भर्खरै

इलेक्ट्रिसियन पेशालाई सुरक्षित,सम्मानित र रोजगारमुलक बनाउन सहयोग गर्न तयार छौं ः गोरखा नगरपालिकाका मेयर पन्त

  • प्रकाशित मिति : Wed-10-Apr-2019
  • - भीमलाल श्रेष्ठ
title

गोरखा,चैत । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले इलेक्ट्रिसियनहरु एकजुट भए इलेक्ट्रिसियन पेशालाई सुरक्षित,सम्मानित,आयआर्जन र रोजगारमुलक बनाउन सहयोग गर्न तयार रहने बताएका छन् । गत शनिबार गोरखा इलेक्ट्रिसियन संघ गोरखाको पहिलो अधिवेशन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।                      तल भिडियो सहित हेर्नुहोला ।
उनले भने “वास्तवमा हाम्रो समाजलाई राजनीतिक स्वार्थले गाजेको छ”,म पनि एउटा राजनितीक प्राणी हुँ ।  राजनीतिक प्राणी त्यो अवस्थामा हुनुपर्छ जुन बेलामा चुनावी माहोल हुन्छ । तर हामी ३६५ दिनमा ३६५ दिन नै राजनीतिक गर्ने भयौ आना लागि तर जनताका लागि कहिलै सोचेनौं । 
आजको समयमा इलेकिट्रसियनहरुले भोगेको समस्या एउटा उदाहरणको पात्र मात्र हो । नेपालमा विद्युतीयकरणको विकास भएको आज मात्र नभई धेरै वर्ष पहिले विद्युतीकरणमा प्रवेश गरेको हो ।  विना तालिम अलिअलि जानेको भरमा धेरै काम गर्ने भएकोले दिन प्रतिदिन विद्युतीय दुर्घटनाहरु बढ्दै गएकोे बताउँदै  यस्ता दुर्घटनाहरुको नियमन गर्ने दायित्व सबैको रहने बताए  । संघ संस्थाहरुको स्थापना गरेर माग मात्र राख्ने काम नभई यस्ता संस्थाले नियमन गरी यस भित्र रहेको कमी कमजोरीहरुलाई सुधार्दै नीति तथा कानुनलाई कार्यान्वयन गराउने दिशामा समेत बाध्य बनाउने दायित्व इलेक्ट्रिसियन संघको हुनुपर्ने उनले बताए । माग पनि क्रमश आउनुपर्ने र प्रतिबद्धता पनि पुरा गर्दै जानुपर्ने उनको भनाई छ । 
कार्यक्रममा बोल्दै मेयर पन्तले यस गोरखा नगरपालिका भित्र रहेका इलेक्ट्रिसियनहरुको सुचिकृत गरी आगामी साउन १ गतेबाट हाउस वायरिङ्गको नक्शा पास र इलेक्ट्रिसियन पेशामा आवद्ध रहेका इलेक्ट्रिसियनहरुको लागि लाइसेन्सको व्यवस्था गर्ने कामको शुरुवात गर्ने उनले बताए । 
गोरखा नगरपालिकाको २०७६÷०७७ को नीति तथा कार्यक्रममा यस विषयलाई प्रष्ट ढंगबाट राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्थानीय सरकार,इलेक्ट्रिसियन संघ र प्रमाणपत्रधारी इलेक्ट्रिसियनको दायित्व लगायत सबैको दायित्वलाई व्यवस्थापन गरेर इलेक्ट्रिसियन एउटा नमुना पेशाको रुपमा लैजानका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 त्यस्तै,नेपाल इलेक्ट्रिसियन संघ,काठमाण्डौंका अध्यक्ष भीमलाल श्रेष्ठले स्वास्थ्य र सुरक्षा लाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका थिए । त्यसैगरी व्यास विद्युत तथा पलम्बर सेवा समिति तनहूँका अध्यक्ष राजेन्द्र अधिकारीले जबसम्म सरकार तथा स्थानीय सरकारले निर्माण क्षेत्रमा व्यवस्थित कार्यविधि ऐन लागु गराउन  मापदण्ड तयार गर्दैन तब सम्म यो क्षेत्रमा  समस्याहरु ज्यु का त्यु रहने बताए । प्रथम अधिवेशनका सभापति तथा गोरखा इलेक्ट्रिसियन संघ गोरखाका अध्यक्ष राजकुमार श्रेष्ठले गुणस्तरीय सेवा आजको आवश्यकता, इलेक्ट्रिसियन बीचको एकता हाम्रो प्रतिबद्धता भन्ने नारालाई आत्मासाथ गर्ने,काम गर्ने दररेट अधिवेशन बाट परित गर्ने,  गाउँपालिका तथा नगरपालिका क्षेत्रका तालिम नभएकाहरुलाई उचित व्यवस्थापन गर्ने र गाउँपालिका सम्मको कार्यान्वयन गर्ने समिति बनाएर अगाडि बढ्ने समेत उनले बताए ।
 
अधिवेशनले अध्यक्षतामा श्रेष्ठ चयन

प्रथम अधिवेशनले राजकुमार श्रेष्ठको अध्यक्षतामा ११ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्ष कृष्ण पुडासैनी,सचिव सागरबाबु श्रेष्ठ, सहसचिव हरेराम श्रेष्ठ, कोषाध्यक्ष दिनेश थापा मगर रहेको छ भने सदस्यहरु क्रमशः विण्णु प्रसाद बगाले,दामु थापामगर,चेत बहादुर थापा मगर,आशिष बराम र राजेन्द्र खेवाली मगर निर्वाचित भएका छन । कार्यक्रम गोरखा नयाँबजार स्थित हिमचुलीको सभाहलमा करिव ८० जनाको सहभागीतामा सम्पन्न भएको थियो ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया