भर्खरै

एक वर्षमा विकासको आधार खडा गरेका छौ ः प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : Fri-15-Feb-2019
  • - Admin
title

काठमाण्डौ, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको वर्ष विकासको आधार खडा गरेको बताएका छन् । सरकार गठनको एक वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै ओलीले एक वर्षको अवधिमा गरेका कामले आर्थिक विकासको आधार तयार भएको बताएका हुन् ।  

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा यो वर्ष आधार खडा गरेका  र आउँदा वर्षहरू उपलब्धिका वर्ष हुने बताए । उनले भने “पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आमनिर्वाचनमा जाँदा घोषणापत्रमार्फत हामीले व्यक्त गरेको प्रतिबद्धता पूरा गर्यौँ है भन्नेछौँ । त्यतिवेला तपाइ–हामीले देख्ने सपना अर्कै हुनेछ ।” 
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने “अहिले संघियता कार्यान्वयनमा आएको छ । त्यहि जगमा सहभागितामुलक शासकिय प्रणालीको आधार तयार भएको छ । स्थानीय तह सम्मै शक्ति हस्तान्तरण गरीएको छ । संघियता र शक्ति हस्तान्तरणको अभ्यास सजिलो होइन भन्ने त हामी सबैले बुझ्नु पर्छ  । एकात्मब प्रणालीको संसदको अनुभव भएका हाम्रा जनप्रतिनिधिहरु संघियता अनुरुपको अभ्यमस कस्तो हुने भन्नेमा दुविधामा हुनु अनौठो होइन । प्रदेश तहको संरचना हाम्रा लागि विल्कुल नयाँ अनुभव हो, यसका लागि थिति बसाल्न कडा परिश्रम गर्नु परिरहेको छ, गर्नु पर्छ । ”
देशलाई समृद्धितर्फ लैजान आफू भ्रष्टाचारविरुद्ध कठोर बनेकोदेखि निष्ठापूर्वक काम गरेको प्रधानमन्त्रील बताए । 
उनले भने “जग खन्दा तला र छानाको परिकल्पना त गरिन्छ । तर, कसैले जगलाई नै हेरेर खै त चोटा–कोठा, खै छाना भन्यो भने कसको के लाग्छ ? मैदान सम्याउन र जग बसाल्न अवरोध गर्नेले नै खै घर बनाएको भनेर गरिएका प्रश्नलाई अहिले हामी सामना गरिरहेका छौँ ।”
प्रधानमन्त्रीले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ६ सय ८५ र स्थानीय तहमा ६६ हजार ७ सय ६६ सहित १ लाख ३७ हजार ३ सय ७१ कर्मचारी दरबन्दी कायम गरेर कर्मचारी समायोजनको अधिकांश काम पूरा गरेको बताए । श्रम कानुनमा परिमार्जनसहित लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक विभिन्न १३ ऐन–नियम, निर्र्देिशका निर्माण, परिमार्जनको प्रक्रिया अघि बढाइएको दाबी छ । अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिएको, प्रधानमन्त्रीको अध्यक्षतामा उद्योग–वाणिज्य  प्रवर्द्धन संवाद परिषद् गठनलाई उपलब्धिका रूपमा वक्तव्यमा उनले उल्लेख गरे । त्यस्तै ऊर्जाको क्षेत्रमा ऊर्जा बैंकिङलगायत दूरगामी प्रभाव पार्ने निर्णय र सम्झौता भएको, करिब ३ लाख विद्युत् उपभोग गर्ने ग्राहक थपिएको र प्रतिव्यक्ति विद्युत् खपत १७७ किलोवाट घन्टाबाट बढेर २०० किलोवाट घन्टा पुगेको बताए । माथिल्लो तामाकोसी जलविद्युत् परियोजनाको काम अन्तिम चरणतर्फ पुगेको, अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको तथा भेरी–बबई डाइभर्सन आयोजनाको यस एक वर्षमा ८ किलोमिटर सुरुङ निर्माण भएको बताए ।
यस वर्ष मात्रै ४९७ किलोमिटर नयाँ सडक निर्माण भएको, ५८९ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति सम्पन्न भएकोमा २२१ किमि कालोपत्रे गरिएको दाबी छ । तुइन विस्थापन अभियान अन्तिम चरणमा पुगेको बताए । 
 दर्ता भएका ४ सय ९९ नयाँ नेपाली उद्योगले १ खर्ब ९८ अर्ब तथा ४ सय १६ विदेशी उद्योगले ५१ अर्ब ८३ करोडसहित कुल २ खर्ब ४९ अर्ब ८३ करोड लगानीको प्रस्ताव गरेको प्रधानमन्त्रीको दाबी छ । 
प्रधानमन्त्रीले बिहीबार उद्घाटन गरेको ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रममार्फत जनतालाई विद्युतको सेयरधनी बनाउने योजना तथा गत महिना चोभारमा सुक्खा बन्दरगाह शिलान्यासलाई पनि उपलब्धिका  भएको बताएका छन् । प्रधानमन्त्रीले टिकट काटेर पानीजहाज चढ्ने दिन आउने र आफैँले खबर गर्ने दाबी गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago