भर्खरै

स्थानीयस्तरमै विद्युत् उत्पादन गरिँदै

  • प्रकाशित मिति : Mon-11-Feb-2019
  • - Admin
title
रुकुम (पूर्व), २७ माघ  । रुकुम (पूर्व)को भुमे गाउँपालिकाले स्थानीयस्तरमै विद्युत् उत्पादन गर्ने भएको छ । गाउँपालिकाले एक मेगावाट विद्युत् उत्पादन गर्न लागेको हो । 
विद्युत् उत्पादनका लागि लुकुम र थवाङ खोलामा पूर्व सम्भाव्यता अध्ययनको काम थालिएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए । “अध्यनपछि एउटा खोलाबाट विद्युत् निकालिने छ”, उनले भने । सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)का लागि चालू आर्थिक वर्षमा रु ३० लाख विनियोजन गरेको मगरले बताए । सम्भाव्यता अध्ययनका लागि लुकुम खोला र थवाङ खोलामा रु पाँच÷पाँच लाख तथा डिपिआरका लागि रु २० लाख विनियोजन गरिएको छ । लुकुम खोलामा हाल चार लघुजलविद्युत् आयोजना सञ्चालनमा छन् । 
 
हाल गाउँपालिकामा सञ्चालित आठ लघु जलविद्युत् आयोजनाबाट ३९२ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । उत्पादित सो विद्युत् गाउँपालिकालाई पर्याप्त छैन । गाउँपालिकाका झण्डै ७५ प्रतिशत नागरिक अझै अँध्यारोमै बस्न बाध्य छन् । 
रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago