भर्खरै

सिंहदरबार भित्र नै प्रयोग हुन्छन् जिएसएल चिम, श्रम मन्त्रालय र राजपा कार्यलयमा जिएसएल प्रयोग,उद्योग मन्त्रालय कभरविहिन डिबीबक्स

  • प्रकाशित मिति : Wed-13-Feb-2019
  • - Admin
title

 

 
भीमलमल श्रेष्ठ,
काठमाण्डौं, माघ । विद्युत खपत कम गर्ने विद्युतीय सामग्रीको प्रयोग गरी , विद्युत बचत गरौँ भन्ने नेपाल विद्युत प्राधिकरणको नारालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अटेर गरेको छ । विद्युत खपत कम गर्ने विद्युतीय सामग्री प्रयोग गर्नु विद्युत उत्पादन गर्नु सरह नै हो भनिए पनि अत्यधिक  विद्युत खपत गर्ने जिएसएल चिम सिंहदरबार स्थित श्रम 
रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय जनता पार्टी नेपाल, संघीय संसदीय दलको कार्यालय भित्र प्रयोग हुँदै आएको छ । विद्युत कम खपत गर्ने लिडजन्य एलईडी बल्बको प्रयोगको अवधारणा आईसकेको भएपनि देशको प्रमुख निकाय सिंहदरबार भित्र नै जिएसएल चिम प्रयोग हुनु लज्जास्पद विषय हो । 
 ऊर्जामन्त्री देखि विद्युतका हरेक कर्मचारीले  विद्युत खपत कम गर्ने विद्युतीय सामग्रीको प्रयोग गरी देशको ऊर्जा बचत गर्न आग्रह गरे पनि सिंहदरबार भित्र नै जिएसएल चिम हटाउन सरोकारवालाहरुको ध्यान पुग्न सकेको छैन । गत वर्ष देखि श्रम मन्त्रालय नयाँ भवनमा सरेको भए पनि पुरानै प्रविधिको जिएसएल चिम,डोमलाईट र वाल लाईट प्रयोगमा ल्याएका छन् । पुन निर्माण समिति बाट निर्मित   श्रम मन्त्रालयको नयाँ भवन हालै मर्ज भई संघीय सचिवालय तथा व्यवस्थापन कार्यालय अन्र्तगतको कार्यालयले  निर्माण सम्पन्न गरिएको हो ।
  श्रम मन्त्रालयका उपसचिव एवं सुचना अधिकारी केशवराज सुवेदीले आफु मन्त्रालयमा भर्खरै आएकोले भवन  निर्माण सम्बन्धित कार्यमा अनविज्ञता रहेको विद्युत संसारसँगको कुराकानीमा  बताए । सुवेदीले सम्झौता अनुरुप काम भए नभएको, भवन निर्माण कार्यमा के कस्तो कामहरु सम्झौता अनुरुप भए नभएको फाईल हेरी जानकारी दिने बताए ।  त्यस्तै सिंहदरबार भित्र अनावश्यक स्थानमा दिउँसै बत्ति बल्ने, हिटर खुल्ला छोड्ने काम भने सामान्य नै भैसक्यो भने विद्युतीय सुरक्षा प्रति ंिसहदरबारका सबै मन्त्रालयहरु नै बेखबर बनिरहेको छ । सिंहदरबार भित्र बन्दै गरेको नयाँ भवनसमेत अछुतो रहन सकेन ।   सिंहदरबारकै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भवनमा २४ सैं घण्टा बत्ति बलिरहन्थ्यो । केही हप्ता पहिले विद्युत संसारका प्रतिनिधिले नियमित फलोअप पछि भने बत्ती खोल्न,निभाउन मेन डीपी एमसीबीले बन्द गर्ने गरेका छन् । आवश्यक परेमा सम्पूर्ण फ्ल्याटका बत्तिहरु एकै साथ बल्ने निभाउने गरेका छन । उक्त ल्याटमको भ¥याङ वरिपरीका बत्तीका स्वीचहरु समेत राखेको पाइदैन । विद्युतीय डिबी बक्सहरुमा ढक्कनहरु प्रयोग गरिएको छैन भने तारहरु अव्यवस्थित यत्रतत्र छरिएका छन । यस मन्त्रालयको मुख्य गेटमा सीसी क्यामराको लागि विद्युत सप्लाई दिदा झन अव्यवस्थित तरिकाले  वायरिङ्गका तारहरु राखिनुले मन्त्रालयहरुको साथै सिंहदरबारलाई नै कुरुप बनाईएको छ भने नेपालका इलेक्ट्रिकल इन्जिनियरहरुको पेशामा पनि आँच र प्रतिष्ठामा ठूलो चोट पुयाएको छ । त्यसकारण सम्बन्धित सरोकारवाला निकायले निर्माण क्षेत्रमा सबैको नक्साड्ढन, योजना साथै लागत मूल्याड्ढन गरिनु अपरिहार्य देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago