भर्खरै

नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न माग

  • प्रकाशित मिति : Sun-23-Jun-2019
  • - रासस
title
नवलपरासी,असार । औद्योगिक क्षेत्रको रुपमा विकास हुँदै आएको पश्चिम नवलपरासीमा औद्योगिक सुरक्षा बल राख्न यहाँका उद्योग व्यवसायीहरूले माग गरेका छन् । असुरक्षाका कारणले उद्योग सञ्चालन गर्न कठिनाई हुँदै गएकोले सरकारी नीति बमोजिम नै औंद्योगिक सुरक्षा बलको व्यवस्था गर्न उनीहरूले माग गरेका हुन् ।  
 
पछिल्लो समय पश्चिम नवलपरासीमा धमाधम उद्योग तथा कलकारखाना स्थापना भइरहेका छन् । विशेषगरी भूमही–परासी–भैरहवा सडक खण्ड, रामग्राम नगरपालिका, सुनवल नगरपालिकामा ठूलाठूला लगानीका उद्योग सञ्चालनमा छन्  भने  अझै खुल्ने क्रम जारी छ । 
 
जिल्लामा सिमेन्ट, पेय पदार्थ, मदिरा, छड, मोटरसाइकललगायत बहुराष्ट्रिय कम्पनीका ठूला र मझौला गरी सयौँ उद्योग सञ्चालनमा छन् भने हजारौँको सङ्ख्यामा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीले बताए । 
लुम्बिनी र भैरहवा क्षेत्रका उद्योग विस्थापित भई यहाँ स्थापना भएको तथा महेशपुर मूल भन्सार सञ्चालनमा आएपछि जिल्लामा उद्योग स्थापना हुने क्रम बढेको उहाँकोे भनाइ थियो । आंैद्योगिक लगानी बढ्दै गइरहेका बेला औद्योगिक सुरक्षा बल नितान्त आवश्यक रहेको उल्लेख गर्दै उनले भने,“लगानीको वातावरण सिर्जना गर्न औद्योगिक सुरक्षा बलको व्यवस्था गर्न माग गरेका हौँ ।”
 
आंैद्योगिक करिडोर बनाएर सहज रुपमा उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्न सरकारसँग उद्योगीले माग गरिरहेका छन् । आरती एग्रो इण्ड्रष्ट्रीजका सञ्चालक नगेन्द्र अग्रहरीले राज्यलाई ठूलो मात्रामा राजश्व बुझाएर उद्योग सञ्चालन गरे पनि सुरक्षाको प्रत्याभूति दिन  नसकेको बताए । 
 
“चन्दा, बन्द, हडतालजस्ता क्रियाकलापले हाम्रो मनोबल घटाइरहेको छ, सरकारले सुरक्षाको प्रत्याभूति गराउनुपर्छ, औद्योगिक क्षेत्रको रुपमा विकास भईरहेको यस जिल्लामा औद्योगिक सुरक्षा बल नै आवश्यक छ ।” उद्योग सञ्चालन भइरहेको स्थानमा स्थानीयवासीबाट विभिन्न बहानामा आन्दोलन हुने र त्यसले उद्योग सञ्चालनमा समेत अवरोध पु¥याउने  गरेको उनको  भनाइ थियो । 
 
जिल्लामा औंद्योगिक वातावरण बनिरहेका कारण अन्य ठाउँका उद्योगी पनि यहाँ लगानी गर्न इच्छुक रहेकाले औद्योगिक सुरक्षा बल स्थापना भएर उद्योगको सुरक्षा, कच्चापदार्थ आयात सहज बनाउन सके उद्योगको सङ्ख्या अझै बढ्ने सङ्घका पूर्वअध्यक्ष वीरेन्द्र अग्रहरीले बताए । 
 
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद  मरासिनीले उद्योगीको माग जायज भएकाले आगामी जिल्ला सुरक्षा समितिको बैठकमा यस विषयमा निर्णय गरेर गृहमन्त्रालयलाई सिफारिस गरिने  बताए । उनले भने, “हाम्रो मुख्य काम नै शान्ति सुरक्षा दिनु हो, सहज रुपमा उद्योग सञ्चालन गर्ने वातावरण हुन्छ, तपाईहरु निर्धक्क भएर उद्योग सञ्चालन गर्नुस् सुरक्षाको प्रत्याभूति हामी गराउँछौँ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago