भर्खरै

“सरकारले गुणस्तरीय वस्तुको आयातलाई प्रोत्साहन गर्नुपर्छ”

  • प्रकाशित मिति : Wed-26-Jun-2019
  • - गगनसिंह भण्डारी, म्यानेजिङ्ग डाईरेक्टर,उग्रतारा मल्टिसोलुसन प्रा.लि
title
विद्युतीय व्यावसायिक क्षेत्रमा धेरै अनुभव बटुलेका, लामो समयदेखि विद्युतीय व्यवसायमा संलग्न हुँदै आएका उग्रतारा मल्टिसोलुसन प्रा.लिका म्यानेजिङ्ग डाईरेक्टर गगनसिंह भण्डारीसँग हाल नेपालमा विद्युतीय व्यवसायको अवस्था, यसमा सरकार, जिल्ला संघ, महासंघले पु¥याएको सहयोग, कम्पनीले बजारमा ल्याएका प्रोडक्ट,  कम्पनीको भावी योजना लगायत विषयसँग सम्बन्धित भई विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश : 
 
उग्रतारा मल्टिसोलुसन प्रा.लि को परिचय बताईदिनुहोस् न । तपाईले कस्तो उद्धेश्य लिएर कम्पनी स्थापना गर्नुभएको हो ? 
उग्रतारा मल्टिसोलुसन प्रा.लि मैले १ वर्ष पहिले सुदुरपश्चिममा स्थापना गरेको कम्पनी हो । अहिले काठमाण्डौंंको भोटेबहाल मा यस कम्पनीको ब्रान्च अफिस स्थापना गरेका छौं । मैले पढाईको सिलसिलामै यो व्यवसायको सुरुवात गरेको हुँ । यो कम्पनी दर्ता भएको १ वर्ष मात्र भयो । मैले यो कम्पनी दर्ता गर्नुपूर्व २०५५ सालमा उग्रतारा बिजुली भण्डारको स्थापना गरेको थिए जुन हाल सम्म पनि सञ्चालनमा नै रहेको छ । मैले व्यावसायिक रुपमा काम गर्ने सिलसिलामा भ्याटमा काम गर्ने क्रममा अर्को उग्रतारा लाइट हाउस एण्ड सप्लायर्स भन्ने फर्म पनि दर्ता भएको छ । यो कम्पनी स्थापना गर्नुको मुख्य उद्धेश्य भनेको सामान आयात गर्दा बाह्य देशले प्रोपाइटर कम्पनी भन्दा प्रा.लि तथा पब्लिक कम्पनीहरुलाई बढी विश्वास गर्ने भएकोले यो कम्पनी स्थापना गरेको हो ।  
 
यस कम्पनी मार्फत कस्ता सामग्रीहरु नेपाली बजारमा ल्याउनु भएको छ ?
यो कम्पनीको स्थापनाकाल देखि नै मैले HPL ब्राण्डका विद्युतीय सामग्रीको बिक्रि वितरण गर्दै आएको छु । HPL ब्राण्ड स्तरीय ब्राण्ड भएका कारण मैले यो ब्राण्डको बिक्रि तथा आयात गर्न सुरु गरेको हो । विशेष गरी नेपाली बजारको माग अनुसार हाम्रो यस कम्पनीले सुहाउँदो गुणस्तरयुक्त विद्युतीय सामग्रीहरु हाल चीन र भारतबाट सामग्रीहरु आयात गरी बिक्रि वितरण गर्दै आईरहेको छ । 
 
HPL ब्राण्ड कस्तो ब्राण्ड हो ? त्यसको बारेमा बताईदिनुहोस् न । 
HPL भारतको एक प्रतिष्ठित ब्राण्ड हो । यो करिब आज भन्दा ७० वर्ष  पहिले भारतमा उत्पादन सुरु भएको ब्राण्ड हो । उच्च गुणस्तरयुक्त यी ब्राण्डका सामग्रीहरु नेपाली बजारमा पहिले देखि नै आउन थालेको भए पनि खास यी ब्राण्डका सामग्रीहलाई ग्राह्यता नदिएका ले गत वर्ष देखि मैले यो ब्राण्ड नेपाली बजारमा मार्केटिङ गर्ने उद्धेश्यले नै आयात सुरुवातगरेको हो ।  HPL ब्राण्ड अन्र्तगत मैले एमसिसिवि, मेन स्वीच, स्वीच गेयर, लाइटिङ र नेपालमा उत्पादन नभएका तथा उत्पादन भए पनि महंगो मूल्य पर्ने पिएर केबुल, नेटवर्किङ केबुल आयात  तथा बिक्रि वितरण गर्दै आइरहेको छु । 
 
उपभोक्ताले HPL ब्राण्ड कै सामग्रीहरु प्रयोग गर्नुपर्ने मूख्य आधारहरु के के छन् ? यस बारेमा प्रष्ट्याईदिनुहोस् न । 
HPL ब्राण्डका प्रोडक्ट आफैमा गुणस्तरयुक्त छन् । यो ब्राण्डका सामग्रीहरु मैले हचुवाको भरमा नेपाल आयात गर्न थालेको होइन,  म स्वयम् यस ब्राण्डका सामग्रीहरु उत्पादन हुने याक्ट्रिमा गएर उत्पादन प्रक्रिया तथा गुणस्तरको बारेमा जानकारी लिएर नै मैले यो ब्राण्डका सामग्री नेपाली बजारमा ल्याएको हो । यसको मूल्य पनि नेपाली बजार सुहाउँदो र प्रविधियुक्त रहेको छ । यस ब्राण्डका प्रोडक्ट उपभोक्ताले सजिलै  खरिद गर्न सक्छन् । यो ब्राण्डका सामग्रीको गुणस्तर र सुपथ मूल्यका कारण नै यो ब्राण्डका सामग्री नेपाली बजारमा ल्याएको हो । उपभोक्ताले यो ब्राण्डका सामग्री ढुक्कसँग खरिद गरी प्रयोग गर्न सक्छन् । 
 
नेपालमा विभिन्न मुलुकबाट सामग्री आयात गर्दा र सामग्रीहरुको बजारीकरण गर्दा कस्ता समस्याहरु आउने गरेका छन् ? यसको समाधानका लागि सरकारले के कस्ता कार्य गर्नुपर्ला त ?
नेपाली बजारमा विभिन्न मुलुकबाट विभिन्न ब्रण्डका  प्रोडक्टहरु आउने गरेका छन् । जसले नेपाली बजारलाई निकै प्रतिस्पर्धि बनाएको छ । बजारमा निरन्तर टिक्नका लागि गुणस्तरयुक्त सामग्री नै ल्याउनु पर्दछ । त्यसैले हामीले गुणस्तरयुक्त सामग्री 
ल्याएका छौ । यद्यपि  सामग्रीहरुको आयातका क्रममा भन्सार बिन्दुमा नै हामी व्यवसायीहरुले विभिन्न समस्याहरु भोग्दै आएका छौ । विद्युतीय सामग्री आयातका क्रममा सरकारले भन्सार दर कम गरेको खण्डमा हामी व्यवसायी तथा उपभोक्ताहरुलाई भने केही सहज हुने थियो । त्यस्तै सरकारले गुणस्तरीय वस्तुको आयातलाई प्रोत्साहन र गुणस्तरहीन वस्तुको आयातमा रोक लगाउनु पर्दछ । सरकारले गुणस्तरयुक्त वस्तु कुन हो र गुणस्तरहीन वस्तु कुन हो भन्ने विषयमा अहिले देखि नै चासो दिनु आवश्यक छ । यदि यस विषयमा सरकारले ध्यान नपु¥याउन सकिएन भने नेपाल डम्पिङ साईड जस्तै बन्छ । 
 
कम्पनीको भावी योजनाहरु के के रहेका छन् ? यस बारे बताईदिनुहोस् न । 
नेपालमा ज्एी ब्राण्डका सामग्रीहरु आएतापनि यो निकै न्यून रहेको छ । आमागी दिनमा यो सामग्रीको बजार विस्तार गर्नका लागि इलेक्ट्रिसियन र इन्जिनियरहरु सँग छलफल तथा सहकार्य गर्ने, सञ्चार माध्यमद्धारा यस ब्राण्डको गुणस्तरका बारेमा प्रचार प्रसार गरी बजार विस्तार गर्ने लक्ष्य रहेको छ । उपभोक्ताहरुको सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेकोले आगामी दिनहरुमा नेपाली बजारको माग अनुसार सामानहरु आयात गरी बिक्रि वितरण गर्ने योजनामा कम्पनी रहेको छ  भने यस ब्राण्डका सामानहरुलाई नेपालको हरेक शहरमा पु¥याउने लक्ष्य छ ।    
 
विद्युतीय व्यवसायीहरुको हकहितका लागि यस संग सम्बन्धित संघ तथा महासंघले कस्ता कार्य गर्नुपर्ला ?
विद्युतीय व्यवसायीहरुको हकहितका लागि हाल देशका विभिन्न जिल्लाहरुमा विद्युतीय व्यवसायी संघहरुको स्थापना भएको छ । जिल्लाहरुकै छाता संगठनका रुपमा काठमाण्डौमा नै नेपाल विद्युतीय व्यवसायी महासंघको स्थापना  भएको छ । यद्यपि संघ तथा महासंघ व्यवसायीहरुको हकहितका  लागि पूर्ण रुपमा लागि परेको भने देखिदैन । विद्युतीय बजार अहिले निकै प्रतिस्पर्धि बन्दै गएको छ । विद्युतीय सामग्रीहरु धेरै जसो उधारोमा बेच्नु पर्ने, दिएका चेकहरु बाउन्स हुने जस्ता धेरै समस्याहरु छन् । यस्ता समस्याहरुको समाधानका लागि महासंघले सहयोग गरे व्यवसायीहरुलाई केही सहज हुने थियो जस्तो मलाई लाग्छ । 
 
व्यवसायीहरुले कस्ता समस्या भोग्दै आएका छन् ? यसको बारेमा बताइदिनुहोस् न ।
 नेपालमा अहिले हरेक क्षेत्रमा समस्या रहेको छ । त्यस्तै व्यवसायीहरुको हकमा भने झनै धेरै समस्या रहेको छ । चीनबाट आयात हुने विभिन्न प्रकारका  सस्तो र कम गुणस्तरका सामग्रीहरुले गर्दा ब्राण्डेड र टिकाउ सामग्रीहरु पनि बिक्रि वितरण गर्न समस्या परिरहेको रहेको छ । कमसल तथा गुणस्तरहीन सामग्रीको प्रयोगले विद्युतीय दुर्घटनाहरु बढ्दो क्रममा  छ । यस्ता सम्भावित दुर्घटना बाट बच्नका लागि उपभोक्ताले गुणस्तरयुक्त सामग्री खरिद गर्नुपर्दछ । 
 
विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियन र व्यवसायी बीच कस्तो सम्बन्ध रहन्छ ?
कुनै व्यक्तिले घर तथा भवन निर्माण गरिसके पछि विद्युतीय सामग्री जडानका क्रममा इलेक्ट्रिसियनहरुको भूमिका महत्वपूर्ण हुन्छ । कुन गुणस्तरको कस्ता सामग्री घरमा जडान गर्ने भन्ने विषय इलेक्ट्रिसियनको हातमा रहन्छ । इलेक्ट्रिसियनहरुले उपभोक्तालाई यो कम्पनीको सामग्री गुणस्तर छ भने उपभोक्तले सोही कम्पनीको सामग्री खरिद गर्दछन्,यसबाट व्यवसायीहरुलाई फाइदा पुग्दछ । इलेक्ट्रिसियनहरुले जुन कम्पनीको सामग्री गुणस्तरयुक्त छ सोही कम्पनीको सामग्री खरीद गर्नका लागि प्रोत्साहन गर्नुपर्दछ । 
 
यस कम्पनीको डिलरहरुको अवस्था कस्तो रहेको छ ?
हामी अहिले नेपालमा ज्एी ब्राण्डको विस्तार गर्ने क्रममा छौ । देशका प्रमुख शहरहरुमा हाम्रो डिलरहरु रहेका छन् । आगामी दिनमा देशभर यसको विस्तार गर्ने हाम्रो उद्धेश्य रहेको छ । 
 
लोडसेडिङ्ग अन्त्यले व्यावसायिक क्षेत्रमा कत्तिको प्रभाव पारेको छ ?
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा लोडसेडिङ्ग अन्त्य गरेका हुन् । यसको प्रमुख श्रेय उनलाई नै जान्छ । यदि नेपालमा लोडसेडिङ्ग अन्त्य नभएको भए विद्युतीय व्यावसायिक क्षेत्र धरासयी बन्दै जाने थियो । अहिले लोडसेडिङ्गको अन्त्यले विद्युतीय सामग्री प्रयोग गर्ने उपभोक्ताहरुमा वृद्धि हँुदै गएको छ । यो हामी जस्ता व्यवसायीहरुका लागि राम्रो पक्ष हो । 
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
 उपभोक्ताले विद्युतीय सामग्री खरिद गर्दा सस्तो भन्दा पनि गुणस्तरयुक्त सामग्री खरिद गर्न आग्रह गर्दछु । गुणस्तरयुक्त विद्युतीय सामग्री प्रयोग गर्ने हो भने सम्भावित दुर्घटना न्यूनिकरण हुनुका साथै सुरक्षित पनि हुन सकिन्छ । तसर्थ गुणस्तरीय सामानलाई पहिलो प्राथमिकता दिन सबैलाई आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago