भर्खरै

हेजिङ फण्ड नियमावली २०७५ पास

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - Admin
title

काठमाडौँ, माघ । सरकारले नेपालको जलविद्युत् आयोजना तथा ऊर्जा क्षेत्रमा सहज रुपमा वैदेशिक लगानी ल्याउने लक्ष्यका साथ सरकारले ‘हेजिङ फण्डसम्बन्धी नियमावली, २०७५’ पास गरेको छ । 
आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्यण पास गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए । सरकारले केही ठूला आयोजनाहरुमा वैदेशिक लगानी भित्र्याउन सहज होस् भनेर नियमावली ल्याइएको छ । वैदेशिक लगानीकर्तालाई सहजरुपमा नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा लगानीका लागि त्यस्तो कोष जरुरी रहेको भन्दै सरोकारवाला निकायहरुले माग र चासो राख्दै आएका थिए । 
सोही योजना कार्यान्वयनका लागि त्यस्तो नियमावली महत्वपूर्ण हुने विश्वास लिइएको छ । कोषमा सरकार, लगानीकर्ता सबैको दायित्व राखिनेछ । उनले भने ‘पूर्वाधार आयोजनामा विदेशी मुद्रामा लगानी गर्दा हुने जोखिम तथा अन्योलता नियमावलीले हटाउनेछ ।  ‘अब जलविद्युत, प्रसारण लाइन, रेल तथा द्रुतमार्ग लगायत क्षेत्रमा विदेशी लगानी ल्याउन सजिलो बताए ।’

प्रतिक्रिया