भर्खरै

पाँचथरमा विद्युत सर्ट भई आगलागी, ५६ लाखभन्दा बढीको क्षति

  • प्रकाशित मिति : Thu-27-Jun-2019
  • -
title
  पाँचथर, असार । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा आज बिहीबार बिहान साढे ६ बजे  स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा आगलागी भएको छ । सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युत मिटरबाट सल्किएको आगोबाट ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो । ।
 
 विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले  घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति पुगेको इलाका प्रहरी चौकी यासोकको वानबहादुर चौहानले बताए । जलेर नष्ट भएको घरमा किराना पसलसमेत रहेको थियो । सम्बाहाम्फेको घरमा रहेको किराना पसलका सम्पूर्ण सामानसँगै १० तोला सुन, नगद १ लाख ५० हजार, लत्ता कपडा, अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ । 
 आगो स्थानीय र प्रहरीको सहयोगमा करिब तीनघण्टा पछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago