भर्खरै

घर भवनको जस्तै विद्युतीय नक्सा पास अनिवार्य गर्न पहल गर्ने छु : टोखा नगरपालिकाका मेयर अधिकारी (फोटो सहित)

  • प्रकाशित मिति : Sun-23-Jun-2019
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौं , असार । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले हाल घर भवन निर्माण गर्दा नक्सा पास आवश्यक भए जस्तै विद्युतीय नक्सा पास पनि आवश्यक रहेको बताएका छन् ।   काठमाण्डौं विद्युतीय व्यवसायी संघद्धारा शनिबार सामाखुसीको स्काई रेष्ट्री एण्ड ब्याङ्क्वेटमा आयोजित व्यवसायी प्रवर्दन तथा नेतृत्व विकास तालिम कार्यक्रममा विद्युतीय नक्सा अनिवार्य गराउनका लागि स्थानीय निकायबाट माथिल्लो निकायमा पहल गर्ने उनले बताएका हुन् ।
 
 
कार्यक्रममा बोल्दै मेयर अधिकारीले माथिल्लो कानुनसँग अधिनस्त हुने भएकोले हामीले कानुन निर्माण गर्न नसक्ने बताउँदै घर भवनको नक्सा पास जस्तै विद्युतीय नक्सा पनि पास गराउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।  
 
 
त्यस्तै, कार्यक्रममा काठमाण्डौं विद्युतीय व्यवसायी संघका अध्यक्ष राजेन्द्र वैष्णवले हालको नियम अनुसार भवनहरु निर्माण गर्न नक्सा पास गर्नुपर्नेे नियम लागु भएको छ तर विद्युत जस्तो संवेदनशिल क्षेत्रमा काम गर्न नक्सा पास जस्तो कुनै पनि प्रावधान नभएको बताउँदै अनिवार्य रुपमा घरको जस्तै विद्युतीय नक्सा पनि पास गराउनु पर्ने स्थानीय सरकारसँग माग गरेका छन् ।  विद्युत सम्बन्धि कुनै पनि प्रावधान नभएकै कारण अहिले विभिन्न किसिमका विद्युतीय दुद्र्यटनाहरु बढीरहेको उनले बताए ।“नेपाल विद्युत प्राधिकरणले नयाँ मिटर जडान गर्दा कुन तहको इलेक्ट्रिसियनले काम गर्न पाउने हो सो छुट्याएर लागु गर्न आवश्यक छ” उनले भने । संघ मार्फत सञ्चालन भएको यस कार्यक्रमले  विद्युतीय व्यवसायीहरुलाई व्यक्तित्व विकास र व्यावसायिक सफलता प्राप्त गर्न उपलब्धिमूलक रहने उनको विश्वास छ । 
 
यस्तै कार्यक्रममा नेपाल विद्युतीय महासंघका प्रथम उपाध्यक्ष सुदर्शन प्रसाद पौड्यालले संघले गरेको कार्यहरु मध्ये यो कार्यक्रम अत्यन्तै राम्रो कार्य रहेको बताए । उनले भने हामीले आफ्नो काम प्रति गर्व गर्नुपर्दछ काम कुनै पनि सानो ठुलो हुँदैन भन्ने भावना जगाउनु आवश्यक छ । पहिलो कुरा आफ्नो व्यापार र व्यवसायप्रति गर्व गरी आत्मसन्तुष्ट भई सकारात्मक सोच राखे, व्यापारमा स्वस्थ प्रतिस्पर्धा,गुणस्तरीय सामानको उत्पादन,गुणस्तरीय सामानको आयात र गुणस्तरीय सामान मात्र बिक्रि वितरण गरे व्यवसायमा सफलता अवश्य नै प्राप्त हुन सक्ने उनको भनाई छ । उनले भने “सम्भावनाको ढोका कहिलै बन्द गर्नुहुँदैन” । हरेक व्यवसायीले आर्थिक अनुशासन र इमान्दारिता भित्र रहेर व्यवसाय गरेमात्र व्यवसाय सफल हुने उनले बताए ।  
 
 
 
त्यस्तै कार्यक्रममा प्रशिक्षक मञ्जरी घिमिरेले व्यवसायीहरुलाई व्यवसाय कसरी गर्ने ,कसरी व्यवसाय गर्दा व्यावसायिक सफलता प्राप्त हुन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रायोजन प्रिमियर ओभरसिज प्रा.लि,नेपाल लाईट सेन्टर,सत्यसाई इलेक्ट्रिक,मेगा पावर अमिलि पावर एण्ड इनर्जी प्रा.लि(लेकिसे) ले प्रायोजन गरेको थियो । कार्यक्रममा करिब १०० जना व्यवसायीहरुले प्रशिक्षण तालिममा उपस्थित रहेको थियो ।  

प्रतिक्रिया