भर्खरै

प्राइम केबुल इण्डष्ट्रिज ८ औं वर्षमा प्रवेश

  • प्रकाशित मिति : Tue-25-Jun-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौंं,असार । विगत ७ वर्ष देखि नेपालको विद्युतीय प्रतिस्पर्धी बजारमा गुणस्तरीय केबुलहरुको उत्पादन तथा बिक्रि वितरण गर्ने कम्पनीको रुपमा चिर परिचित प्राइम केबुल इण्डष्ट्रिज प्रा.लि सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो स्थापनाको आठौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विराटनगरको (फोर स्टार) विग होटलमा एक कार्यक्रम आयोजना गरी आठौं वर्षको सुरुवात गरेको हो ।
 
प्राइम केबुल इण्डष्ट्रिज प्रा.लि का वरिष्ठ प्रबन्धक संजय कुमार देवका अनुसार कम्पनी स्थापनाको सातौं बसन्त पार गरेको उपलक्ष्यमा विराटनगरमा एक भव्य कार्यक्रमको आयोजना गरी आठौंं बसन्तको सुरुवात गरेको बताए । हामीसँगको कुराकानीमा उनले भने “प्राइम केबुल इण्डष्ट्रिजबाट उत्पादन भएको हरेक प्रोडक्ट नेपाल अधिराज्यभर बिक्रि वितरण भईरहेको छ ।” 
 
“ग्राहकहरुको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो” भन्ने भावनाको कदर गर्दै आगामी दिनमा पनि बजारको माग अनुसार वस्तुहरु उत्पादन गरी बिक्रि वितरण गर्ने योजनामा कम्पनी रहेको उनको भनाई छ । कार्यक्रममा ५० जना भन्दा बढीको उपस्थिती रहेको थियो ।   

प्रतिक्रिया