भर्खरै

७२ प्रतिशत कर्णालीवासी विद्युतविहिन

  • प्रकाशित मिति : Fri-14-Jun-2019
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौं,जेठ । ७२ प्रतिशत कर्णालीवासी हालसम्म विद्युत सेवाबाट बञ्चित छन् । नेपाल सरकार अर्थमन्त्रालयले तयार पारेको आर्थिक सर्वेक्षण २०७५/०७६ को फागुन सम्मको तथ्याङ्क अनुसार हालसम्म २७ प्रतिशत जनसंख्यामा मात्र विद्युतको पहुँच पुगेको तथ्याङ्कले देखाएको छ । ७२ प्रतिशत कर्णालीवासी अझैं टुकीकै सहारामा जीवन गुजारिरहेका छन् ।  
 
नेपालमा जलविद्युत् उत्पादन पाँच सय किलोवाट फर्पिङ जलविद्युत आयोजना बाट सुरु भएको विद्युत उत्पादनले एक शताब्दी नाघिसकेको छ । नेपालमा जलविद्युत् उत्पादन गर्न थालेको एक सय आठ वर्ष पुरा भई सक्दा पनि अझैं कुल जनसङ्ख्याको २२ प्रतिशत जनता विद्युतविहिन अवस्थामा रहेका छन् ।  ८३ हजार मेगावाट विद्युत उत्पादन गर्ने क्षमता हुँदा पनि आवश्यक मात्रामा विद्युत उत्पादन गर्न सकिरहेको छैन । अझै पनि २२ प्रतिशत नेपालीले टुकीकै सहारामा जीवन गुजारिरहेका छन् । सरकारले वि.स २०३० सम्ममा सबै स्थानका नेपाली जनतामा विद्युतपहुँच पु¥याउने लक्ष्य लिएको छ ।  
 
हालसालै सार्वजनिक भएको आर्थिक सर्वेक्षणले ७७.८ प्रतिशत सर्वसाधारणले मात्रै विद्युत् सेवा उपभोग गरिरहेको देखाएको छ । यो तथ्यांकबाट देखिन्छ– अझै पनि २२।२ प्रतिशत नेपालीमा बिजुलीको पहुँच पुग्न सकेको छैन। अहिलेको समाजमा बिजुली अनिवार्य भइसकेको छ । तर, सरकारी बेवास्ताले २२ प्रतिशतभन्दा धेरै जनता बिजुली सेवाबाट वञ्चित छन् । 
आर्थिक सर्वेक्षण अनुसार १ नम्बर प्रदेशमा ७५.९०, २ नं प्रदेशमा ७९.७७, ३ नं प्रदेशमा ९०.३० गण्डकीमा ८७.३७ र ५ नम्बरमा ८१.०३ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको छ भने सुदुरपश्चिममा ५८.९० मा विद्युत उपभोग गरिरहेको तथ्याङ्कले देखाएको छ । हालसम्म जलविद्युत परियोजना ,सौर्य ऊर्जा,बायोग्यास गरी सबैबाट ११४२ मेगावाट विद्युत उत्पादन भईरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago