भर्खरै

ऊर्जामा आत्मनिर्भर बन्दै कर्णाली ,१ सय १८ मेगावाटका दुई आयोजना अघि बढाउँदै

  • प्रकाशित मिति : Wed-19-Jun-2019
  • -
title

काठमाडौं,असार । कर्णाली प्रदेशले १ सय १८ मेगावाट क्षमताको दुई आयोजना अघि बढाउने भएको छ । ऊर्जामा आत्मनिर्भर बन्न ‘कर्णालीको पानी, सबैको लगानी’ कार्यक्रमको घोषणा गरी स्थानीयलाई शेयरमा अग्राधिका प्रदेश सरकारले आयोजना अघि बढाउन लागेको हो ।
 
आगामी दुई वर्ष भित्र कर्णालीका सबै बस्तीमा विद्युत सेवा पु¥याउने लक्ष्यले निर्माणाधीन भेरी–बबई बहुउद्देश्यीय परियोजनाको बाँध स्थलबाट ९ मेगावाट र जगदुल्ला आयोजना बाट १ सय ९ मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रक्रिया अघि बढाइएको प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार ‘कर्णाली पूर्वाधार कोष’ मार्फत आयोजनाको काम अघि बढाउन प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । यो प्रदेश राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँचभन्दा बाहिर रहेकाले स्थानीय स्रोतको उपयोग गरेर आफैं विद्युत उत्पादन गर्न लागेको उनले भनाई छ । यी आयोजना निर्माण गर्न सुर्खेत र सल्यानका जनतालाई शेयरमा अग्राधिकार दिई सम्पूर्ण कर्णालीबासीलाई पनि लगानीको अवसर दिने योजना रहेको उनले बताए ।  
 
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन गरेका बजेटमा ऊर्जा क्षेत्र लाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश संसदमा पेस गरेको बजेटमा अबको २ वर्षभित्र सबै स्थानमा विद्युत सेवा पुर्याउन ‘उज्यालो कर्णाली’ अभियानको सुरुवात गरिने उल्लेख छ । अभियान अन्तर्गत राष्ट्रिय प्रणालीको विद्युतपहुँच नपुगेका दलित, सीमान्तकृत, विपन्न परिवारमा सेवा विस्तार गर्न बजेट विनियोजन भएको छ । विद्यालय एवं स्वास्थ्य संस्थाहरुमा पनि विद्युतको पहुँच पुर्याउन वैकल्पिक ऊर्जा र लघु जलविद्युत आयोजना निर्माण गर्न प्रदेश सरकारले बजेट छुट्याएको छ । यस्तै, ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत दुर्गम गाउँ बस्तीमा विद्युत सेवा विस्तार गर्न प्रदेश सरकारले ५५अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरलाई प्रदुषणमुक्त बनाउन विद्युतीय सवारी सञ्चालन गर्न बजेट छुट्याइएको छ । प्रदेशका ७३ प्रतिशत जनता राष्ट्रिय प्रणालीको विद्युत सेवाबाट 
बन्चित छन् । २७ प्रतिशतमा मात्रै विद्युत पहुँच पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 21 hours ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 21 hours ago