भर्खरै

वर्षौंदेखि अन्धकारमय बनेको सायल गाउँपालिकामा बिजुली

  • प्रकाशित मिति : Mon-11-Feb-2019
  • - Admin
title

डोटी, २७ माघ  । वर्षौंदेखि बिजुली नहुँदा अन्धकारमय बनेको सायल गाउँपालिका–४ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । 
 
सायल गाउँपालिका–४ का वडाध्यक्ष टीका सिंहका अनुसार राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएसँगै उक्त वडामा ८० वटा विद्युत् मिटर वितरण गरिएको छ । सो वडामा १०० भन्दा बढी परिवारले बिजुली बाल्न थालेका छन् । गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलले यसै वर्षभित्र सबै वडामा विद्युत् लाइन विस्तार गरिने बताउनुभयो । यसअघि यहाँका बासिन्दा सोलार तथा टुकी प्रयोग गर्दै आएका थिए ।   रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 21 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 21 hours ago