भर्खरै

कर्मचारी सेवा विनियमावलीप्रति प्राधिकरणलाई ट्रेड युनियनको ध्यानार्कषण

  • प्रकाशित मिति : Thu-27-Jun-2019
  • - रुपा तुलाधर
title

 
 
काठमाण्डौ, असार । कर्मचारी सेवा सर्त विनियमावली प्रति आधिकारीक ट्रेड युनियनले नेपाल विद्युत प्राधिकरणलाई ध्यानार्कषण गराएको छ ।  प्राधिकरणले कर्मचारीहरुको मागलाई सम्बोधन नगरी कर्मचारी सेवा सर्त विनियमावली पारीत गरेको प्रति आपत्ति जनाउदै ट्रेड युनियनले ध्यानाकर्षण गराएको हो । 
 
 
ट्रेड युनियनले गत बैशाख ३१ गते व्यवस्थापन समक्ष पेश गरेको माग पत्रमा कर्मचारी सेवा विनियमावली संशोधन गर्दा कर्मचारीहरुका सरोकारीत विषयमा पर्याप्त बहस र छलफल गर्नु पर्ने आवाज उठाउदै आएको भए पनि प्राधिकरण संचालक समितिको जेठ २९ गतेको बैठकले विनियमावली पारीत गरेको हो । 
 
 
 
विनियमावलीले व्यवस्था गरेका विभिन्न सेवा तथा समुहका पदहरुमा रहेको बढुवाका प्रतिशत सम्बन्धमा, कार्यरत कर्मचारीहरुलाई खुला प्रतियोगितामा सहभागि हुनेको लागि उमेर हद लाग्ने, बढुवाका लागि अनिवार्य सेवा तालीम, सहायक कर्मचारी हरुको स्तर उन्नती, तह ७ का पदमा सेवा असमान शैक्षीक योग्यता, सीप परीक्षण प्रमाणपत्र मार्फत प्रवेश गर्ने र बढुवा हुने व्यवस्थनपा, कर्मचारी सुरक्षा कोषको व्यवस्थापन सम्बन्धमा र कर्मचारीका अन्य सेवा सर्त सुविधा र बृत्ति विकाषका विषयमा यथाशिघ्र शंसोधन गरी कर्मचारीको भावना सम्बोधन गर्न युनियनले ध्यानाकर्षण गराएको छ । समयमानै ध्यानाकर्षण नभएको खण्डमा कानुनी रुपमा अघि बढ्ने समेत ट्रेड युनियनले जनाएको छ ।  

प्रतिक्रिया