भर्खरै

सामाजिक हितका लागि रक्तदान कार्यक्रम

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

रुपा तुलाधर
काठमाण्डौ, मंसिर । रुपन्देही विद्युतीय व्यवसायी संघद्धारा आयोजित तथा ब्लड बैंकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  संघले तीन÷ तीन महिनामा गर्ने नियमित कार्य अन्र्तगत शनिबार संघको कार्यालयमा नै रक्तदान कार्यक्रमको आयोजना  गरेको हो ।
रुपन्देहीका अस्पतालहरुमा समय समयमा ब्लडको अभाव हुने गरेकाले ब्लडको अभावमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यका साथ सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले बताए । संघले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ  ।   
 कार्यक्रमका प्रमुख अतिथि विद्युतीय व्यवसायी महासंघका तृतिय उपाध्यक्ष अनन्त थैव रहेका थिए  भने कार्यक्रमका संयोजक भाष्कर शाही रहेका थिए । कार्यक्रममा विद्युतीय व्यवसायीहरु तथा सामाजिक कार्यमा सक्रिय समाजसेवीहरु सहित ३५  जना रक्तदान गरेका थिए । 

प्रतिक्रिया