भर्खरै

व्यावसायिक हितका लागि निरन्तर लागिपरिरहेका छौ

  • प्रकाशित मिति : Fri-08-Feb-2019
  • - प्रकाश जंग पन्तसचिव,काठमाण्डौ विद्युत व्यवसायी संघ
title

व्यावसायिक हक हितका लागि २०६६ सालमा स्थापना भएको काठमाण्डौ विद्युतीय व्यवसायी संघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन नजिकिदंै गर्दा साधारण सभाको तयारी कस्तो भइरहेको छ, संघले व्यावसायिक हितका लागि कस्ता कार्य गर्दै आएको छ, संघको भावी कार्य योजना कस्तो रहेको छ भन्ने सन्र्दभमा काठमाण्डौ विद्युत व्यवसायी संघ सचिव तथा ग्लोवल इलेक्ट्रिकल सोलुसन प्रा.लि का प्रोपाइटर प्रकाश जंग पन्त सँग विद्युत संसार साप्तााहिकले गरेको कुराकानीको सम्पादित अंश ः काठमाडौं विद्युतीय व्यवसायी संघको बारेमा बताईदिनुहोस् न ? २०६६ सालमा स्थापना भएको एक व्यावसायिक सामाजिक संस्था हो । यो संघ विशुद्ध सदस्यहरुको हकहितको लागि कार्य गर्दै अगाडि बढिरहेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघमा आवद्ध जिल्लाहरु मध्ये सदस्यहरुको संख्याका हिसावले सबैभन्दा ठुलो र क्रियाशिल जिल्लाका रुपमा काठमाडौं विद्युत व्यवसायी संघलाई चिनाउन सकिन्छ । हालसम्म करिब काठमाण्डौ जिल्लाभरमा ५०० व्यवसायीहरु आवद्ध रहेका छन । तपाई संघको सचिव भएर काम गर्दै गर्दा संघमा के कस्ता कार्यहरु गर्नुभयो ? संघमा धेरै उदाहरणीय काम भएका छन् त्यस मध्येबाट केही कामहरुलाई निरन्तर लागि परिरहेका छौ । पहिले त हामी कार्यसमिति निर्वाचित भएर आएपछि लिड जन्य सामग्रीहरु आयात गर्दा भन्सारदर शुन्य तथा ५ प्रतिशत सम्म मात्रभन्सार शुल्क लिन सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाई व्यसायीहरुमा परेको समस्यालाई पहिचान गरी राज्य तहबाट पहल कदमीको रुपमा दवाब सुरु गरियो । सदस्यलाई व्यावसायिक तवरबाट कर तथा लेखा व्यवस्थापन सम्बन्धि तालिम,TAX /VAT सम्बन्धि तालिम, नेतृत्व तथा व्यक्तित्व विकासका तालिमहरु सञ्चालन गर्दै आएका छौ ।हाम्रो संघको संस्थागत विकासमा सहयोग हुने हिसावले सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएका छौ । सामाजिक उत्तरदायित्व अन्र्तगत जाडोमा वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण, अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण, रक्तदान कार्यक्रम जस्ता सेवामुलक कामहरु पनि हामीले गर्दै आएका छौ । त्यस्तै एक पसल एक सदस्य विषयमा अभियान चलाएर व्यवसायी दर्ता अभियान कार्यक्रम सञ्चालन गरेका छौ । संघले भन्सारमा हुने सबै खाले असमान नीतिहरुमा संघले महासंघलाई घच्घच्याई समाधान गर्न वाणिज्य मन्त्रालय ,अर्थ मन्त्रालयमा ज्ञापन पत्र पेश गरेर समाधानको प्रयास गरिरहेका छौ । नवौ साधारण सभाको उद्धेश्य र योजनाका बारेमा बताई दिनुहोस् न । हाम्रो मूख्य उद्धेश्य भनेको व्यवसायीहरुको हितका लागि काम गर्नु हो । व्यवसायीहरुलाई व्यवसाय गर्ने क्रममा आउने समस्याहरुको समाधान गर्दै अघि बढ्ने हाम्रो मूख्य योजना रहेको छ । अब हुने साधारण सभा पश्चात संघले सदस्य को लागि गर्न सक्ने ,गर्नुपर्ने महत्वपूर्ण कार्यहरु सदस्यको हितमा गर्ने र संघलाई अघि बढाउँदै लैजाने मूख्य एजेण्डा रहेको छ । सुचनाप्रविधि , गुणस्तरीय सामानको आयात र बिक्री वितरण,वैज्ञानिक भन्सार सन्र्दभ मूल्याड्ढन, आपतकालिन व्यावसायिक बिमा,उपत्यका व्यवसायी संघको गठन प्रकिृया ,विभिन्न तालिम सेमिनार गोष्ठीको आयोजना सरोकारवाला निकायमा गर्न सक्ने महत्वपूर्ण कार्यहरु सदस्यको हितमा गर्नु र काठमाडौं विद्युत व्यवसायी संघलाई अगाडि लैजाने प्रमुख योजना रहेको छ । तपाईले बताउनु भएको भावी कार्य योजना अनुसार के संघ को अध्यक्ष पदमा उम्मेद्धवारीको तयारी हो भन्न सकिन्छ ? मेरो योजना र उद्वेश्य हाम्रो संघलाई राष्ट्रिय पहिचान सहित संस्थागत विकासमा अगाडि बढाउनु हो । म यस संघमा आवद्ध भए सँगै मेलै संघका लागि तथा व्यवसायीहरुको व्यावसायिक हितका लागि गर्दै आएका कार्यहरु संघमा आवद्ध सम्पूर्ण सदस्यहरुलाई जानकारी छ । मैले गरेका महत्वर्पूण कार्यलाई आधार मान्दै सदस्यहरुले अध्यक्ष पदका लागि इच्छा देखाउनु भएको खण्डमा म अध्यक्ष पदमा उम्मेदवारी दिन तयार छु । विगत २ पटक कार्यकारिणी समितिमा रहेर गरेको कार्यअनुभवलाई व्यवहारमा उर्तान संघको भुमिकालाई गतिशिल बनाउन व्यावसायिक मित्रको भावनालाई कदर गर्न समेत अध्यक्षको दावेदारी हो भन्न सकिन्छ । तर यो सम्पूर्ण अधिकार हाम्रो आदरणीय सदस्य महानुभावहरुमा निहीत रहनेछ । अन्त्यमा, यो साधारण सभाको अन्तिम तयारी कसरी भईरहेको छ ? बताईदिनहोुस् न । संघले विगतका वर्षहरुमा गर्दै आएको साधारण सभाका नियम र पद्धतिहरुलाई आत्मासाथ गर्दै साधारण सभाको तयारी गरिरहेका छौ । हामीले सधारण सभाको तयारीका लागि कार्यकारी समितिका सबैलाई आ–आफ्नो जिम्मेवारी दिएका छौ । साधारण सभाका संयोजक मुक्ति सापकोटा, चन्द्र प्रकाश आचार्य निर्वाचन प्रमुख , कार्यसमिति र सल्लाहाकार सदस्यहरु बाट आवश्यक उपसमिति बनाई उक्त साधारण सभालाई सभ्य र भव्य बनाउन सक्रिय रुपमा लागि रहेका छौं ।

प्रतिक्रिया