भर्खरै

सरकारले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान आयातमा भन्सार शुल्क शून्य गर्नुपर्छ

  • प्रकाशित मिति : Fri-08-Feb-2019
  • - पोष्टमान(सन्तमान) श्रेष्ठ अध्यक्ष,तनहुँ विद्युतीय व्यवसायी संघ
title

पोष्टमान(सन्तमान) श्रेष्ठ तनहुँ विद्युतीय व्यवसायी संघका अध्यक्ष तथा न्यु सबनम एण्ड संगम बिजुली पसल,तनहुँका प्रोपाइटर हुन् । सरकारले व्यवसायीहरुको समस्या प्रति खासै चासो दिएको छैन । व्यवसायीहरुले भन्सार शुल्क देखि न्यूनविजकीकरण,अधिकविजकीकरण जस्ता धेरै समस्याहरु भोग्दै आइरहेको छ । व्यवसायीहरुले भोग्दै आइरहेको समस्या,तनहँ विद्युतीय व्यवसायी संघले व्यावसायिक हकहितका लागि गर्दै आएको कार्य र तनहँ जिल्लामा रहेका व्यवसायीहरुको समस्याको सन्र्दभमा रहेर विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानी ः तनहुँ विद्युतीय व्यवसायी संघको परिचय बारेमा बताईदिनुहोस् न । महासंघको अवधारणा अनुरुप गोविन्द प्रसाद कँडेलको प्रमुख आतिथ्यमा तनहुँ वि.स २०६७ सालमा महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा म स्वयम् पोष्टमान(सन्तमान) श्रेष्ठ सचिव रहि ७ जनाको तर्दथ समिति गठन गरी यो संघको स्थापना भएकोे हो । मैले २ कार्यकाल सचिव रहि वर्तमान अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएको छु । हाम्रो संघले स्थापनाकाल देखि नै सामाजिक हक हितका लागि कामहरु गर्दै आईरहेको छ । हाल सम्म यस संघमा ३४ सदस्यहरु आवद्ध रहेका छन् । यस विद्युतीय व्यवसायी संघले स्थापनाकाल देखि नै कस्ता किसिमका उद्धेश्यहरु लिएर अघि बढिरहनु भएको छ ? हालसम्म ती उद्धेश्यहरु पुरा गर्नु भएको छ या छैन ? आम उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय विद्युतीय सामान प्रदान गरी एकरुपता ल्याउनु संघको मुख्य उद्धेश्य हो । हाम्रो विकल्प भनेको विद्युतीय सामग्रीको गुणस्तर सम्बन्धि जनचेतना दिई व्यवसायीहरु बाट नै उपभोक्ता नठगीओस् भन्ने हो । त्यसैले स्थापनाकाल देखि नै संघले उपभोक्ता र व्यवसायीहरुको हक हितको लागि काम गर्दै आइरहेको छ । तर हाम्रो क्षेत्र भौगोलिक हिसाबले विकट रहेकोले सबैलाई समावेश गरी संघ अघि बढ्न नसकिरहेको अवस्था छ । तर पनि संघ निरन्तर रुपमा यस कार्यप्रति लागिपरिरहेको छ । हालसालै सम्पन्न भएको निक इलेक्ट्रो टेक २०१८ ले यस संघप्रति कस्तो प्रभाव पारेको छ ? हालसालै सम्पन्न भएको निक इलेक्ट्रो टेक २०१८ ले एउटा नयाँ आयाम थपिएको छ । संसारभर उत्पादन भएका नयाँ प्रविधिका सबै विद्युतीय सामानहरुबारे आम उपभोक्ताले एउटै थलोबाट अवलोकन गर्ने अवसर सिर्जना भएको छ । मेलाले उपभोक्ता,उत्पादनकर्ता,आयातकर्ता,बिक्रेता र प्राविधिकहरु सबै एकैठाँउमा भेला हुने संयोग मिलेको छ । मेलाबाट कुन सामान गुणस्तरयुक्त छन्,कुन सामान उपभोग गर्न कति उचित कति अनुचित छ भन्ने कुराको वस्तुगत रुपमा जानकारी मेलाबाट उपभोक्ताहरुले पाएका छन् । त्यसैले इलेक्ट्रो टेक मेला विद्युतीय व्यवसायी तथा आम उपभोक्ताहरुको लागि सहि मार्गनिर्देश गर्ने माध्यम सँगसँगै एउटा विश्वासको पात्र बनेको छ । प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने इलेक्ट्रो टेक मेला हरेक वर्ष सञ्चालन गर्न र काठमाडौं बाहिर ल्याउन यस संघमार्फत कुनै पहल भएको छ ? इलेक्ट्रो टेक मेला काठमाडौं उपत्यका बाहिर हरेक वर्ष सञ्चालन गर्न यस संघमार्फत हाल सम्म कुनै पहल त भएको छैन । किनकी यस्ता किसिमका मेला सञ्चालन गर्न उचित स्थानको अभाव छ । मेला भन्ने कुरा जहाँ मानिसहरुको भिडभाड र व्यस्त हुन्छ त्यस्तो ठाँउमा मेला आयोजना गर्नुपर्दछ । मेलाको आयोजना गर्दा उपभोक्ता,व्यवसायी तथा बिक्रेताहरुका लागि सरल र सहज हुने तरिकाबाट मेला सञ्चालन गर्नु पर्दछ । त्यसैले तत्काल इलेक्ट्रो टेक मेला काठमाडौं बाहिर आयोजना गर्न सक्ने अवस्था छैन । तनहँ विद्युत व्यवसायी संघलाई कस्तो कस्तो किसिमका समस्याहरु रहेका छन् ? यस बारेमा बताईदिनुहोस् न । हाम्रो संघलाई समस्या त धेरै नै रहेको छ । तर पनि ती समस्याहरुको समाधान गर्न तर्फ लागिरहेका छौ । काठमाडौं पछि व्यावसायिक हिसाबले उत्कृष्ठ ठाँउ भनेको पोखरा र चितवन हो । त्यसैले पोखरा र चितवनको बीचमा हामी छौं । उपभोक्ताहरु सामान खरिद गर्न पोखरा र चितवन जाने गर्दछ । त्यस्तै विद्युतीय सामानहरु किराना पसल,फेन्सी पसल,गिफ्ट पसल,मोवाइल पसल जस्ता अन्य पसलहरुमा पनि बिक्रि वितरण हुने गरेकोले व्यवसायीहरु लाई समस्या परेको छ । विद्युतीय सामानहरुको खरिदमा हुने न्यूनविजकीकरण,अधिकविजकीकरण जस्ता समस्याहरु पनि रहेका छन् । यस्ता समस्याहरुको निराकरण गर्न हामीले महासंघको ध्यानाकर्षण गर्दै आइरहेका छौ । यस संघले व्यवसायीहरुको हकहितको लागि कस्ता कस्ता खालका कार्यहरु गर्दै आइरहेको छ ? यस बारेमा केहि बताईदिनुहोस् न । संघले व्यावसायिक हकहितका लागि उद्योग वाणिज्य संघहरु सँग सहकार्य गरेर विभिन्न जनचेतनामुलक अन्र्तक्रिया कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छौ । हामीले हरेक विद्युतीय सामानहरुको प्रयोग गर्दा पहिलो प्राथमिकता गुणस्तर र नेपाल गुणस्तर चिन्ह् (एन.एस) प्राप्त भएका सामानलाई दिनुपर्दछ । त्यसैले हामीले अभियान कै रुपमा हाउस वायरिङ्ग केबुल लगायतका अन्य सामानहरु प्रयोग गर्दा नेपाल गुणस्तर चिन्ह् प्राप्त भएका सामानहरु प्रयोग गर्न आम उपभोक्ताहरु लाई आवहन गर्दै आईरहेका छौं । एन.एस चिन्ह् भएको सामानको प्रयोग गर्दा विद्युतीय दुर्घटनाको जोखिम कम हुन्छ भन्ने विषयमा संघले जनचेतना दिदैं आइरहेको छ । अहिले तनहुँ जिल्लाभर नेपाल गुणस्तर चिन्ह् प्राप्त भएका तारहरु मात्र प्रयोग हुने गरेकोे छ । तारको मूल्यमा एकरुपता कायम गर्ने सम्बन्धमा संघले कस्तो पहल गर्दै आएको छ ? पोखरा इलेक्ट्रिकल एशोसिएसन र विद्युत व्यवसायी संघ चितवनले तारको मूल्यमा एकरुपता कायम गर्न पहल गरेता पनि यो सम्भव हुन सकेको छैन । पोखरा र चितवनमा एकरुपता कायम नभएकोले तनहुँमा पनि एकरुपता कायम भएको छैन । तारको मूल्यमा एकरुपता कायम गर्ने कार्यप्रति हामी पनि सहमत भएर पहल गरेका हौ यद्यपि तारको मूल्यमा एकरुपता कायम गर्न त्यति सहज भने भएको छैन तर पनि हामी निरन्तर लागि परि नै रहने छौ । भावी दिनमा विद्युतीय व्यवसायीहरुको व्यावसायिक हितका लागि यस संघले कस्ता कार्ययोजना बनाउनु भएको छ ? यस बारेमा बताईदिनु होस् न । भौगोलिक रुपमा विकट रहेको तनहुँमा विद्युतीय व्यवसायीहरुको संख्यात्मक हिसाबले थोरै नै व्यवसायीहरु रहेका छन् । विद्युतीय व्यवसायीहरु थोरै रहेकोले इलेक्ट्रिक र इलेक्ट्रोनिक्स दुवै प्रकारका सामानहरुलाई समावेशी रुपमा लैजानका लागि पहल गर्ने योजनामा छौं । हामीले महासंघ समक्ष प्रस्ताव राखेर खैरेनीटार,डुम्रे,दुलेगौडा कोत्रे लगायतका विभिन्न ठाँउहरुमा इकाई गठन गरी व्यवसाय गर्ने योजनामा छौं । इकाई गठन गरी अघि बढेमा हामीले अवश्य नै सफलता प्राप्त गर्न सक्छौ । यस संघमाफर्त स्वदेशी उत्पादनलाई कसरी प्रोत्साहन गर्दै आईरहनुभएको छ ?आफ्नो उत्पादन भनेको आफ्नै हुन्छ । स्वदेशमा उत्पादन भएको सामान स्वदेशमा नै खपत हुनुपर्ने हाम्रो पनि धारणा हो । स्वदेशमा उत्पादन भएको सामान स्वदेशमा नै खपत भएमा उद्योगहरुलाई उत्पादन गर्न प्रोत्साहन मिल्नेछ । स्वदेशमा उत्पादन बढेसँगै रोजगारीको अवसरसँगै बाह्य देशबाट आयात कम हुन्छ र नेपाली मुद्रा नेपालमा बचत हुने गर्दछ । त्यसैले हामी संघमार्फत स्वदेशी उत्पादन नै प्रयोग गर्न आम उपभोक्ताहरु लाई आवहन गर्दै आइरहेका छौं । निजी क्षेत्रले व्यवसाय गर्न सरकारी स्तरबाट कस्तो किसिमको सहयोग भएमा व्यावसायिक हिसाबले सफलता प्राप्त गर्न सकिन्छ ? सरकारी स्तरबाट निजी क्षेत्रका व्यवसायीहरुलाई गर्नुपर्ने काम त धेरै नै रहेको छ । त्यसमध्ये पहिले न्युनविजकीकरणको अन्त्य तत्काल गर्नु आवश्यक छ । हामीले बाह्य देशबाट दुई तीन सय प्रतिशत चर्को भन्सार शुल्क तिरेर इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानहरु आयात गर्नुपर्ने अवस्था छ । त्यसैले सरकारले यी सामानहरु आयात गर्दा भन्सार शुल्क शून्य गर्नुपर्दछ । भन्सार शूल्क शुन्य भएमा हामीले गाँउगाँउमा उपभोक्ताहरु माझ सहज र सर्वशुलभ रुपमा विद्युतीय सामान पु¥याउन सकिन्छ । सरकारले विद्युत नपुगेको ठाँउमा विद्युत पु¥याउनु पर्दछ । तबमात्र जनताले जलस्रोतको दोस्रो धनी देश भनी आभास हुन्छ । विद्युतको काम गर्ने प्राविधिक (इलेक्ट्रिसियन) र संघ बीच कस्तो सम्बन्ध रहेको छ त ? व्यावसायिक हिसाबले भन्ने हो भने इलेक्ट्रिसियन र संघ बीचको दुरी बढी नै छ । तर इलेक्ट्रिसियनहरुलाई गुणस्तरयुक्त सामानहरु मात्र प्रयोग गरी उपभोक्ताहरुलाई सुरक्षाको आभास हुने काम गर्नुपर्ने र व्यावसायिक प्रतिष्ठामा बाधा पुग्ने गरी काम नगर्न सुझावहरु दिदै आएका छौं । विद्युत सम्बन्धि काम गर्ने तनहुँका इलेक्ट्रिसियनहरुले सुरक्षा नीति कतिको अपनाउने गरेको छ ? यस क्षेत्रका इलेक्ट्रिसियनहरुले सुरक्षा नीति अपनाएर काम गर्ने गरेको पाइदैन । यो क्षेत्रको कम अनुभव सँगै इलेक्ट्रिसियन– इलेक्ट्रिसियन बीचको प्रतिस्पर्धाको कारण सुरक्षा साधनहरु प्रयोग गर्ने गरेको छैन । इलेक्ट्रिसियनहरु बीचको प्रतिस्पर्धाले उनीहरु स्वयम् दुर्घटनाको शिकार भइरहेको छ । तर बाहिरबाट आउने प्राविधिक हरुले भने सुरक्षाका हरेक साधन प्रयोग गरेर काम गर्ने गरेको छ । महासंघले गर्दै आइरहेको क्रियाकलाप प्रति तनहँ विद्युतीय व्यवसायी संघको धारणा कस्तो रहेको छ ? महासंघको कार्यप्रति सन्तुष्ट नै हुनुहुन्छ ? महासंघ एउटा हामी जस्ता व्यवसायी संघहरुको छाता संगठन हो । महासंघले गर्नुपर्ने काम हरु त धेरै नै छन् । ती मध्ये महासंघमा आवद्ध संस्थाहरु मध्ये माथि उठ्न नसकेका कमजोर संस्थाहरु प्रति महासंघ ध्यान पुग्न सकेको छैन । हाम्रो जस्तो संस्थालाई प्रगतिको पथमा लैजान पूर्णरुपमा अभिभावकको भूमिका निभाउन सक्नुपर्छ । त्यसैले हामी महासंघको कार्यप्रति पूर्णरुपमा सन्तुष्ट छैनौं । अन्त्यमा तपाई विद्युत संसार साप्ताहिक मार्फत के भन्न चाहनुहुन्छ ? तनहँ विद्युतीय व्यवसाय संघको अवस्था कार्यप्रगति भावी योजना र समस्याहरु बाहिर ल्याउने अवसर दिनु भएकोमा विद्युत संसारलाई विशेष धन्यवाद दिन चाहन्छु । सरकार र महासंघ बीच रहि आएको दुरीलाई तत्काल नै निकट गरी व्यवसायीहरुलाई एकीकृत गरेर नेपाल साँच्चै नै जलस्रोतको धनी देश हो भन्ने सन्देश मुलक काम महासंघले गरेर देखाउनु पर्दछ भन्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago