भर्खरै

प्रविधिलाई पछ्याउन नसक्दा विनास

  • प्रकाशित मिति : Wed-19-Jun-2019
  • - रुपा तुलाधर
title

प्रविधिले विश्वमा निकै ठूलो फड्को मारीसकेको छ । प्रविधिको विकासले असम्भव र अप्ठ्यारा कार्यलाई पनि निकै सहज र सरल बनाएको छ । हिजोका दिनमा असम्भव लाग्ने कार्यहरुलाई डिजिटल प्रविधिको विकासले सरल बनाएको छ । विश्वमा प्रविधिको द्रुत विकास भइरहेको छ । प्रविधिको विकासले हरेक क्षेत्रमा परिणाममुखि परिवर्तनहरु ल्याएको छ । अमेरिका, जापान,कोरिय, चीन लगायत विकसित मुलुक प्रविधिको विकासका कारण नै आर्थिक रुपमा समेत सक्षम हँुदै गएका छन् । प्रविधिको विकास अर्थतन्त्र विकासको सुचक हो ।  जति पनि मुलुकहरुमा प्रविधिको विकास तथा उच्चतम प्रयोग भएका छन् ती मुलुकहरु आर्थिक रुपमा सक्षम छन् । नेपालमा भने प्रविधिको खास प्रयोग भएको पाइदैन । विगतका तुलनामा प्रविधिले फड्को मारेको जस्तो देखिएको भएता पनि आवश्यक रुपमा विकास हुन सकेको छैन । आवश्यक प्रविधिको विकास हुन नसक्दा नेपालले समय समयमा ठूला प्राकृतिक विपत्तिहरुको सामना गर्नु परेको छ । आवश्य प्रविधियुक्त सामग्री नहुँदा गत चैत देखि जेठ सम्म देशले हावाहुरीबाट ठूलो क्षति बेहोरेको छ । देशको मौसमी अवस्था पूर्वानुमान गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखा रहे पनि हावा हुण्डरीको पूर्वानुमान गर्ने शाखा नहुँदा गत चैत्रमा ठूलो क्षति बेहोर्नु परेको थियो ।  बारा, पर्सा जिल्लामा आएको भीषण हावाहुरीबाट २८ जनाले ज्यान गुमाएका थिए भने ५ सय भन्दा बढी घाइते भएका थिए ।
 
 
 त्यस्तै सयौँ घरबार बिहिन भएका थिए । भौतिक संरचनामा समेत ठूलो क्षति पुगको थियो । हावाहुरीका कारण पोल भाँचिदा , ट्रान्सर्फमर जल्दा तथा तारहरु चुटिदा  नेपाल विद्युत प्राधिकरणले मात्रै करिब १५ करोड रुपैयाँ बराबरको क्षति बेहोरेको थियो । त्यस्तै जेठ २३ गते कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा भीषण हावाहुरी चल्दा २ जनाको ज्यान गुमाएको थियो भने करिब १०७ जना भन्दा बढी घाइते भएका थिए । हावाहुरीले विकासका पूर्वाधारहरुमा निकै ठूलो क्षति पुर्याएको छ । हावाहुरीका कारण विद्युतीय संरचनाहरुमा ठूलो क्षति पु¥याएको छ । जेठ २३ गते गएको हावाहुरीका कारण ७५ लाख बराबरको विद्युतीय संरचनामा क्षति  भएको छ । हावाहुरीका कारण विद्युतीय संरचनामा मात्र नभई कृषि क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । नेपालले हावाहुरीका कारण विगत देखि नै ठूलो क्षति बेहोर्दै आएको छ । नेपालमा तीन दिन सम्मको मौसमी अवस्था बारे जानकारी पाउनका लागि जल तथा मौसम पूर्वानुमान महाशाखा रहेता पनि हावाहुण्डरीको पूर्वानुमान गर्ने शाखा नहुँदा नेपालले  क्षति बेहोर्दै आएकोे हो । नेपालमा  मौसमी प्रक्रिया  बारे जानकारी लिनका लागि उच्चस्तरको प्रविधि नहुँदा हाल धनजनको क्षति बेहोर्नु परेको हो । मौसमी अवस्था आँकलन गर्न आवश्यक प्रविधि नहुँदा यस्तो समस्या निम्तिने गरेको  यदि आवश्यक प्रविधि भएको भए उक्त स्थानका स्थानीयबासीलाई पहिले नै सचेत गराई स्तानान्तरण गरी मानवीय क्षति कम गर्न सकिन्थ्यो । 
 
 
हावाहुरी प्रभावित जनतालाई क्षतिपूर्ति को व्यवस्था सरकारले गरेको भए पनि त्यसबाटमात्र  समस्याको समाधान  हँुदैन । क्षति हुनु भन्दा क्षति हुन नै नदिनु उपयुक्त  हुन्छ । तसर्थ सम्भावित र्दुघटनाबाट बच्नका लागि सरकारले आवश्यक पूर्वाधारहरुको व्यवस्था गर्नुपर्दछ । प्रविधिले विश्वमा निकै छलाङमारी सकेको अहिलेको अवस्थामा प्राकृतिक विपत्तिहको पूर्वानुमान गर्ने प्रविधि भित्राउन जरुरी छ जसले भोलीका दिनमा हुने र्दुघटनाबाट बच्न सहयोग पु¥याउँदछ । प्रिमनसुनको समयमा विहान मौसम सफा देखिने भए पनि साँझ हावाहुरी सहित पानी पर्ने गर्दछ, जसले गर्दा समय समयमा ठूलो क्षति हुने गरेको छ । मौसमी प्रणालीलाई वैज्ञानिक र विश्वसनिय बनाउन राज्यले प्रविधिमा लगानी  गर्न आवश्यक छ भने विश्वमा विकास भएका प्रविधि पछ्याई सम्भावित क्षतिलाई कम गर्नुपर्दछ ।

प्रतिक्रिया