भर्खरै

विद्युत प्राधिकरणले ७० करोड मूल्य बराबरको विद्युतीय मिटर खरिद गर्दै

  • प्रकाशित मिति : Fri-14-Jun-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं,३१ जेठ । नेपाल विद्युत प्राधिकरण रत्नपार्कले डेढवर्ष भित्र ७० करोड मूल्य बराबरको ७ लाख विद्युतीय मिटर खरिद गर्ने भएको छ । प्राधिकरणले ग्राहस्थ उपभोक्ताहरुका लागि सिंगल फेज मिटर भारतीय कम्पनी जेनस मिटर्स इन्डियासँग खरिद गर्न लागिएको हो । 
 
मिटर खरिद गर्नका लागि सो कम्पनीसँग ठेक्का सम्झौता भएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । उनका अनुसार ठेक्का सम्झौता सक्रिय भएको मितिले डेढ वर्षभित्र मिटर खरिद प्रक्रिया पूरा हुनेछ । ‘पहिले इलेक्ट्रोमेकानिकल मिटर आउने गरेको थियो ‘यस पटक इलेक्ट्रोनिक मिटर खरिद गर्न लागेका छौं उनले भने इलेक्ट्रोनिक मिटरमा खपत भएको विद्युत परिमाण अंकमा देखिन्छ ।’ 
 
राष्ट्रिय प्रणालीको लाइन पुगेको क्षेत्रमा विद्युतीकरण गर्न र ग्राहस्थ उपभोक्ताहरुको माग अनुसार वितरण गरिने प्राधिकरणले जनाएको छ । अहिले प्राधिकरणका ३५ लाख र सामुदायिक संस्थाबाट विद्युतीकरण गरेका ५ लाख गरी ४० लाख ग्राहकमा विद्युतीकरण गरिएको छ । अब विद्युतीकरण गर्नुपर्ने वा विद्युतको पहुँच पुर्याउनुपर्ने १६ लाख परिवार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago