विद्युत् चुहिएर पाँच पसलमा आगलागी
- प्रकाशित मिति : Mon-17-Jun-2019
- -

टोखा नगरपालिका–४ सामाखुशीमा विद्युत् चुहिएर आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । टोखा नगरपालिका–४ सामाखुशीचोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहिएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले ९ बजेदेखि शुरु भएको आगलागी १०।१५ बजे नियन्त्रणमा लिएको जानकारी दिए ।
“नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका हौँ”, उनले भने । आगलागीबाट रु १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।