भर्खरै

माथिल्लो तामाकोशी आयोजनाको अर्को सफलता, ठाडो सुरुङमा पेनस्टक पाइप जडान

  • प्रकाशित मिति : Thu-27-Jun-2019
  • - रासस
title
काठमाण्डौं,असार । दोलखा जिल्लामा निर्माणाधिन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको ठाडो पेनस्टक पाइप जडान कार्य शुरु भएको छ । यसबाट आयोजनाको लागि अर्को सफलता मिलेको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो ।
 
मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन तौल भएको पाइप ३५ टन तौल क्षमताको क्रेनबाट दुई घण्टामा माथिबाट तल झारेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने जानकारी दिए । तल्लोभन्दा माथिल्लो क्रेनको गति निकै छिटो भएको  र यसको गति सात मिटर प्रतिमिनेट रहेको उनले बताए ।  
मङ्गलबार दिउँसो माथिल्लो ठाडो सुरुङको पहिलो पाइप झार्न काम आयोजना प्रमुख दिनेशजङ्ग राणा, पावरहाउस तथा मेकानिकल महाशाखा प्रमुख नारायण जैसी तिवारी, इलेक्ट्रिकल महाशाखा प्रमुखतलगायतको उपस्थितिमा भएको आयोजनाका प्रवक्ता डा न्यौपानेले जानकारी दिए ।
 
दश दिनअघि तल्लो सुरुङमा पाँच मिटर लम्बाइ र २८ टन तौल भएको पहिलो पाइप राख्न सात घण्टा लागेको थियो । “तल्लो खण्डको तुलनामा माथिल्लोको गति छिटो नै होे”, उनले भने, “पाइप जडानकै कारण आयोजनाबाट विद्युत् उत्पादन जटिल बन्दै गएकोमा अब सफलता मिल्नेमा आशावादी बनेका छौँ ।” 
 
माथिल्लो ठाडो सुरुङमा पाइप झारेपछि पुछारमा रहेको बेण्ड पेनस्टक पाइप मिलाउने, वेल्डिङ गर्ने र त्यसपछि कङ्क्रिट गरिने आयोजनाले जनाएको छ । त्यसपछि अर्को पाइप जडान शुरु हुनेछ । माथिल्लो पेनस्टक साफ्ट ३१० मिटरको छ  । 
 
पहिलो पाइप सफलतापूर्वक राखिएकाले तल्लो ठाडो सुरुङमा पाइप राख्ने विषयमा रहेको अन्योल हटेको आयोजनाले जनाएको छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । 
 
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीयभार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । तर माथिल्लो साफ्टको ३१० मिटरको पाइप जडानकार्य भने भारतीय कम्पनी (लट २) कै टेक्सम्याको रेल्वे एण्ड इञ्जिनीयरिङले नै गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago