मित स्नाइडर कम्पनीका स्वीच नेपाली बजारमा ल्याएका छौ । त्यस्तै आइएसआई मान्यता प्राप्त १० वर्ष वारेन्टी सहित तीन पुस्ते ग्याङ स्वीच बजारमा ल्याएका छौ, यो स्वीच कम्तीमा पनि १ लाख पटक अन अफ गर्दा पनि बिग्रने सम्भावना कम हुदैन । हामीले क्रम्पटन, स्नाइडर र सिएनएस गरी तीन ओटा कम्पनी सँग च्यानल पार्टनरका रुपमा सहकार्य गर्दै आएका छौ । हामीले क्रम्पटनका फ्यान, स्नाइडरका स्वीच र सिएनएसका एमसिबी, एमसिसिबी जस्ता सामग्रीहरु बजारमा ल्याएका छौ । राठी ग्रुप नेपालको पहिलो स्वीच निर्माता कम्पनी हो । स्वीचका कारण नै हामी बजारमा परिचित भएका हौ । सन् १९८३ देखि हामी नेपाली बजारमा आएका हौ । पहिला ह्वाइट र आइबोरीयम रङ्गका पुराना मोडलका प्लास्टाइप स्वीच र बोर्ड स्वीचहरु आउने गर्थे अहिले विभिन्न रङ्गका विभिन्न प्रकारका स्वीचहरु हामीले बजारमा ल्याएका छौ । हामीले स्वीच बाहेक लाइट आइटम, एलईडी बल्ब, एलईडी प्यानल, पंखा, वाटर पम्प, एफएलआरएस केवुल, एमसिबी, एमसिसिबी जस्ता थ्री फेजका सम्पूर्ण सामग्रीहरु हामीले बजारमा ल्याएका छौ । हामीले ल्याएका जति पनि विद्युतीय सामग्रीहरु छन् ति गुणस्तरयुक्त छन् । हामीले युरो हिरो ब्राण्डका एलईडी बल्ब एसेम्बल गर्दै आएका छौ । धेरै जसो विद्युतीय सामग्रीहरु नेपालमा विभिन्न देशबाट आयात हुने गरेको छ । नेपालमा नै विद्युतीय सामग्रीहरु उत्पादन गर्न नसकिने होइन । तर उत्पादनका क्रममा धेरै समस्या आउने गर्दछ । अहिले व्यवसायीहरु आयातमा बढी केन्द्रित छन् यसको मूख्य कारण भनेको उद्योगीहरुलाई सरकारको असहयोग र उत्पादन गर्नु भन्दा आयात गर्न सस्तो हुने भएकोले उत्पादन भन्दा आयातमा बढी केन्द्रित भईरहेको छ । हामीले सरकारसँग कच्चापदार्थ आयात, भन्सारदरका सन्र्दभमा कुरा उठाउँदै आएका छौ । यद्यपि यसमा सरकारले कुनै चासो देखाएको पाएका छैनौ । यदि सरकारले उद्योगीहरुलाई आवश्यक सहयोग गर्ने हो भने उद्योगहरु फस्टाउन सक्छ र नेपालमा नै विद्युतीय सामानहरु उत्पादन गर्न सकिन्छ ।

प्रतिक्रिया