भर्खरै

लोक सेवा आयोगको विज्ञापनमा दरखास्त दिने समय थप

  • प्रकाशित मिति : Tue-18-Jun-2019
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौं ,असार । लोक सेवा आयोगले २०७६/०२/१५ गते खुल्ला गरिएको ५१५ वटा स्थानीय तहको विज्ञापनमा  दरखास्त आवेदन दिने म्याद थप भएको छ । आयोगको कार्यालय बाहिर आवेदन दिने आवेदकहरुले विरोध प्रदर्शन गरेपश्चात आयोगले समय थप गरेको हो ।
 
  विगत ५ दिन देखि आयोगको सर्भरमा आवेदन दिने उम्मेदवारको अत्याधिक चाप भई अनलाइन अपलोड गर्न समस्या भएको थियो । सर्भरमा समस्या आएकै कारण समय थप गर्न माग गरिए सँगै आयोगले समय थप गरेको छ । 
आयोगका अनुसार अत्याधिक चापका कारण सर्भरमा दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको र आयोगमा दरखास्त फारम बुझाउन नसकिएको भनि निवेदन परेकोले समय थप गरिएको जनाएको छ । आयोगको आजको निर्णय अनुसार २०७६/०३/१० सम्म सिंगल दस्तुरमा दरखास्त दिन सकिने छ भने २०७६/०३/१७ गते सम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।    

प्रतिक्रिया