भर्खरै

अछामको दुई वडा कार्यालयमा आगजनी, बझाङमा बम फेला

  • प्रकाशित मिति : Tue-25-Jun-2019
  • -
title

अछाम । अछामको दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति पन्चदेवद विनायक नागरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । 
 
पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५–६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ ।
 
भुइतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेको थियो । आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुललगायत वडाका महत्वपूर्ण कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 
 
यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । गाउँपालिका केन्द्रबाट पैदल २ घण्टाको दूरीमा रहेको वडा कार्यालयमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 
त्यस्तै बझाङको बुङ्गगल नगरपालिका ११ को वडा कार्यालय पनि बम फेला परेको छ भने जयपृथ्वी नगरपालिका वडा नम्बर ३ को कार्यालय पडेस राजकोटमा सोमबार राति भेटिएको शंकास्पद वस्तु मंगलबार बिहान नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

प्रतिक्रिया