भर्खरै

देश विकासमा बुद्धि लगाउनु पर्छ ः प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : Wed-13-Feb-2019
  • - Admin
title

रुपा तुलाधर । काठमाण्डौ, फगुन । प्राधनमन्त्री  केपी शर्मा ओलीले देश विकासमा बुद्धि लगाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्दै प्राधनमन्त्री ओलीले अनावश्यक विषयमा समय खर्च गर्नु भन्दा देश विकासका विषयमा बुद्धि लगाउन आग्रह गरेका हुन् । 
प्रधानमन्त्री रोजगार कार्यक्रम आज बाट प्रारम्भ भएको घोषणा गर्दै, यो नेपालका लागि नयाँ प्रयास रहेको प्रधानमन्त्री ओलीले बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले भने “देश विकासका लागि हामी सँग पर्याप्त आधार छन् । देशलाई छोटो समयमा नै समृद्ध बनाउन सक्छौ । त्यसका लागि विवेकलाई नविकरण गर्नु आवश्यक छ ।” रोजगारी भनेको उत्पादनलाई वृद्धि गर्नु, आयातलाई प्रतिस्थापन गर्नु, आर्थिक उपार्जन गर्नु रहेको प्रधानमन्त्री ओलीले बताए । उनले भने “हाम्रो यात्रा सुशासन र समृद्धि तर्फ अघि बढ्दै गएको छ । अबको बाटो भनेको विकासको बाटो हो । त्यसै अनुरुप हामी रोजगार कार्यक्रमको सुरुवात गरेका हौ ।” रोजगार कार्यक्रमलाई सफल बनाउन अझै मिहेनत आवशयक रहेको उनले बताए । 
कार्यक्रममा प्रदेश नं ३ का मूख्य मन्त्री डोरमणी पौडेलले प्रधानमन्त्री रोजगारी कार्यक्रम समृद्धिको ऐतिहासिक पाईला रहेको बताए । मुलुक समृद्धि तर्फ उन्मुख भइसकेको बताउदै  उनले आगामी ५ वर्ष भित्र कुनै पनि युवा बाध्यताकारी रुपमा श्रमका लागि विदेश जानु नपर्ने बताए । ७ सय ५३ ओटै स्थानीय तहमा रोजगारी केन्द्र स्थापना गर्ने पनि उनले बताए ।  त्यस्तै अर्थमन्त्री युवराज खतिवडाले कुनै पनि श्रम औपचारीक हुनु पर्ने अनौपचारीक श्रममा श्रमीकको सोषण हुने  बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारको प्रत्याभूति दिने पनि उनले बताए । त्यस्तै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाली समाजमा श्रमलाई सम्मान गर्ने संकृतिको अभावमा युवा जनशक्ति खाडि मुलुकमा रगत पसिना बगाउन बाध्य भएको र उनीहरुको सम्मान हुने नगरेको बताए । श्रमको सम्मान नहुनु विकासको बाधक रहेको पनि उनले बताए । उत्पादनको साधन र श्रम शक्तिको उचित र प्रभावकारी परिचालन गर्नु आवश्यक रहेको पनि मन्त्री विष्टले बताए ।  प्रधानमन्त्री रोजगार कार्यक्रमले देश भित्रनै रोजगारको वातावरण निर्माण गर्ने पनि उनले बताए । यो कार्यक्रम निष्पक्ष रहने र आगामी चैत्र १ गतेबाट सबै स्थानीयतहहरुमा बेरोजगार व्यक्ति र रोजगारीका अबसरहरुको दर्ता सुरु गर्ने गरी तयारी गरीरहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा काठमाण्डौ महानगरपालीकाका मेयर विद्यय सुन्दर शाक्यले श्रमको उचित सम्मान नहुदा नेपालमा रोजगर पाइएन भनि विदेशीने युवाहरुको संख्या बढ्दै गएको र नेपालमा श्रमीकको अभाव भइरहेको बताए । कुनै पनि श्रमलाई सानो ठान्ने प्रवृत्तिमा परिवर्तन ल्याउनु आवश्यक रहेको उनले बताए । त्यस्तै उनले काठमण्डौ उपत्यकामा बेरोजगार भेट्उन गाह्रो पर्ने पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 1 hour ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 6 hours ago