आयल निगमको एकाधिकार तोडिनुपर्छ : सांसद विनोद चौधरी
- प्रकाशित मिति : Tue-18-Jun-2019
- - विद्युत संसार संवाददाता

असार ,काठमाण्डौ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले पेट्रोलियम पदार्थमा नेपाल आयल निगमको एकाधिकार तोडिनुपर्ने बताए ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले निगमको एकाधिकार तोडेर प्रतिस्पर्धात्मक रुपबाट अरुलाई पनि पेट्रोलियम पदार्थ आयात गर्न दिनुपर्ने बताएका हुन् । वर्षौंदेखि पहिले देखि प्रतिस्पर्धात्मक माध्यमबाट अरुलाई पनि पेट्रोल आयात गर्ने अनुमति दिने चर्चा चलेपनि कार्यान्वयन हुन नसकेको भन्दै अर्थतन्त्रको विकासका लागि एकाधिकार तोडिनुपर्ने उनको भनाई छ । उनले भने, ’कैयौ चोटि ती योजनाहरु बने, विधेयक बने तर ती योजना सदनमा नपस्दै तुहिन्छन् । कसकसको इन्ट्रेस्टले काम गर्छ मलाई थाहा छैन ।’
उनले प्रतिस्पर्धा गर्नबाट कुनै पनि निकायलाई रोक्नु वा एउटै निकायलाई एकाधिकार दिइरहनु आर्थिक विकासको सबैभन्दा ठूलो कारक तत्व भएको दाबी गरेका छन् ।
मुलुकमा आर्थिक गतिविधि बढाउनका लागि विदेशस्थित नेपाली दूतावासले ठूलो भूमिका निर्वाह गर्न सक्ने भए पनि अहिलेसम्म त्यस्तो वातावरण मिलाउन नसकेको भन्दै त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।