भर्खरै

माथिल्लो कर्णालीको विद्युत बंगलादेश निर्यातको पहल हुँदै

  • प्रकाशित मिति : Mon-24-Jun-2019
  • - Admin
title
काठमाण्डौ, असार ।  माथिल्लो  कर्णाली  आयोजनाको विद्युत बंगलादेश निर्यात गर्न पहल हुँदैछ । नौ सय मेगावाटको क्षमताको उक्त आयोजनाको लाइसेन्स पाएको भारतीय कम्पनी जीएमआरले पाँच सय मेगावाट विद्युत बंगलादेश निर्यात गर्न बंगलादेशसँग पीपीए गर्न खोजेको हो । 
लामो समयदेखि लाइसेन्स होल्ड गरिरहेको जीएमआरले हालसम्म लगानी व्यवस्थापन समेत गर्न सकेको छैन् तर  पाँच सय मेगावाट विद्युत भारत हुँदै बंगलादेश निर्यात गर्न खोजिरहेको हो ।
नेपाल–बंगलादेशबीच सम्पन्न सचिवस्तरिय संयुक्त सञ्चालक समितिको दोस्रो बैठकमा बंगलादेशले यस्तो जानकारी गराएको उर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले बताए । 
आयोजनाबाट उत्पादित मध्ये ५ सय मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धी विषयलाई अनुमोदन पनि गरेको उनले बताए ।
जीएमआरले लगानी व्यवस्थापन गरी बंगलादेश विद्युत पठाउँन सके अन्य आयोजनाबाट समेत बंगलादेश विद्युत निर्यात गर्न सहज हुने विश्वास मन्त्रालयको छ ।
बंगलादेश र जीएमआरबीच विद्युत महसुल दरका विषयमा बाहेक अन्य विषयमा दुई पक्षबीच करिब सहमती भएको जनाइएको छ ।
संयुक्त सञ्चालक समितिको बैठकले नेपाल र बंगलादेशबीच नविकरणीय उर्जाको क्षेत्रमा सहयोग गर्ने सम्बन्धी निर्णय अनुमोदन गरेको सचिव घिमिरेले बताए ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago