हाम्रो संघ सदैव व्यावसायिक हकहितको पक्षमा छ

  • प्रकाशित मिति : Fri-08-Feb-2019
  • - पुरुषोत्तम नेपालअध्यक्ष,काठमाडौं विद्युतीय व्यवसायी संघ
title

तपाई काठमाण्डौ विद्युतीय व्यवसायी संघको अध्यक्ष पदमा रहिरहँदा व्यवसायी सदस्यहरुको हितका लागि कस्ता कार्य गर्दै आउनु भएको छ ? काठमाण्डौ विद्युतीय व्यवसायी संघ व्यवसायीहरुको हकहितका लागि नै स्थापना भएको संघ हो । म यस संघको अध्यक्ष पदमा रहेर कार्य गरीरहदा मैले आफ्नो तर्फबाट गर्न सक्कने सम्पूर्ण कार्यहरु गर्दै आएको छु । व्यवसायी सदस्यहरुमा पर्दै आएका समस्या, आवश्यकताका विषयलाई सम्बोधन गर्दै मैले विभिन्न योजनाहरु ल्याएका थिए । ति योजना मध्ये कतिपय योजनाहरु पुरा भइसेका छन् भने कतिपय प्रक्रियामा रहेका छन् । सदस्यहरुको हितका लागि सदस्य सशक्तिकरण कोष सञ्चालन, भैपरी आउने समस्या समाधान कोष सञ्चालन गरिसकेका छौ भने अधिक विजकिकरण, ट्याक्स भ्याट सम्बन्धि रहेका समस्याहरुका विषयमा मैले महासंघमा पहल गर्दै आएको छु । त्यस्तै सरकारले व्यावसायिक रुपमा एलईडी ल्याउने विषयमा हाम्रो संघमार्फत सरकारले व्यवसाय गर्ने होइन व्यवसायीले गर्न पाउनु पर्छ भन्ने सन्र्दभमा सशक्त रुपमा आवाज उठाएका थियौ । मल्टिस्ट्रयाण्ड तारमा गुणस्तर चिन्ह् कायम गर्न पनि हामीले पहल गर्दै आएका थियौ,जुन अहिले पुरा भएको छ । त्यस्तै तारमा मिटरिङ्ग गर्ने विषयमा पनि पहल गर्दै आएका छौ । सदस्यहरुको व्यक्तित्व विकासका लागि नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरेका थियौ भने सामाजिक उत्तरदायित्वका कार्यहरु पनि गर्दै आएका छौ, जस अन्र्तगत जनकपुरमा विपन्न वर्गलाई र सर्लाहीमा वृद्धवृद्धाहरुलाई न्यानो कपडा वितरण गर्नुका साथै कपन स्थित अनाथ बालबालिकाहरुलाई समेत शैक्षिक सामग्री वितरण गरेका थियौ । संघको नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको तयारी कस्तो हँुदै छ ? बताईदिनुहोस् न । हामी नवौं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनको पूर्ण तयारीमा छौ । यो हाम्रो चुनावी साधारण सभा हो । यस अधिवेशन बाट सबल, सक्षम, सशक्त र नेतृत्वदायी टिमको छनोट हुने छ । यस अधिवेशनबाट म निर्वतमान अध्यक्ष रहने छु । आशा छ अब आउने टिमले मैले पूरा गर्न नसकेका योजनाहरुलाई पूर्णता दिनेछ भन्नेमा आश्वस्त छु । संघमा आवद्ध सदस्यहरुको बीमाका विषयमा के कस्तो कार्य भईरहेको छ त ? हामीले बीमाका विषयमा कार्य गर्दै आएका छौ । बीमाका विषयमा हामीले पहिले देखि नै पहल गर्दै आएका हौ तर ऋण लिएर व्यवसाय गर्ने व्यवसायीहरुको ऋण लिने क्रममा नै बीमा हुने र ऋण लिने व्यवसायीहरुलाई अप्ठ्यारो पर्ने हुँदा हामीले बीमालाई केही पछि पारेका हौ । तर कुन प्रक्रियाबाट बीमा गर्न सकिन्छ त्यसका लागि हामीले पहल गरीरहेका छौ । पछिल्लो समय संघ निष्क्रिय भएको छ भन्ने सुनिएको छ, के यो सत्य हो ? हाम्रो संघ स्थापना देखि अहिले सम्म कुनै पनि कुरामा निष्क्रिय छैन । महासंघमा आवद्ध १९जिल्ला संघ मध्ये काठमाण्डौ विद्युतीय व्यवसायी संघ सक्रिय रुपमा कार्य गर्दै आएकोले महासंघमा आवद्ध १९ जिल्ला संघहरु मध्ये प्रथम मेरो कार्यकालमा भएको छ । त्यस्तै हाम्रो संघमा अन्य जिल्ला संघ भन्दा बढी सदस्यहरु रहेका छन् । पहिलाको तुलनामा संघ अझै सक्रिया रुपमा अघि बढेको हो । तपाईले आफ्नो नेतृत्व अब आउने टिमलाई हस्तान्तरण गर्दै हुनुहुन्छ, संघको अध्यक्ष भईरहँदा तपाईले राखेका योजनामा कत्तिको सफल हुनु भयो र टिमलाई के भन्न चाहनुहुन्छ ? संघलाई अघि बढाउनका लागि मैले धेरै योजनाहरु अघि सारेको थिए । समय र परिस्थितिका कारण कतिपय योजनाहरु सफल भए भने कतिपय योजनाहरु प्रक्रियामा छन् । अब आउने नेतृत्वले प्रक्रियामा रहेका योजनाहरुलाई पुरा गर्ने र व्यवसायी सदस्यहरुका मागको उचित सम्बोधन गर्दछ भन्नेमा म आश्वस्त छु । लोडसेडि· अन्त्य भए पश्चात काठमाण्डौको विद्युतीय व्यवसायको अवस्था कस्तो रहेको छ ? लोडसेडिङ्ग अन्त्य हुनुमा हाम्रो व्यवसायीहरुको पनि ठूलो देन रहेको छ । व्यवसायीहरुले ल्याएका एलईडीजन्य विद्युतीय सामग्रीहरुका कारण देशमा लोडसेडिङ्ग अन्त्य भएको हो । लोडसेडिङ्ग अन्त्य पछि व्यवसाय बढ्नु पर्छ भन्ने हाम्रो मान्यता हो तर देशको अहिलेको परिस्थितिका कारण विद्युतीय व्यवसाय बढेको छैन । आगामी दिनमा व्यवसाय बढ्छ भन्नेमा आशावादी छौ । व्यवसायीहरुले के गुणस्तरीय सामग्रीहरुको बिक्रि वितरण गर्दै आएका छन् त ? अहिले व्यवसायको प्रक्रिया बदलिएको छ । नेपालभरका व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्रीहरु मात्र उत्पादन तथा आयात गरी बिक्रि वितरण गर्ने विषयमा जोड दिने गरेका छन् भने उपभोक्ताले गुणस्तरीय सामग्रीहरु खोज्ने गरेका छन् । व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्री मात्र बिक्रि वितरण गर्ने गर्छन् । अन्त्यमा के भन्न चाहनु हुन्छ ? हाम्रो संघ सदैव व्यावसायिक हक हितका पक्षमा छ । व्यवसायीक हित सँगै सामाजिक उत्तरदायित्वका कार्यहरुमा पनि संघ सक्रिय भएर आगामी दिनमा अघि बढ्दै जानेछ र सशक्त रुपमा कार्य गर्दै जाने छ भन्नेमा म विश्वस्त छु । अबको अधिवेशनबाट म निवर्तमान अध्यक्ष भए सँगै म माथि संघ प्रति थप जिम्मेवारीहरु थपिएको छ । यो संघ रहिरहँदा सम्म म आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण सहयोगगर्दै संघ अघि बढाउन योगदान पु¥याउने छु ।

प्रतिक्रिया