भर्खरै

विद्युतीय सामग्रीमा वर्षेनी परनिर्भरता बढ्दो, आव ०७५\७६ मंसिर मसान्तसम्म रु ३५ अर्बको विद्युतीय सामग्री आयात

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title

 

रुपा तुलाधर
 
काठमाण्डौ, माघ । नेपाली बजारमा बिक्रि वितरण हँुदै आएको  विद्युतीय सामग्रीको आयात वर्षेनी बढ्दो क्रममा रहेको छ  । विद्युतीय सामग्री प्रयोग गर्ने उपभोक्ताको संख्यामा वृद्धि भए सँगै नेपालमा विद्युतीय सामग्री उत्पादन हुन नसक्दा आयात बढ्दै गएको हो । 
हाउस वायरिङ्ग केबुल र ट्रान्सफर्मरमा नेपाल आत्मनिर्भर रहेता पनि अन्य विद्युतीय सामानहरु आयातमा नै निर्भर हुनुपर्ने अवस्था छ । विद्युतीय सामग्रीको उपभोगमा वृद्धि भए सँगै नेपाली उत्पादनमा प्रतिस्पर्धी हुन नसक्दा हरेक वर्ष आयात बढ्दै गएको भन्सार विभागका तथ्याड्ढ अधिकृत रामप्रसाद वाग्लेले बताए  । 
 
भन्सार विभागको तथ्याड्ढ अनुसार आर्थिक वर्ष २०७२÷७३ देखि आव २०७५÷७६ मंसिर मसान्तसम्म विद्युतीय सामग्रीहरुको आयात उच्च रुपमा बढ्दै गएको छ भने नेपालबाट विद्युतीय सामग्रीको निर्यात घट्दो क्रममा रहेको छ । आव २०७२÷७३ मा ५७ अर्ब ९६ करोड ७ लाख ६७ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको थियो भने १५ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री निर्यात भएको छ । आयातको तुलनामा निर्यात निकै नै कम देखिन्छ । आव २०७३÷७४ मा ७० अर्ब ६ करोड १६ लाख १७ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको छ भने १२ करोड ४१ लाख ६८ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री निर्यात भएको थियो ।  
त्यस्तै गत आव २०७४÷७५ मा ७८ अर्ब ३० करोड ३६ लाख रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको छ भने ८० करोड ८५ लाख १८ हजार रुपैयाँको निर्यात भएको छ । चालु   आर्थिक वर्ष २०७५÷७६ मंसिर मसान्त सम्म ३५ अर्ब ३४ करोड ६१ लाख ९२ हजार रुपैयाँ बराबरको विद्युतीय सामग्री आयात भएको छ भने १२ करोड ३८ लाख दुई हजार रुपैयाँ मूल्य बराबरको विद्युतीय सामग्री निर्यात भएको भन्सार विभागले जनाएकोे छ । नेपालमा हाल सम्म घरायसी वायरिङ्गमा प्रयोग हुने केबुल तार,पीभीसी बोर्ड,स्वीच लगायत अन्य विद्युतीय सामानहरुको उत्पादन गर्ने करिब २ दर्जन उद्योगहरु रहेका छन् । तर स्वदेशी उद्योगहरुले उत्पादन गर्ने कच्चा पदार्थ महँगो हुनुका साथै  सार्वजनिक खरिद ऐन प्रकृया समेत झन्झटिलो रहेकाले उत्पादनमा प्रति उद्योगीहरुलाई प्रोत्साहन कम भएर विदेशी सामानको आयात बढेको उद्योगीहरुको गुनासो रहेको छ ।    
 

प्रतिक्रिया