भर्खरै

पाँच वर्ष भित्र मध्य मेवाखोला जलविद्युत आयोजना निर्माण हुने

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

 

 
ताप्लेजुङ, मंसिर । मेवा डेभलपर्स  प्राइभेट लिमिटेडले  आगामी पाँच वर्ष भित्र मध्य मेवाखोला जलविद्युत आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको छ । प्रा.लिले ४९ मेगावाट क्षमताको मध्य मेवाखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । 
 
कम्पनीले आयोजना निर्माणका लागि  दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन गर्दै आएको छ । कम्पनीका इञ्जिनियर भानु पोख्रेलका अनुसार हाल आयोजनाका लागि सडक विस्तार भइरहेको छ भने जग्गा खरिद र पीपीएको कार्य सकिएकोे बताए । 
 
अबको एक वर्षभित्रै आयोजनाको निर्माण कार्य शुरु गरिने इञ्जिनियर पोख्रेलले जानकारी दिए । फुङ्फुङगे झरना छेउमा इनटेक र लिवाङको नावामा पावर हाउस राख्ने कम्पनीको लक्ष्य रहेको आयोजनाका अध्यक्ष तथा सांसद वसन्तकुमार नेम्वाङले जानकारी दिए । तीन महिनाभित्र परियोजनाको आइइ प्रतिवेदन आउने इञ्जिनियर पोख्रेलले बताए ।
 
 फुङ्फुङगे झरना छेउमा ८७ मिटर लम्बाइ र २० मिटर चौडाइको बाँध बाँध्ने, छ किलोमिटर सुरुङ निर्माण गरिने कम्पनीको भनाइ छ । आयोजनाका विभिन्न संरचनामा पुग्न हेडबक्सबाट पावर हाउससम्म करीब आठ किलोमिटर सडक र ढुङ्गेसाँघु सवस्टेशन सम्मको १३२ केभीको करीब १३ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गरिने बताइएको छ । आयोजना निर्माण गर्न करिव नौ अर्बको लागत अनुमान गरिएको  कम्पनीले जनाएको छ । 

प्रतिक्रिया