भर्खरै

ठूला उद्योगमा एविसि ट्रान्सर्फमर छन्

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - राजिव काप्रा प्रबन्धक निर्देशक पल्लभी इलेक्ट्रा प्रा.लि
title

एविसि ट्रान्र्फमर भारतीय कम्पनीको ट्रान्सर्फमर हो । आज भन्दा करिव ३० वर्ष अगाडि भारतमा एबिसि ट्रान्सर्फमरको उत्पादन हुन थालेको हो । हामीले नेपालमा करिव १० वर्ष देखि यो ट्रान्र्फमरको बिक्रि वितरण गर्दै आएका छौ । नेपालमा भएका सिमेन्ट उद्योग, रड, स्टील उद्योग जस्ता ठूला–ठूला उद्योगहरुमा हाम्रो ट्रान्सर्फमर जडान गरिएको छ । हामीले ट्रान्सर्फमर बाहेक सर्बो स्टेपलाइजर, प्यानल बोर्ड, क्यापासिटर व्याङक जस्ता प्रडक्टहरु उद्योगहरुलाई बिक्रि गर्दै आएका छौ । गुणस्तरयुक्त कपर र कोरको प्रयोग गरिएको एबिसि ट्रान्सर्फमर जति पनि उद्योगहरुले प्रयोग गरेका छन्, ती उद्योग हरुबाट अहिले सम्म सकारात्मक प्रतिक्रियाहरु हामीले पाएका छौं । यसको मूख्य विषेशता भनेको नै गुणस्तर र यसको कार्यक्षमता हो । पछिल्लो समय नेपालमा हाम्रो ट्रान्सर्फमरको माग पनि उच्च हुँदै गएको छ । हामीले ट्रान्सर्फमरको वारेन्टी ५ वर्ष सम्म प्रदान गरेका छौ भने ट्रान्सर्फमर बिग्रिएमा सर्भिस पनि प्रदान गर्दै आइरहेका छौ । हामीले अहिले सम्म बजारमा १५ हजार केभीए सम्मको ट्रान्सर्फमर ल्याएका छौ भने ४ हजार भन्दा बढी ट्रान्सर्फमर नेपालभर बिक्रि वितरण गरेका छौ । लोडसेडिङ्ग अन्त्य भए पछि उद्योग, व्यवसाय पहिलाको तुलनामा बढ्दै गएको छ । यस हिसावले ट्रान्सर्फमरको माग पनि बढ्दै गएको हो । यद्यपि नेपालमा ट्रान्सर्फमर उत्पादन गर्न खर्च धेरै लाग्ने र बजारको अवस्था उच्च नभएको हुँदा हामीले भारतबाट ट्रान्सर्फमर आयात गर्दै आएका हौँ । हामीले ट्रान्सर्फमरका लागि आवश्यक प्रोटक्ट राखेर बिक्रि वितरण गर्ने गरेका छौ जसका कारण हाम्रा ट्रान्सर्फमर बिग्रिने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया