भर्खरै

शिखर केबुल इण्डष्ट्रिजले सम्पूर्ण किसिमका विद्युतीय तारहरु उत्पादन गदै आएको छ ।

  • प्रकाशित मिति : Wed-06-Mar-2019
  • - चम्पालाल बोथ्रा सञ्चालक,शिखर केबुल इण्डष्ट्रिज,नेपालगञ्ज
title

 
नेपालगञ्ज क्षेत्रमा रहेर विगत ३२ वर्षदेखि उद्योगको स्थापना गरेर निरन्तर रुपमा व्यवसाय गर्दै आईरहनु भएका शिखर केबुल इण्डष्ट्रिजका सञ्चालक श्री चम्पालाल बोथरा स“ग नेपालअधिराज्य भित्र शिखर केबलको बजार अवस्था, उद्योगी व्यवसायीहरुले भोग्दै आएको समस्या, उत्पादन गरेको वस्तुहरुकोे गुणस्तर, सरकारी पक्षबाटभएको सहयोग र इण्डष्ट्रिजको भावी योजनाहरु सँग सम्बन्धित भई विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको विशेष कुराकानीको सार ः  तल भिडियो सहित हेर्नुहोला । 

शिखर केबुल इण्डष्ट्रिजले कस्ता–कस्ता किसिमका वस्तुहरुको उत्पादन गर्दै आएको छ ? बताईदिनुहोस् न । 

हामीले सबै प्रकारका इलेक्ट्रिकल केबलहरु उत्पादन गर्दै आईरहेका छौ । विगत ८ वर्ष देखि यो इण्डष्ट्रिज बाट विभिन्न किसिमका केबलका तारहरु उत्पादन गरिरहेका छौ । ंसिमेन्ट उद्योगहरुलाई आवश्यक पर्ने सबै प्रकारका तारहरु जुनकि भारतबाट नेपालमा आयात हुंदै आइरहेको ती सबै प्रकारका तारहरु हामीले उत्पादन गर्ने गरेका छौ र अहिले ६३० स्क्वायर एम.एम. सम्मका केबुलहरु नयाँ प्लान्ट बाट लगभग १५ दिन पछि उत्पादन गर्ने छौ । यस शिखर केबलले नेपालगञ्जको औद्योगिक क्षेत्र भित्र सम्पूर्ण किसिमका विद्युतीय तारहरु उत्पादन 
गर्दै आइरहेको छ ।

तपाई विगत ३२ वर्ष देखि व्यवसाय गर्दै आउनुभएको छ ,तपाईले यति समयको अन्तरालमा केबल व्यवसायीहरुले कस्ता—कस्ता किसिमका समस्याहरु भोग्दै आईरहेका छन् ? 
 
केबल व्यवसायीहरुको समस्या भनेको उत्पादन भएको तार तुलानात्मक रुपमा बजारमा माग कमी रहेको छ । तत्कालको बजार अवस्था प्रतिस्पर्धात्मक रहेकोले खासै राम्रो नभएता पनि भविष्यमा बजारको माग राम्रो नै हुने देखिन्छ । नेपाल एउटा विकाससिल राष्ट्र हो । विकाससिल राष्ट्र रहेकोले विकासको काम क्रमबद्ध रुपमा अघि बढी रहेको छ । हाल जतिपनि उद्योगहरुले उत्पादन गरिरहेको छन ती उत्पादनले माग धान्न सक्ने अवस्था देखिंदैन । त्यसैले आगामी दिनका लागि नयाँ उद्योगहरु थप गर्नुपर्ने अवस्था मैले देखिरहेको छु । 
 
केबल उत्पादन गरेर व्यवसायी गरिरहनु भएको छ ,के यो व्यवसाय प्रति तपाई  सन्तुष्ट हुनुहुन्छ ?

अहिले यो व्यवसाय बाट खासै सन्तुष्ट भने छैन । किनकी हामीले उत्पादन गरेको केबुलहरु नेपालमा चाहिने सम्पुर्ण विद्युतीय सामानहरु उत्पादन गर्न नसकेकोले सन्तुष्टि मिलेको छैन । तर अहिले सन्तुष्ट नभएपनि आगामी दिनमा पूर्ण सन्तुष्ट हुने छौं । किनकी हामीले एसेसिरिज जस्ता नयाँ–नयाँ प्लाण्टहरु एक वर्षभित्र ल्याउँदै छौ र आउने दिनमा यस व्यवसायको पनि भविष्य राम्रो नै हुनेछ भन्ने आशावादी छु । प्लाईउडमा  हामी जति पनि उत्पादन गर्छौ नेपालको कुनैपनि उद्योगहरुले उत्पादन गर्दैनन त्यसैगरी आगामी दिनमा केबलमा पनि सबै प्रकारका केबलहरु उत्पादन गर्ने छौ र त्यसबाट पूर्ण सन्तुष्टि मिल्नेछ भन्ने विश्वास गर्दछु । 
 
यस ग्रुपले आगामी दिनमा व्यवसाय प्रवर्दनका लागि कस्ता कस्ता योजनाहरु बनाउनु भएको छ ? कम्पनीको भावी योजनाहरु के—के छन् त ? बताईदिनुहोस् । 

हाम्रो कम्पनीको मुख्य योजना भनेको नेपालमा बाह्य मुलुकबाट आयात हुने जतिपनि केबल तारहरु छन् ती केबुल तारहरु लाई प्रतिस्थापन गरेर हाम्रो उत्पादनलाई बिक्रि गरी बजार व्यवस्थापन गर्ने योजनामा छौं । स्वदेशी उद्योगहरुबाट उत्पादन भएको वस्तुहरुलाई सहज रुपमा नेपाली बजारमा व्यवस्थापन गरी विदेशी आयात सामानलाई विस्तारै प्रतिस्थान गर्ने हाम्रो कम्पनीको भावी योजना रहेको छ । 
 
भारत संग सीमाना जोडिएको जिल्ला बाँके (नेपालगञ्ज) छ, यो खुल्ला सीमानाले यहाँका केबल तार उत्पादक तथा व्यवसायीहरुलाई कस्तो किसिमको समस्या रहेका छन् ?
 
यहाँका केबल तारहरुका उत्पादक तथा व्यवसायीहरुलाई खुल्ला सीमानाले खासै प्रभाव पारेको छ जस्तो मलाई लाग्दैन, किनकी नेपालमा उत्पादन हुने केबुल तार गुणस्तरको हिसाबले भारतमा उत्पादन हुने तार भन्दा गुणस्तरयुक्त रहेको छ । नेपालमा उत्पादनको कमीले भारतबाट आयात टेक्निकल तारहरु बढी मात्रामा आयात हुने गरेको छ । तर अहिले हामीले उत्पादन शुरु गरेपछि त्यसको आयातमा कमी आएको छ, भने साधारण किसिमका तारहरुको आयात रोकिएको छ । 
 
केबल उत्पादन सँगै प्राविधिक टेक्निसियनलाई प्रोत्साहन गर्नका लागि तालिम,सेमिनार तथा गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्न कस्तो किसिमको योजनाहरु बनाउनु भएको छ ? बताईदिनुहोस् न । 
 
हामीले प्राविधिक टेक्निसियन तथा इलेक्ट्रिसियनहरुका लागि  विभिन्न ठाँउमा विगत देखि नै तालिम सेमिनार जस्ता कार्यक्रमहरु सञ्चाललन गर्दै आईरहेका छौं । यस्ता किसिमका कार्यक्रमहरु मार्फत हामीले इलेक्ट्रिसियनहरु लाई कस्तो तार कहाँ कसरी प्रयोग गर्ने भन्ने विषयमा प्राविधिक ज्ञान दिने गर्दछौं । समय सापेक्ष विभिन्न किसिमका तालिमहरु दिदैं आईरहेका छौं र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजनामा छौं । 
 
तार उत्पादक कम्पनी नीमाले तपाईहरु जस्तो केबुल उद्योगहरुका लागि कस्तो किसिमको कार्य गरिदिए हुने थियो भन्ने यहाँलाई लाग्छ ?

नीमाले सरकारको नीतिलाई हस्तक्षेप गरी जतिपनि बाहिरबाट आयात हुने तारहरुको कसरी प्रतिस्थापन गर्न सक्छौं भन्ने विषयमा उद्योगीहरुलाई सजग गराउनु आवश्यक छ । नेपाल अहिले हाउस वायरिङ्ग केबुलमा आत्मनिर्भर भइसकेको अवस्था छ । बाह्य आयात प्रतिस्थापन गर्न सके हामी जस्ता केबुल उद्योगीहरुका लागि सहज हुने थियो । अहिलेको बजार अवस्था उत्पादन अनुसारको माग कमी रहेको छ । त्यसैले नीमाले केबुल आयातमा प्रतिबन्ध गर्न सके स्वदेशी उत्पादनले स्वदेशमा नै खपत हुने वातावरणको सिर्जना हुने थियो भने उद्योगीहरुलाई उत्पादन गर्न प्रोत्साहन समेत मिल्ने थियो ।  
 
शिखर केबुलको अहिलेको बजार अवस्था कस्तो रहेको छ  ? बताईदिनुहोस् न । 

हाम्रो केबुलको बजार अवस्था नै राम्रो छ । नेपालगञ्जमा उद्योग रहेतापनि केबुल उत्पादन गरेर नेपाल अधिराज्य भर बिक्रि वितरण गर्ने गरेका छौं । हामीले प्राय नेपालका सबै उद्योगहरु सँग प्रतिस्पर्धा गरेर उत्पादन गर्ने गरेका छौं । अहिले हाम्रो उत्पादनहरु ७७ जिल्ला मध्ये ४० वटा  जिल्लाबाट बिक्रि वितरण भईरहेको छ ।  हामीले उत्पादन गरेको केबुल गुणस्तरयुक्त रहेकोले उपभोक्ताहरुले पनि हाम्रो 
उत्पादनलाई रुचाईरहेको छ । 
 
तपाईहरुले उत्पादन गरेको केबुल गुणस्तरयुक्त छन् भन्ने आधारहरु के–के छन् ? उपभोक्ताहरुलाई कसरी विश्वास दिलाउनु भएको छ त ?

 
नेपालमा अहिले प्रत्येक उद्योगले नेपाल गुणस्तर चिन्ह् (एन.एस.)प्राप्त गरिसकेका छन् । यी उद्योगहरुबाट जतिपनि केबुलहरु उत्पादन भएका छन् ती सबै नेपाल गुणस्तर चिन्ह् प्राप्त केबुलहरु छन् । पछिल्लो समय को तुलनामा कमसल खालका तारहरुको उत्पादन बन्द  भएको छ । उपभोक्ताहरुले सर्वप्रथम यो कुरा बुझ्न जरुरी छ । उपभोक्ताहरुले जुन कम्पनीको केबुल प्रयोग गरेतपनि ढुक्क भएर प्रयोग गर्न सक्नुहुने छ  तर जसको क्षमता राम्रो छ,उत्पादन गर्ने मेशिन राम्रो छ त्यस्तो तारको गुणस्तर अरु भन्दा फरक र उच्चस्तरीय हुन्छ । हामीले केबुल उत्पादन गर्ने  मेशिनहरु नयाँ –नयाँ प्रविधिका छन् । हाम्रो केबुलमा डिफेक्टिभ हुने सम्भावना निकै नै कम देखिन्छ । त्यसैले उपभोक्ताहरु लाई हाम्रो केबुल ढुक्क भएर प्रयोग गर्न आग्रह गर्दछु । 
 
तपाईहरुले  पुँजीगत र बजार व्यवस्थापनको हिसाबले कसरी सहजीकरण गरिरहनु भएको छ ? 

 
हाम्रो सिद्धान्त भनेको जुनसुकै सामान उत्पादन गर्दा त्यसमा लाग्ने गुणस्तरीय कच्चा पर्दाथहरु सट्रि«फाइड कम्पिनी बाट आयात गर्छौ । हामीले स्थानीय बजार या भारतबाट  खरिद गर्दा सानो परिमाणमा खरिद नगरी एकैपटक ठूलो परिमाणमा खरिद गर्ने गर्दछौं तथा बजार व्यवस्थापनको हिसाबले हेर्नुपर्दा दक्ष कर्मचारीहरु खटाई तथा डिजिटल प्रचार प्रसार र इक्जिविसनबाट उपभोक्ता सम्म गुणस्तरीय सामान सजिलो ढंगले पु¥याउने गर्दछौ ।     
 
नेपालमा तार उत्पादन गर्ने उद्योगहरु २३ वटा पुगिसकेको अवस्था छ, तर दाना उत्पादन गरेर उद्योग सञ्चालन गर्ने उद्योगहरु कति वटा रहेका छन् त ?

दाना उत्पादन गर्ने उद्योग नेपालमा २ वटा मात्र रहेको छ । एउटा उद्योग सिमरामा लिटमस केबुलमा छ भने अर्को हाम्रो नेपालगञ्जमा शिखर केबुलमा रहेको छ । अरु ८÷९ वटा उद्योगहरुले पनि उत्पादन गर्ने गर्दछन तर उनीहरुले वाटर सिस्टमले वायल्डिङ्ग मेशिनको सहायताबाट उत्पादन गर्ने गर्दछन । 
 
यस शिखर ग्रुप अफ कम्पनी अन्र्तगत कुन कुन सामानहरुको कारोवार हुने गर्दछ ?

हाम्रो यस शिखर ग्रुप अफ कम्पनी अन्र्तगत चारवटा सामानहरुको कारोवार हुने गर्दछ ।   प्लाईउड उत्पादन , तार उत्पादन, रियल स्टेट अन्र्तगत ट्रेडिंग सामानहरु र कृषिका लागि बिरुवा उत्पादन गर्ने 
सम्बन्धि कारोवार हुने गर्दछ । बिरुवा उत्पादन गर्ने सम्बन्धि कारोवार हेर्दा सानो कारोवार देखिएतपनि अरु तीन वटा कारोवार भन्दा यो कारोवार झनै राम्रो छ । यो कारोवार ठूलो उद्योगपति देखि साना गरिब किसान समेतले गर्न सक्ने भएको हुँदा  यस कारोवारबाट अधिकतम   फाइदा लिन सकिन्छ । यो बिरुवा युकिलिप्टिस र लहरे पीपल गरी दुई प्रजातिका बिरुवा पाईन्छ । यो बिरुवा प्लाईउड उद्योगमा प्रयोग हुने गर्दछ । यस बिरुवाबाट प्लाईउडका लागि आवश्यक पर्ने कच्चा पदार्थ पनि यसबाट नै उत्पादन हुने गर्दछ । यो बिरुवा नेपालको हावापानी सँग मिल्दोजुल्दो छ । 
 
तपाईको यस शिखर ग्रुप अफ कम्पनी अन्र्तगत कति मानिसले रोजगारी पाएका छन् त ?

हाम्रो यस शिखर ग्रुप अफ कम्पनीमा करिब ७ सात सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।
 
 
तपाईहरु जस्तो उद्योगीहरुको लागि सरकारले कस्तो किसिमका नीति बनाईदिए  हुन्थ्यो भन्ने लागेको छ ?

सरकारले नेपालमा जतिपनि कम गुणस्तरयुक्त सामानहरु उत्पादन भईरहेका छन त्यसको उत्पादनमा रोक लगाउनु पर्दछ ।  त्यस्तै बाह्य मुलुकबाट कच्चापर्दाथ आयात गर्दा भन्सार बिन्दुमा हुने अनियमिततालाई रोक्नुका साथै महिनैपिच्छे बढ्ने बंैकको ब्याजदर निश्चित रुपमा तत्काल निर्धारण गर्नुपर्ने आवश्यकता छ ।  
 
अन्त्यमा तपाई आमउपभोक्ताहरु लाई के भन्न चाहनुहुन्छ ?

अन्त्यमा आमउपभोक्ताहरु लाई म यो भन्न चाहन्छु की जति पनि विद्युतीय सामानहरुको प्रयोग गर्नुहुन्छ सबै नेपाल गुणस्तर चिन्ह् प्राप्त भएका सामानहरुको मात्र प्रयोग गरौं कम गुणस्तरयुक्त सामानको प्रयोग नगरौं । किनकी एकपटक गुणस्तरयुक्त सामानको प्रयोग गरयौं भने जिन्दगी भर ढुक्क भएर बस्न सकिन्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया