भर्खरै

ल मन्त्रीले मुखमा रुमाल कोचेर हिँड्नुपर्छ भनेर कहाँ भनेको छ – सञ्चारमन्त्री

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - Admin
title
  सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिन मन्त्रीहरू स्वतन्त्र रहेको बताएका छन्।
 
मन्त्रिपरिषद्का निर्णय बिहिबारको नियमित पत्रकार सम्मेलन अघि नै सार्वजनिक भएको विषयमा पत्रकारले बाँस्कोटालाई प्रश्न सोधेका थिए।
 
जवाफमा बाँस्कोटाले भने,‘मन्त्रीले मुखमा रुमाल कोचेर हिँड्नुपर्छ भनेर कहाँ भनेको छ ? आआफ्नो मन्त्रालयबारे भन्ने छुट रहन्छ।’
 
उनले पत्रकारहरूलाई नै खोजी पत्रकारिताको पाठ पढाउन समेत भ्याए।
 
‘पत्रकारिता सत्य गर्नुपर्छ। खोजी पत्रकारिताको सीमा मन्त्रिपरिषद् मात्र हो र? युनिभर्सिटीमा त्यस्तो पढाए कि क्या हो’, बाँस्कोटाले भने।
 
मन्त्री बाँस्कोटाले टिप्पणी गर्दा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यपक समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल भने मुस्कुराए।
 
‘खोजी पत्रकारिता भनेको मन्त्रिपरिषद्को कार्यालय अघि क्यामेरा तेर्साउने, रेकर्डर तेर्स्याउने त्यो मात्रै हो र?’, बाँस्कोटाले प्रश्न गरे, ‘विविध क्षेत्र छन्। विभिन्न आर्थिक क्षेत्र छन्। विनाशका काम भैरहेका होलान्। बेथिती होलान्। सिंहदरबारमा मन्त्रिपरिषद् कार्यालयमा क्यामेरा तेर्स्याएर बस्ने विषय हो जस्तो लाग्दैन।’ साभारः सेतोपाटी डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago