भर्खरै

नयाँ युगको शुरुवात भएको छ ः प्रम ओली

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

 

काठमाडौँ,  मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुवात भएको बताएका छन् । 
 पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताएका हुन् ।
 
 सन्देशमा प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताउँदै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनीक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ, प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएको छ । सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन,नियमावली र कार्यविधि तयार भई सकेको बताउँदै पहिलो चरणमा औषधी उपचार,स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना,दुर्घटना तथा अशक्तता सुरक्षा योजना,आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी रहेको बताएका छन् । 
 
सरकारले पहिलो पटक सामाजिक सुरक्षा दिवस मनाएको समेत प्रधानमन्त्री ओलीको भनाई रहेको थियो । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात भएको बताएका छन् । सरकारले सबै क्षेत्रको श्रमिकहरुका लागि लागु हुने गरि सामाजिक सुरक्षा योजना लागु गरेको छ ।  
उनले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवालालाई सहयोगका लागि अपिल गर्दै उपत्यका भित्रका श्रमिकले फागुन ५ गते भित्र सुचिकृत हुनुपर्ने उनले बताए  ।  

प्रतिक्रिया