भर्खरै

एलईडी बल्बहरुमा गुणस्तरको मापदण्ड निर्धारण हुनुपर्छ

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - प्युस कोठारी प्रबन्धक–निर्देशक स्टारसिड टेक्नोलोजी प्रा.लि
title

आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त र समय सापेक्ष उच्च प्रविधियुक्त विद्युतीय सामग्रीहरु प्रदान गर्नु हाम्रो मूख्य उद्धेश्य हो । हामीले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै एलईडी बल्ब, एलईडी प्यानल, एलईडी ट्युव सेट लगायत घरायसी प्रयोजनका एलईडी देखि औद्योगिक स्तरमा प्रयोग हुने एलईडीहरु बजारमा ल्याएका छौ । हामीले बिक्रि वितरण गर्दै आएको जति पनि एलईडीहरु छन् ती गुणस्तरयुक्त छन् । हामीले बिक्रि वितरण गर्दै आएको एलईडीहरुमा लुमेन्स, पावर फ्याक्ट उच्च छन् । नेपाल सरकारले एलईडी बल्बहरुमा गुणस्तरको मापदण्ड अहिले सम्म निर्धारण गरेको छैन । भारतले एलईडी बल्बमा वियुरो अफ इन्डियन स्ट्यान्र्डट (विआईएस) प्रारुप निर्धारण गरेको छ । सोही प्रारुप अनुसार हामीले नेपालमा एलईडी बल्बहरु आयात गर्दै आएका छौ । नेपालमा पनि अबको तीन महिना भित्र एलईडी बल्बहरु उत्पादन गर्ने योजनामा छौ । अहिले पनि नेपालमा एलईडी फ्लड लाइट्स एसेम्बलिङ गरिरहेका छौ । हाम्रो प्रविधि प्रयोग गरी हामी छिटैनै एलईडी बल्ब उत्पादन गर्नेछौ ।

प्रतिक्रिया