भर्खरै

मोबाइल मेलामा भिड, थपिए अफर, मोबाइल किन्दा १ लाखको बीमा

  • प्रकाशित मिति : Thu-20-Jun-2019
  • - विद्युत संसार संवाददाता
काठमाण्डौं असार । राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भईरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर झण्डै आधा दर्जन अफरहरु थप गरिएपछि मेलामा मानिसको भिड लागेको हो । 
 
 
एउटा मोबाइल किन्दा अर्को मोबाइल निशुल्क पाउने यस अघिको योजनामा मोबाइलका ४ मोडलहरु थप गरिएको छ । यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा, निशुल्क सिनेमा टिकट लगायतका अफरहरु थप गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ । ६ सय ५० रुपैंयामा मोबाइल किन्नेहरु पनि उल्लेखित अफरमा सहभागि हुनेछन् ।
 
चाबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा उल्लेखित अफरहरु थप गरिएको हो । 
 
 
मोबाईल मेला अवधिमा एउटा मोबाइल  किन्दा अर्को मोबाइल सित्तैंमा पाइने अफर आईमार्स मिल्की वे एम २, आई मार्स भि सन ६, नुबिया जेट मिनी १७, जेट १७ मिनी एस्, जेट १७ लाईट, नुबिया भि १८ लगायत मोडलका मोबाइलको हकमा लागू हुनेछ । 
 
१५ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स मिल्की वे एम टू मा २ वटा सिमकार्ड, ओ एस एण्ड्रोइड ८.१ भर्सन, ३२०० एमएएचको व्याट्री, ५ दशमलव ४५ इञ्चको स्क्रीन, ८ मेगा पिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा, २ जीबी र्याम तथा १६ जीबी स्टोरेज छ । 
१० हजार ४ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७, ५ इञ्चको एचडी आईपीएस स्क्रीन १ जीबी र्याम, १६ जीबी स्टोरेज, २२०० एमएएचको व्याट्री छ । 
 
नुबिया ब्राण्डको बिशेषता सिडीएमए तथा जिएसएम सिम एकै साथ प्रयोग गर्न सकिन्छ । २८ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ मिनीमा ५.२ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, १६ मेगा पिक्सेलको फ्रण्ट तथा १३ मेगा पिक्सेलको रियर क्यामेरा छ ।
 
त्यसै गरी ३६ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबिया जेड १७ मिनी एसमा ५.२ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४ जीबी स्टोरेजका साथै पछिल्ला एण्ड्रोइड फिचर समावेश गरिएको छ । 
 
३४ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ लाइटमा ५.५ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४ जीबी स्टोरेज, फंिगरप्रिण्टका साथै आधुनिक फिचर्स छन् । 
 
३१ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबिया भी १८ मा ६ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, भी ७.१ एण्ड्रोइड भर्सन, ४००० एमएएचको व्याट्री, फिंगरप्रिण्ट सेन्सर लगायतका विशेषता छन् । 
 
मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ ।
 
 
मेला अवधिमा मोबाइल खरिद गर्नेले एफ क्युब सिनेमा सिने डिसी सिनेमाको टिकट निशुल्क पाउने छन् । साथै मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीबन बीमा निशुल्क पाउनेछन् । 
 
मोइबालको खरिदमा आर्कषक उपहारको समेत व्यवस्था गरिएको छ । साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ । मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago