भर्खरै

प्रेस स्वतन्त्रता माथि तरबार चलाउन खोजेको होइन :सञ्चार मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Thu-13-Jun-2019
  • - रुपा तुलाधर
title

काठमाण्डौ, जेठ । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेस स्वतन्त्रता माथि तरबार चलाउन नखोजेको बताएका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा परीर्वतन चाहेको र मिडिया काउन्सिलमा पनि परीवर्तन चाहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् । 
उनले भने “प्रविधिमा परीवर्तन भएको छ । व्यक्ति व्यक्ति सँगको संवाद सम्भव छैन । ०७२ सालमा कासीराज दाहलदेखिको आयोगमा हेरर आउनु पर्छ, आमसञ्चार नीति सँग जोडीएर आनउनु पर्छ । हामीले प्रेस स्वतन्त्रता माथि तरबार चलाउन खोजेको होइनौ हामीलाई यस विषयमा पढाइ रहन खोज्नु चित्त दुखाईको विषय हो । सरकारको चित्त दुखाई हो । ”
नेपालको मिडियालाई सुरक्षित गर्ने, बलशाली बनाउने उद्धेश्य रहेको उनले बताए । उनले भने “मेरो व्यक्तिगत मान्यता अनुरुप भन्दा प्रेस काउन्सिल नै चाहिदैन स्वनीयम नै पर्याप्त हुन्छ । तर स्वनीयम भन्दैमा जे पनि गर्न मिल्दैन त्यसको मौलिक पद्धति र मान्यता हुन्छन् ।”
हरेक विषयमा लोकतन्त्र चाहने बताउदै उनले भने “कम्युनिष्ट पार्टि नेतृत्वको सरकार हो, कम्युनिष्टहरुको शासन होइन । कुनै कमिकमजोरी छन् भने हामी सच्याँउन तयार छौ । ” 
त्यस्तै अहिले भएको विवादित विधयेकका विषयमा बोल्दै उनले भने “पुराना कानुनद्धारा सञ्चालित हुँदै आएको र हिजोको अभ्यास अनुरुप अहिले नयाँ व्यवस्था ल्याउँदा समस्या भएको हो । ”  अहिलेको विवाद परीवर्तनको परीणाम भएको उनले बताए । 

प्रतिक्रिया