विद्युत व्यवसायी संघको प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै
- प्रकाशित मिति : Wed-19-Jun-2019
- - विद्युत संसार संवाददाता

काठमाण्डौं,असार ।
काठमाण्डौं जिल्लामा विद्युतीय सामानहरुको उत्पादन,बिक्री व्यवसाय,उद्यमी एवम् व्यापारीहरु बीचआपसी समन्वय,सहयोग स्थापना गर्दै आइरहेको काठमाण्डौं विद्युतीय व्यवसायी संघले व्यवसायीहरुको हितको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
संघले आफ्ना सदस्यहरुको व्यावसायिक व्यक्तित्व विकास गराउने उद्धेश्यले आगामी शनिबार सामाखुसीको स्काई रेष्ट्री एण्ड बैङ्क्यौटमा हुने भएको संघका अध्यक्ष राजेन्द्र वैष्णवले बताए । कार्यक्रममा संघका सदस्य तथा नयाँ सदस्यहरु लाई प्रशिक्षक प्रभात सुवेदीले व्यक्तित्व विकासका लागि प्रशिक्षण दिने,एरिया कमिटि गठन गर्ने र प्रमाण पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम बिहान ११ बजे देखि साँझ ४ बजे सम्म हुने संघका सचिव मुक्तिनाथ सापकोटाले बताए ।