पाँचथरमा विद्युत सर्ट भई आगलागी, ५६ लाखभन्दा बढीको क्षति

  • प्रकाशित मिति : Thu-27-Jun-2019
  • -
title

  पाँचथर, असार । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका–४ स्थित तिङदेन बजारमा आज बिहीबार बिहान साढे ६ बजे  स्थानीय तिलविक्रम सम्बाहाम्फेको घरमा आगलागी भएको छ । सम्बाहाम्फेको घरमा जडान गरिएको विद्युत मिटरबाट सल्किएको आगोबाट ५६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो । ।
 
 विद्युतको मिटर बक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको टिनले छाएको २ तले  घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति पुगेको इलाका प्रहरी चौकी यासोकको वानबहादुर चौहानले बताए । जलेर नष्ट भएको घरमा किराना पसलसमेत रहेको थियो । सम्बाहाम्फेको घरमा रहेको किराना पसलका सम्पूर्ण सामानसँगै १० तोला सुन, नगद १ लाख ५० हजार, लत्ता कपडा, अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ । 
 आगो स्थानीय र प्रहरीको सहयोगमा करिब तीनघण्टा पछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया