भर्खरै

एक लाख घुससहित इञ्जिनियर पक्राउ

  • प्रकाशित मिति : Thu-13-Jun-2019
  • - Admin
title
सप्तरी,  जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई आज रू एक लाख घुससहित पक्राउ गरेको छ ।राजविराज नगरपालिका–६ स्थित उहाँको डेराबाट श्रेष्ठलाई घुसवापत लिएको रू एक लाखसहित पक्राउ गरिएको  आयोगले जनाएको छ ।
 
आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुको नेतृत्वमा आएको टोलीले आज राजविराज नगरपालिका–६ स्थित उहाँको डेरामा छापा मार्दा  रु एक लाख घुस लिएको रकम फेला पारेको राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेमकुमार यादवले बताउनुभयो ।बोदे बसाइन नगरपालिकास्थित तरही र देउरी गाउँ जोड्ने स्वर्ण खोलाको झोलुङ्गे पुल निर्माण कार्यको पेश्की फछ्र्यौटका लागि मूल्याङ्कन गर्ने क्रममा रु एक लाख घुस लिएको आयोगको जिकिर छ । स्वर्ण खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष राजीव रायले बिहानै श्रेष्ठको डेरामा रु एक लाख बुझाउनुभएको थियो । 
 
पहिलो किस्तावापत पेश्की लिएको रु आठ लाख बराबरको काम सम्पन्न नभएको भन्दै मूल्याङ्कन हुन नसक्दा उपभोक्ता समितिले दोस्रो किस्ता वापतको पेश्की रकम उठाउन पाएको थिएन । तत्कालीन जिल्ला विकास समितिले उपलब्ध गराएको रकमबाट  विसं २०७० देखि नै थालिएको पुल निर्माण मूल्याङ्कन नहुँदा अधुरै छ ।पक्राउ परेका श्रेष्ठले स्वर्ण खोलाको काम बोदे बसाइन नगरपालिकाअन्तर्गत परेकाले आफूले मूल्याङ्कन गर्न नमिल्ने बताए पनि उपभोक्ता समितिले मुल्याङ्कन गरी दिन दबाब दिँदै आएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago