भर्खरै

चीनद्धारा काठमाण्डौं महानगरपालिकालाई २ वटा ब्रुमर हस्तान्तरण (फोटो फिचर)

  • प्रकाशित मिति : Sun-16-Jun-2019
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौं,असार ।  नेपालको मित्र राष्ट्र चीनको छेङदुङ नगरले काठमाण्डौं महानगरपालिकालाई २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी  भन्सारबाहेक २ करोड २७ लाख ३७२ रुपैँया मूल्य बराबरको ब्रुमर सहयोग स्वरुप हस्तान्तरण गरेको हो । 
 
 
काठमाण्डौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल र चीन बीच सन् १९९५ मा नेपाल र चीन बीच औपचारिक सम्बन्ध स्थापना भएको बताउँदै सम्बन्ध स्थापनाको समय देखि हाल सम्म आईपुग्दा विभिन्न किसिमका सामाजिक ,आर्थिक सहयोगका कार्यक्रमहरु निरन्तर रुपमा हुँदै आईरहेको बताए । उनले भने “आजको यस कार्यक्रम पनि एउटा सामाजिक आर्थिक सहयोगको ज्वलन्त उदाहरण रहेको छ ।” 
 
   
यस्तै काठमाण्डौं महानगरपालिकाका उपमेयर हरी प्रभा श्रेष्ठ खड्कीले चीनसँग प्रारम्भ भएको भगिनी सम्बन्ध क्रमश सार्थक र लक्ष्य उन्मुख भएको बताए । यी दुई नगर बीच हुँदै आएको उच्चस्तरीय भ्रमण, साँस्कृतिक आदान प्रदान तथा सहयोगले दुई शहरबीचको सम्बन्धलाई गतिशिल बनाउँन मदत पुगेको छ । उनले भने “छेङदुङ नगरले काठमाण्डौं नगरलाई सहयोग स्वरुप हस्तान्तरण गरेको यो ब्रुमरले राजधानी शहरको दैनिक सरसफाईमा सुधार आउने छ ।” अब काठमाण्डौंका वातावरणमा सुधार आउने उनको विश्वास छ । 
 
 
त्यस्तै,काठमाण्डौं महानगरका मेकानिकल शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार ८.६ मिटर लम्बाइ र ३.५ मिटरका चौडाई भएको ब्रुमरमा २ वटा इञ्जिन छन् । गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट रहेको बताए । उनले भने १५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलबाट सञ्चालन हुन्छ । धुलो र पात पतिङ्कर संकलन गर्न प्रयोग गर्न सकिने हरेक बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता रहेको उनको भनाई छ । 
 
 
सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको य ब्रुमरले सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सकिने छ । 
 

प्रतिक्रिया