भर्खरै

चार्जिङ स्टेशन प्रर्दशनीको रुपमा नै सीमित

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

 

मंसिर काठमाडौं ।  सरकारले २०२० सम्म २० प्रतिशत विद्युतीय बस चल्ने गरी विद्युतीय सवारीको प्रवद्र्धनमा लागि परेको छ । विद्युतीय सवारी साधन प्रति उपभोक्ताहरु पनि चासो बढ्दै गएको छ । तर सरकारले विद्युतीय सवारी प्रति हुनु पर्ने कुर्नै पनि कार्यको थालनी कतै बाट भएको पाईदैन् ।
 
 केही महिना अगाडिमा प्राधिकरणले आफ्नै कार्यालय अगाडि स्थापना गरेको विद्युतीय सवारी साधनको चार्जिङ्ग स्टेशन आजभोली प्रर्दशनीको रुपमा सीमित भएको देखिन्छ । 
 
प्राधिकरणको कार्यालय भित्रै भएको चार्जिङ्ग स्टेशन वरिपरि फोहोर राख्ने डस्विन बनेको छ । आफ्नै कार्यक्षेत्रमा रहेको चार्जिङ्ग स्टेशन वरिपरि पनि सरसफाईमा प्राधिकरणको ध्यान पुग्न सकेको छैन् । 
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रत्नपार्कका सह–निर्देशक बलराम सिलवालका अनुसार कुनै समयमा सवारी साधनले चार्ज गर्ने गरेको भएता पनि हाल चार्ज गर्ने सवारी साधनहरुमा कमी हुँदा प्रर्दशनीकै रुपमा सीमित भएको छ ।
सरकारले नै ठाउँ–ठाउँमा चार्जिङ स्टेशन बनाइदिने घोषणा छ तर यसले निरन्तरता पाउन सकेको छैन् । यो सँगै सरकारले २०२० सम्म २० प्रतिशत विद्युतीय बस बनाउने योजना सफल होला त ? भन्ने आशंका बढ्ेको छ ।

देखावटी र आलटालमा सरकार

केही सरकारी कार्यालयहरुले विद्युतीय सवारी साधन प्रयोगमा ल्याएसँगै, राष्ट्रपति भवनमा पनि विद्युतीय कार किनियो । सरकारी नीकायले विद्युतीय कार खरिद गरेपछि सकारात्मक सन्देश फैलिएको थियो तर सरकारले राष्ट्रपतिको लागि भनेरै सवारी साधनको लागि १८ करोड छुट्टाएपछि सामाजिक सञ्जाल देखि चिया पसल सम्म जनतामा आक्रोश छाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago